पुष्पकमल दाहाल ‘प्रचण्ड’
माक्र्सले एङ्गेल्ससंगको सहकार्यमा लेखेको कम्युनिस्ट घोषणापत्रले मानव सभ्यताको इतिहास शोषक र विभिन्न सामाजिक तह र तप्काका शोषितबीचको वर्ग सङ्घर्षमा आधारित रहेको कुरा प्रस्ट पार्दछ । माक्र्सले आधुनिक समाज बुर्जुवा र सर्वहारा मिलेर बनेको कुरा व्याख्या गरे । द्वन्द्वात्मक भौतिकवादको विकास गरे । यस ब्रह्माण्डमा भएका सबै कुरा प्राकृतिक नियमद्वारा सञ्चालन हुने प्रकृतिका सिर्जना हुन् र प्रकृतिभन्दा माथि कुनै अलौकिक शक्तिको अस्तित्व छैन भन्ने व्याख्या गरे । साथै, ब्रह्माण्डमा भएका सबै पदार्थहरू विकासको निरन्तर प्रक्रियाबाट बनेका हुन् । यसबाहेकका प्रकृतिमा रहेका सबै कुराहरू मानवनिर्मित हुन् । मानव जातिमा आएको पूर्ण परिवर्तनका कारण यी चीजहरूले अलौकिक शक्तिको वास्तविकता बुझ्न र समाजमा युगौँदेखि रहेको पीडाको कारण थाहा पाउन सहयोग गर्छन् ।
‘पुँजी’मा माक्र्सले पुँजीवादको वैज्ञानिक व्याख्या गर्दै श्रमको अतिरिक्त मूल्यको दोहनबाट पुँजीवादीहरूले नाफा कमाएर सर्वहारा वर्गको शोषण गरिरहेको कुरा व्याख्या गरेका छन् । उनले श्रमको मूल्यका कारणले गर्दा नै सर्वहाराहरूमा शोषणविरुद्ध लड्न जागरुकता आएको कुरा वर्णन गरे । माक्र्सद्वारा परिभाषित वर्ग सङ्घर्षको सिद्धान्तले समाजमा वर्गहरू रहुन्जेल विद्रोहको जन्म हुने कुरा उल्लेख गरेको छ । त्यसैले, माक्र्सले श्रमिक सङ्गठनमा आबद्ध भई श्रमिकहरूलाई बुर्जुवा वर्गका विरुद्ध लड्न आग्रह गरेका छन् । यस सन्दर्भमा माक्र्सले भनेका छन्, ‘शोषक वर्ग कम्युनिस्ट क्रान्तिका कारण सत्ताच्यूत हुन्छ । सर्वहाराहरूले हतकडीबाहेक केही गुमाउनु छैन, तर जितमा सारा संसार छ । विश्वका मजदुरहरू एक हौँ ।’
विकासको प्रक्रियाविरुद्ध सङ्घर्ष गर्दै मानव समाज वर्तमान चरणमा पुगेको छ । निरङ्कुश तथा प्रतिगामी शक्तिहरूका विरुद्ध लड्नु मानव जातिको अधिकार हो । माक्र्सको यो विचारले बुर्जुवा वर्गविरुद्ध क्रान्ति गर्ने मजदुर वर्गको अधिकार स्थापित ग¥यो । आदर्श समाजवादीहरूको धारणाविपरीत माक्र्सले सामाजिक, आर्थिक र भौतिक घटनालाई सम्भावित परिणामहरू र भविष्यका घटनाक्रमहरू प्राप्त गर्न, वैज्ञानिक विधिको माध्यमबाट ऐतिहासिक प्रवृत्तिहरू बुझ्न र भविष्यवाणी गर्न वैज्ञानिक समाजवादको प्रतिपादन गरे । माक्र्स र एङ्गेल्सले मानव इतिहासको विकास बुझ्न भौतिकवादी दृष्टिकोणमा जोड दिए, जुन सिद्धान्त ऐतिहासिक भौतिकवादका रूपमा लोकप्रिय भयो ।
माक्र्स भन्छन्, ‘हुने र नहुनेबीच सङ्घर्ष यस संसारमा वर्ग रहेसम्म जारी रहन्छ । हाम्रा सर्तहरू (पदार्थहरू) ले विवाद (द्वन्द्व) सिर्जना गर्छन् र यस विवादले मानव समाजमा विकास निम्त्याउँछ ।’ माक्र्सले नै पहिलोपटक द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको सिद्धान्त निर्माण गरे र उनले प्राथमिक शक्तिका रूपमा रहेका आर्थिक शक्तिहरूले इतिहासमा मानव जातिलाई अगाडि बढाउँछन् भन्ने कुराको व्याख्या गरे । यसले उत्पादक शक्ति र वर्ग सङ्घर्षको विकासबाट इतिहासको व्याख्या गर्न सघाउँछ । माक्र्सले भनेका छन्, ‘पुँजीवाद समाजको विकास क्रममा आउने केवल एउटा चरण मात्र हो ।’
पेरिस कम्युन (२८ मार्चदेखि २८ मे १८७१) समाजवादी आन्दोलनको एक प्रकरण हो, जसले इतिहासमा पहिलोपटक मजदुर वर्गको सत्ता स्थापित गरेको थियो । मजदुर वर्गको सत्ता प्राप्तिका कारण संसारका सर्वहाराहरूले पनि सत्ता हासिल गर्न पुँजीवादी, निरङ्कुश वर्ग र शोषकहरूमाथि विजय हासिल गर्न सक्छन् भन्ने कुराको उदाहरण कायम ग¥यो । तर, अनुभवी नेतृत्वको अभाव, साङ्गठनिक कुशलता र परम्परागत नोकरशाहीतन्त्रको निरन्तरताका कारण सत्तरी दिनभित्रै निराशाजनक ढङ्गले कम्युनको अन्त्य भयो । तथापि, पुँजीवादी शासनका थुप्रै भागमा सर्वहारा वर्गको सङ्घर्ष जारी रह्यो । सङ्घर्ष नया“ उत्साहले उठ्यो । पेरिस कम्युन पतन भएको लगभग ५६ वर्षपछि अक्टोबर क्रान्तिबाट लेनिनको गतिशील नेतृत्वमा रूसमा समाजवादी शासन स्थापित भयो । अक्टोबर क्रान्तिले पूर्वी युरोपका धेरै देशमा क्रान्तिको बहार ल्यायो र ती देशहरूमा पनि सर्वहारा वर्गको शासन स्थापित ग¥यो । यो परिदृश्य भौतिक नक्साको सीमाभित्र मात्र रहन सकेन । महान् अक्टोबर क्रान्तिले विश्वभरिका श्रमिकहरूमा जागरण ल्यायो र बिस्तारै सबै महादेशमा कम्युनिस्ट पार्टीहरूको अस्तित्व कायम भयो । समाजवादी देशले राष्ट्रिय चरित्रका आधारमा समाजवादको व्यक्तिगत मोडेललाई आफ्नो मुख्य राजनीतिक र आर्थिक संरचनाको रूपमा अपनाए ।
क्युबा, तान्जानिया र एसियाका केही देशले कृषि क्रान्तिको समाजवादी मोडेल अपनाए । कमरेड माओको नेतृत्व र मार्गदर्शनमा चिनियाँ क्रान्तिकारीहरूले अपनाएको समाजवादी मोडेल पनि कृषि क्रान्तिको मोडेल नै थियो ।
रूसमा औद्योगिक विकास भएको कारण मजदुरहरू सङ्गठित भई क्रान्ति भएको थियो भने यसको विपरीत चीनमा पर्याप्त कारखानाको विकास नभएका कारण मजदुरहरू सङ्गठित हुने अवस्था थिएन । त्यसैले, कमरेड माओले दास र कृषि मजदुरहरूलाई मुक्ति दिलाउन कृषिमा आधारित चिनियाँ क्रान्तिलाई गुरिल्ला युद्धमा आधारित चिनियाँ क्रान्तिको रूपमा विकास गरे । उनले किसानमा आधारित जनमुक्ति सेना बनाए र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता प्राप्त गरे । कमरेड माओले राजनीतिक, सामाजिक र आर्थिक सुधारको सुरुवात गरे र राज्यद्वारा जनतालाई सम्मान र सुरक्षा प्रदान गरे । उनले श्रमिक वर्गको मुक्तिका लागि राजनीतिक परिवर्तनमा जोड दिए । यसरी चीनमा कम्युनिस्ट सरकार स्थापना भएको थियो, जसले समाजवादको कृषि मोडेललाई स्थापित ग¥यो ।
कमरेड माओको निधनपछि हालसम्मको चीनमा समाजवादले लामो र कठिन यात्रा सम्पन्न गरेको छ, जुन विश्वको समाजवादी र कम्युनिस्ट पार्टीहरूका लागि तुलनात्मक अध्ययन र संश्लेषणको विषय बनेको छ । जनवादी गणतन्त्र चीनमा लागू भएको समाजवादी मोडेल चिनियाँ विशेषतासहितको जनताका चाहाना र विकासका राष्ट्रिय आवश्यकताहरू प्रतिबिम्बित समाजवादी मोडेल हो । विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको मुलुक हुँदाहुँदै पनि चीन संसारकै दोस्रो ठूलो आर्थिक शक्तिका रूपमा अगाडि आउनु राष्ट्रिय चरित्रमा आधारित समाजवादी व्यवस्थाका कारण नै सम्भव भएको हो । यसले सबै देशका कम्युनिस्ट आन्दोलनलाई अन्य देशको समाजवाद पछ्याउने होइन, राष्ट्रिय आवश्यकता र विशेषताका आधारमा त्यसलाई लागू गर्नुपर्ने पाठ सिकाएको छ ।
माक्र्सद्वारा परिकल्पना गरिएको समाजवादको विकास एसियाका केही देशमा सफल भएको छ । माक्र्सवाद विज्ञान भएकाले यो जडसूत्रवाद हुन सक्दैन । यसले विश्वव्यापी र स्थानीय रूपमा नयाँ परिवर्तनको माग गर्छ । साम्राज्यवाद र पुँजीवाद सैन्य र अर्थतन्त्रका महत्वपूर्ण क्षेत्रहरूमा धेरै बलियो भएको हामीले देखेका छौँ ।
कम्युनिस्ट प्रणाली लागू भएका देशहरूको सङ्ख्यामा घट्दै गएको छ । विश्वभरिका कम्युनिस्ट पार्टीहरूले यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ । धेरै देशहरूमा समाजका गरिब र निमुखा वर्गको मुक्तिका लागि काम गर्ने कम्युनिस्ट प्रणाली दिगो र स्थायी हुन नसक्नु तथा जनताको भरोसा बन्न नसक्नु गम्भीर चिन्ताको विषय हो । धेरै देशहरूमा कन्युनिस्ट शासन प्रणालीको अन्त भएर विभिन्न देशहरू पुरानै सामन्ती व्यवस्थामा फर्केका छन् । माक्र्सवादको वैज्ञानिक प्रणाली शासकहरूले जडसूत्रवादी तरिकाले चलाए वा माक्र्सको समकालीन सामाजिक र आर्थिक विश्लेषण २१औँ शताब्दीको नयाँ वास्तविकताका लागि आवश्यक नभएको हो भन्ने सम्बन्धमा विवाद देखिएको छ । समयक्रममा साम्राज्यवादी र पुँजीवादीहरूले धेरै पाठ सिकेका छन् र आफूलाई समयानुकूल समायोजन गरेका छन् । तसर्थ, यसबाट विश्व कम्युनिस्ट आन्दोलनले अतीतको नकारात्मक उदाहरणबाट सही पाठ सिकेर माक्र्सवादको आधारभूत सिद्धान्तका आधारमा वास्तविक धरातलमा टेकेर अगाडि बढ्नुपर्ने समय आएको छ । विगतका सकारात्मक र नकारात्मक अभ्यास र कमजोरीहरूबाट सिकेर सही विश्लेषणबाट हामीले २१औँ शताब्दीको नयाँ समाजवादी मोडेल निर्माण गर्ने निष्कर्षमा पुगेका छौं ।
हामीले सामन्तवादसँगको सङ्घर्ष, क्रान्ति र युद्धको समयमा मात्र नभई निरन्तर रूपमा क्रान्तिकारी चरित्रलाई कायम राख्दै पार्टी सरकारमा भएको अवस्थामा समेत जनतासँग जीवन्त सम्बन्ध कायम गर्दै उनीहरूलाई कम्युनिस्ट विचारधाराप्रति प्रतिबद्ध रहन उत्प्रेरित गर्नुपर्छ । यसो गरे मात्र हामीले २१औं शताब्दीको लागि एक सफल समाजवादी मोडेल विकास गर्न सक्छौँ।
२१औं शताब्दीको लोकतन्त्र (हामीले यसलाई जनवाद भन्ने गरेका छौं) का लागि सरकारमा जाने कुरालाई नकारात्मक अर्थमा लिनु नहुने तथा जनताको निर्णयबाट अनुमोदन प्राप्त गरी सत्तालाई निरन्तरता दिने कुरालाई अन्यथा लिनुहुँदैन । तर, यसको अलावा हामीले सरकार र कम्युनिस्ट पार्टी दुवैको सञ्चालन जनताको अभिमतका आधारमा लोकतान्त्रिक पद्धतिबाट गर्नुपर्ने कुराको पक्षमा वकालत गर्नुपर्छ । जनताको अभिमत र चाहनालाई सम्मान गर्दै सरकार र पार्टीभित्र जति धेरै लोकतान्त्रिक अभ्यास गरिन्छ उति नै सरकार र पार्टीमा लोकतान्त्रिक प्रणाली स्थापित र बलियो भएर जान्छ । यसो गरे मात्र समाजवादको सम्भाव्यता र आवश्यकताको पुष्टि हुने कुरामा विश्वस्त हुन सकिन्छ । कम्युनिस्ट आन्दोलनका लागि यो नै २१आंै शताब्दीको सबैभन्दा ठूलो चुनौती हो, जसले पुँजीवादलाई हराएर समाजवादलाई जीवित राख्दछ ।
नेपालमा क्रान्तिकारी तथा कम्युनिस्ट आन्दोलनको माध्यमबाट माक्र्सवादको रक्षा, प्रयोग र विकासको हाम्रो आफ्नै अनुभव छ, जुन नेपाली सन्दर्भ, सार्वभौम र अन्तर्राष्ट्रिय महत्वका विशिष्ट विशेषताहरूसंग समानता राख्दछ । यस सन्दर्भमा नेपाली जनताले युगौँदेखिका सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, क्षेत्रीय र राजनीतिक शोषणबाट मुक्ति पाउन कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा शान्तिपूर्ण र सशस्त्र दुवै खालका सङ्घर्ष गरेका छन् ।
नेपाली जनताले सशस्त्र र शान्तिपूर्ण सङ्घर्षहरू जनयुद्ध र जनआन्दोलनका रूपमा गरेका थिए । हालै देशमा भएको सकारात्मक राजनीतिक र सामाजिक परिवर्तन २१औं शताब्दीको आवश्यकताको नेतृत्वद्वारा गरिएको सही विश्लेषणका कारण सम्भव भएको हो । हामीले अहिले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी राज्य प्रणाली प्राप्त गरेका छौँ । हामीले सामन्तवादलाई पराजित गरिसकेका छौँ र नेपाली चरित्रको समाजवाद स्थापित गर्ने मार्गमा लागेका छौँ ।
हालै भएको स्थानीय, प्रदेश र राष्ट्रिय निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले लगभग दुई तिहाइ लोकप्रिय मत हासिल गर्दै २१औँ शताब्दीको समाजवाद निर्माणमा नेपाली राजनीतिक प्रयोगको लोकप्रियता र व्यावहारिकताको पुष्टि गरेका छन् ।
हालसालै मात्र नेपालमा एक राजनीतिक इतिहासको निर्माण भएको छ । नेपालका सबैभन्दा ठूला दुई पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मिलेर सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी
(नेकपा) को निर्माण गरिएको छ । नयाँ पार्टीले माक्र्सवाद –लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिएको छ । अनि यसले २१औँ शताब्दीको समाजवादको विकासमा माओले गर्नुभएको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ । नयाँ पार्टीले जनवादलाई सुदृढ बनाउन सही रणनीतिका साथ समाजवाद निर्माणका लागि काम गर्नेछ । नयाँ पार्टीको रणनीति शान्ति, समृद्धि र राष्ट्रिय आत्मनिर्भरतामा केन्द्रित छ ।
वामपन्थी राजनीतिमा झुकाव राख्ने धेरै मानिसका लागि अहिले लामो समयदेखिको सपना विपनामा परिणत भएको छ । वामपन्थीहरू सजिलै विभाजित तथा कमजोर हुँदा देशविकासको प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । हामीलाई विश्वास छ, तीव्र र दिगो आर्थिक विकास तथा समृद्धिका लागि अब देशमा राजनीतिक स्थिरता र सुशासन कायम हुनेछ । २०औँ शताब्दीसम्म पुँजीवादी देशहरूको आर्थिक विकास तीव्र रूपमा भएको थियो तर २१औँ शताब्दीको सुरुतिर चीन र केही अन्य पूर्वी एसियाली देशहरूले उच्च आर्थिक वृद्धि गरी उत्तर अमेरिका र युरोपको लागि चेतावनीमूलक स्थिति सिर्जना गरेका छन् । ल्याटिन अमेरिकाका केही देशमा समेत तीव्र आर्थिक विस्तार भएको छ । सामाजिक सुरक्षा, सार्वजनिक शिक्षा र स्वास्थ्योपचार देश विकासका लागि आधारभूत महत्वहरू बनेका छन् । राजनीतिक क्षेत्रमा जनताको समर्थनको परीक्षण गर्न मानवअधिकार, आवधिक चुनाव, बहुदलीय लोकतन्त्र सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यहरूको सुरक्षा र कार्यान्वयन गर्नु लोकतान्त्रिक व्यवस्था भएका मुलुकको मुटु र आत्मा हो । विगतमा पारिवारिक तथा तानाशाही शासन व्यवस्था भएका मुलुकहरूले समेत लोकतान्त्रिक शासन व्यवस्था अवलम्बन गरी उदारवादी व्यवहार देखाउन सुरु गरेका छन् । यस सन्दर्भमा यस आधुनिक महासागरको नयाँ सोचमा समाजवादी देशहरूले पनि २१औँ शताब्दीको जनताको विचारलाई आत्मसात् गरी पारम्परिक समाजवादी सोचबाट आफूलाई परिवर्तन गर्नु आवश्यक भएको छ । त्यसैले, आधुनिक समाजको राजनीतिक र सामाजिक प्रवृत्तिलाई ध्यान दिँदै हामीले देशको वास्तविक धरातलस“ग मेल खाने आधुनिक युगसुहाउँदो समाजवादको अभ्यास गरेका छौँ ।
समाजवादबारे कुरा गर्दा हामीले हाम्रो ध्यान निम्न कुरामा केन्द्रित गर्नुपर्छ । पहिलो र आधारभूत कुरा, सामान्य जनताको लागि पार्टीभित्र र बाहिर लोकतान्त्रिक संस्कार कायम गर्नु आवश्यक छ । दोस्रो, मानव र पूर्वाधार विकासमा आएको ठूलो परिवर्तनको कारण माक्र्सवादीहरूले २१औँ शताब्दीको राजनीतिक र आर्थिक विकासको विश्लेषण गर्दै तदनुसारको विचारधारा र राजनीतिक सोचको विकास गर्न सक्षम हुनुपर्छ । तेस्रो, विज्ञान र प्रविधिको विकासले नयाँ उचाइ चुमेको कारण र सबैको जीवनमा इतिहासमा कहिल्यै नभएको गुणात्मक प्रभाव पारेको छ । विशेष गरी सूचना प्रविधिको विकासले विश्वलाई नै एउटा सानो गाउँका रूपमा सीमित पारेको छ र सानो सूचनाको प्रवाह पनि तीव्रताका साथ हुने गरेको छ । यसले पहिलेभन्दा समाजवादको पक्षमा वस्तुगत परिस्थितिको सिर्जना गरेको छ । तसर्थ, हामीले वैचारिक र व्यावहारिक रूपमा समाजवादको विकास गर्ने अवसरको चुस्त उपयोग गर्नुपर्छ । अन्तमा, विगतका सकारात्मक र नकारात्मक पाठहरूको विश्लेषणबाट सिक्दै समाजवादको नया“ मोडेल संश्लेषण गर्नु विश्वभरिका माक्र्सवादीहरूको ऐतिहासिक जिम्मेवारी हो ।
(यो सामाग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्ल माक्र्सको द्विशताब्दी जन्मजयन्ती कार्यक्रमका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा (१६ जेठ, २०७५ ) प्रस्तुत कार्यपत्रको नेपाली रुपान्तरण हो । माक्र्सवादका अध्येताहरुका लागि पठनीय ठानी यो सामाग्री प्रकाशित गरिएको छ । )
Be the first to comment