कविता: मेरी वहिनी-अफगानी कवि बसिर साखावर्ज

बाक्लिएको दूरीसंगै
हिमालका पर्खालहरुवाट
समुन्द्रको गहिराइवाट
गए रात मैले तिमीलाई स्पर्श गरें
तिम्रो दुःखलाई सुम्सुम्याएं तिनीहरु मेरै रहेछन्
जहाँ शिशुहरुको मुस्कानको अर्थ छैन ।
फूलहरु फुलिरहेका छन्
तर के ती फुलहरु हुन !
केटाकेटीहरु मुस्काउँछन्
तर, यसको अर्थ छ र !
तिम्रा वालवच्चा विना
तिम्रो वगैंचा विना
फूलहरु र मुस्कानहरु सक्दैनन् हुर्कन
तिम्रो स्याहार विना
जीवन सुन्यतामा बाँचेको छ
जव म विदा भएं
भनेकी थियौं होसियारी रहनु
होसियारी रहयो त !
के तिमीले एउटा सपना निर्माण ग¥यौं !
तिमीले एउटा सपना देखेकी थियौं
आशाहरु भत्किएको तिमीले देखिनौं
के तिमी विपक्षीलाई परित्याग गर्न सक्छौ ?
विपक्षीहरु हावामा छन्
तिम्रो वगैंचामा हुर्किन्छन्
तिनीहरुले रुखहरुलाई ढाल्छन् ।

 

  • बसिर साखावर्ज
  • अफगानी कवि
  • अनुवाद जय कार्की

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*