नेपालमा जनयुद्धरत नेकपा माओवादी र नेपाल सरकारको मध्यस्थता गर्दै अन्मिनले छिटो छिटो विस्तृत शान्ति प्रकृयालाई टुंग्याउँदै थियो । दक्षिणको छिमेकी मुलुकले अन्मिनको म्याद थपबारे निकै चासो लिईरहेको थियो । नेपालभन्दा छिमेकी मुलुक बिनासित्ति बढि नै तरङ्गित थियो । अन्मिनसित निकै सतर्क थियो । हदम्यादभित्रै शान्ति प्रकृयाको काम सकिई त्यससँग सम्बन्धित कुनै शाखा नेपालमा नरहोस् भन्ने आशय थियो उसको । त्यसैमा बढि चिन्तित थियो ।
यसैक्रममा माओवादी लडाकुमध्येका बाल शैनिक भनि ट्याग लगाइएको र उनीहरुलाई सामान्य जीवनमा फर्काउने योजना अन्तरगत नेपालको नामूद चार तारे होटलमा दुुई जना बहिनीहरुलाई होटल तालिममा ल्याएर भर्ना गरिदियो । हामीले ती दुबै बहिनीहरुको नाम बिर्सिसकेछौं । तर हामी भने उनीहरुलार्ई अन्मिन बहिनी भन्थ्यौं ।
कसो कसो गरी ती दुबैको बारेमा हाम्रो युनियन नेता विनयलाई जानाकारी गराइयो । पार्टीको तर्फबाट अन्तरिम संसदको साँसद र एकजना पिएलए लडाकु र अन्मिनको सम्पर्क ब्यक्तिबाट । तालिम छोड्न नपाउँन्, कार्यथलोमा सुरक्षित रहुन् अलि निगरानी राखिदिनु भनेर ।
तालिममा भर्ना भैसकेपछि ती दुबै बहिनीहरु युनियन नेता विनयको अफिसमा आएर परिचय दिए र हाम्रो अवस्था यो हो भनि बताए । उनीहरुले त्यहाँ छ महिनासम्म अन्मिनको निगरानीमा तालिम सम्पन्न गरे । हप्ता हप्ता दिनमा उनीहरुको बारेमा अन्मिन आउँथ्यो र होटलको स्विमिङ पुल नजिकै विहानको घाम ताप्न बसे जसरी चिया खाँदै उनीहरुको तालिमको बारेमा र अरु को को भेट्न आईरहेका छन् ? के भन्छन् जस्ता प्रश्नहरु बिस्तृतरुपमा सोध्ने रहेछन् भन्ने कुरा पनि तिनै लडाकु बहिनीले आएर सुनाउँथिन् । अन्मिनले याहाँ तालिममा हालेको कुरा पनि गोप्य थियो । उनीहरु लडाकू हुन् भन्ने कुरालाई पनि बाहिर चुहिन दिएको थिएन ।
उनिहरुको तालिम सकिन एक महिना बाँकी छँदै दशैं चाड पर्यो । दशैंमा घर जाने बा–आमा दिदी–बहिनी, साथीसंगिनीसित भेट गर्ने ठाउँ ठाउँको लडाईंको घटना कथाहरु सुनाउँने उत्साह उनीहरुमा यत्ति धेरै थियो कि उनीहरु दशैंमा घर जाने समय जति नजिक आयो उति रातमा पनि निदाउँन छाडके थिए । औला भाँचेर दिन गन्थे र दङ्गगदास पर्दै मलाई सुनाउथे ।
एउटी फरासिली बैनि थिईन उनको उमेर २० देखी २२ बर्षभित्रको हुँदो हो । तर यी दुबै अविाहित थिए । कहिले कहीं मुड चल्यो भने युवास्वभावजन्य ठट्टा मट्टा पनि गरिहाल्थिन्। कहिलेकँही भने जनयुद्धका घटनाहरुको बयान गरेर सबैलाई चकित पार्थे ।
उनले मजदुर नेता विनयलाई टायम अफिस नजिकै तालिमको एप्रन लगाई रहेकै अवस्थामा ड्युटीमा ब्यस्त रहेकै बेलामा बोलाइन र भनिन् ।
“विनय सर, यसपटक त धोको मारेर यो हातभरी यहाँदेखी यहाँसम्म थरीथरी रंगका चुरा हातभरी लाउँछु । आमा बा को हातको रातो टिका निधारभरी लाउँछु । जमाराको आँकुरा छपक्कै सिउरेर आमाबाको हातबाट दक्षिणा थाप्छु । हाम्रो गाउँमा दशैंमा पिङ हाल्छन् खुब खेल्छु । साथीसित दोहोरी पिङ बेस्सरी मच्चाउँछु । मामा घर जान्छु । आफन्तको घर घरमा जान्छु ।” एकै सासमा भनिन् ।
“विनयले सान्त स्वभावमा किन यति धेरै भावुकता र उत्सुकता ? के टिका लाउन दशैंमा आउदैनथ्यौं र सोधे ?”
“अँह शुरक्षाको कारणले गर्दा जान पाइदैनथ्यो सर । ज्यानको कुरा थियो । गोपनियताको कुरा थियो सर । दशैंमा आएकालाई सुराकी गरी गरी हत्यारो सत्ताले माथ्र्यो।” भनिन् ।
“क्रान्ति सफल भयो, अब त खुल्ला भैइयो, कस्तो आनन्द लाग्या छ भनिन् । अब यो अनिमनबाट छुट्कारा पाउँन पाए क्या ढुक्क हुने थिएँ । जागिर पनि उनहिरुले नै लाईदिने भनेका छन् । हेर्दै जाउँ विश्वास त लागेको छैन ।”
दशैको बिदा लगतै उनीहरु काभ्रे गए, त्यो दिन हाम्रो विदा यिनै कुराकानीका साथ भएको थियो ।
होटलको नियमानुसार नै उनीहरु पुर्णिमाको भोलीपल्ट हाजिर भएका थिए । बिदा कम भएको गुनासो गर्दै थिए । तालिम पनि झण्डै झण्डै पुरा हुन लागेको थियो । “हामी अन्मिनले लिन आएपछि जान्छौं सर” भनि जाने सुँइको दिएका थिए ।
“ विनयले गाउँघरको रम्झम् र विवाहसंगै क्रान्तिको धार भुत्ते नहोस शुभकामना” भने ।
“हाम्रो विचार जस्तै आपत बिपतमा पनि कदापि मर्दैन, फुलिइरहने छ सर, क्रान्तिले हामीलाई अविचलित हुन र स्पातिलो रहन सिकाएको छ ।” यही बचनबद्धता गर्दै लालसलामका साथ बिदा भएका थिए । फेरी भेटौंला भन्दै अन्मिन बहिनीहरु ।
अन्मिनले उनीहरुलाई कुन दिन लग्यो । थाहा भएन । उनीहरु सामान्य नागरिक थिएनन् जनयुद्धका प्रतिबद्ध राता सिपाही थिए । स्टाफ गेटबाट होइन मेन गेटबाट अन्मिनकै सबारी साधनमा उनीहरुलाई लगेको थाहा भयो ।
असोज १ गते २०८०
जय कार्की
Be the first to comment