युरोपियन मजदुर आन्दोलनमा वैज्ञानिक समाजवादको विचारको पक्षमा बेकर हमेशा अडिग र अविचलरुपमा सक्रिय रहन्ु भयो ।
बेक्करको संक्षिप्त परिचयः माक्र्स र एंगेल्सका साथी जोहान फिलिप्प बेकर एक जना जर्मन मजदुर थिए जसले तेश्रो दशकमा युवास्थाको शुरुवातमा नै मजदुरहरुको वीचमा उठिरहेको आन्दोलनात्मक वातावरणमा भाग लिन शुरु गरेका थिए । उनको राजनीतिको चेतना निरन्तर विकसित हुँदै गयो र १८४८—४९ मा जव पूरै युरोपमा क्रान्तिको दावानल भड्कियो त्यो वेलामा बेकरले त्यसमा जोड्तोडले भाग लिनुभयो र जर्मनीमा क्रान्तिकारी उभार सेलाए पछि उहां स्विटजरल्याण्ड गएर बसे ।
यहाँ हामी जोहान फिलिप्प बेकर )१८०५ —१८८६) को वारेमा विश्व सर्वहाराका महान नेता एवं शिक्षक फ्रेडरिक एंगेल्सद्धारा लेख्नुभएको त्यो टिप्पणीको एउटा अंश लिईरहेका छौं । र, हामी बेबेलको नाममा एंगेल्सको एक पत्रको पनि उल्लेखरहेका छौं । त्यस्मा उहाँले बेकरको दुर्लभ क्रान्तिकारी गुणहरुको चर्चा गर्नुभएको छ । अगस्त बेबेल १९ औं शताब्दीको युरोपियन मजदुर आन्दोलनको एक हस्ति हुनुहुन्थ्यो, जो जर्मन सामाजिक जनवादी पार्टी तथा द्धितिय इन्टरनेशनलको संस्थापकहरु मध्येमा एक हुनुहुन्थ्यो तथा माक्र्स—एंगेल्सको मित्र हुनुहुन्थ्यो ।
बेकर जर्मनीको मजदुरहरुको त्यो प्रथम पिंढीको सदस्य थिए जसले कम्युनिज्मको सिद्धान्तहरुलाई स्वीकार गर्नुभएको थियो र सर्वहारा वर्गको राजनीति पार्टीको निर्माणमा अघि वढेर भागलिनु भएको थियो ।
- उहाँले प्रथम इन्टरनेशनल (इन्टरनेशनल वर्किङ मेन्स एशोसियशन, १८६४ मा गठन भएको थियो) को स्थापनामा भाग लिनु भयो । र स्विटजरल्याण्डमा बसेको समयमा त्यसको जेनेभा शाखालाई संगठित गर्ने काम पनि गर्नु भयो । स्विटजरल्याण्डमा बसेकै समयमा बेकरले इन्टरनेशनलको जर्मन शाखाहरुको अखबार अग्रदूतको सम्पादन गर्नु भयो । १८७१ मा माक्र्स एंगेल्ससित मिलेर दक्षिणी फ्रान्समा विद्रोह गराउन दिलो ज्यानले कोशिश गर्नुभयो । ताकि प्रथम मजदुर राज्य पेरिस कम्युनलाई बचाउन सकियोस । २१ जुलाई, १८७१ को पत्रमा बेकरले लेख्नुभयोयसको लागि “हामीहरुले मनुस्यको शक्ति योग्य सवै थोक अर्पण ग¥यौं, जोखिम उठायौं ….. यदि हामीसित मार्च तथा अप्रिलमा आवश्यक सम्पति भएको भए, हामी पूरै दक्षिणी फ्रान्सलाई उचाल्थ्यौं र पेरिस कम्युनलाई जोगाई छाडथ्यौं ।” युरोपियन मजदुर आन्दोलनमा वैज्ञानिक समाजवादको विचारको विरोध गर्नेहरुका विरुद्धमा बेकर हमेशा अडिग, अविचलरुपमा सक्रिय रहन्ु भयो । उहाँको मित्रता माक्र्स, एंगेल्स र बेबेल आदिसित जीवनभर रहेको थियो । बृद्धावस्थावाट अप्रभावित क्रियाशील, बहादुर जीवन्त मजदुर योद्धा बेकर अन्तिम प्राणसम्म एकसच्चा भौतिकवादी एवं क्रान्तिकारी मजदुरको जिन्दगी बाँच्नु भयो । १८८६ मा ७७ वर्षको उमेरमा उहाँको निधन भयो ।
फ्रेडरिक एंगेल्सको कलमबाट बेकरको परिचय ः
बेकर दुर्लभ चरित्रको मानव थिए । केबल एकै शब्दमा नै उनको पूरा चरित्र उजागर हुनजान्छ, यो हो स्वस्थ । शरीर बलशाली देह र जब्बर शारीरिक शक्ति भएका उनी एक शुन्दर मानिस थिए, आप्mनो आनन्दमय र स्वस्थ गतिविधिहरुका कारण उनको आप्mनो मस्तिष्क शिक्षित नहँुदा नहुँदै पनि असंस्कृत कदापि थिएन, समन्वित रुपवाट आप्mनो शरीर वारवरी नै विकसित गरेका थिए । उनी त्यस्ता केही मानिस मध्येका थिए, जसको लागि सही मार्गमा हिड्नको लागि यति नै पर्याप्त थियो कि उनीहरु आप्mनो सहज प्रबृत्तिहरुका अनुसरण गर्दै जाउन र यही कारण थियो कि क्रान्तिकारी आन्दोलनको विकासको हरेक कदममा कदम मिलाएर हिड्दै गए तथा उनलाई उमेरको अठहत्तरौ वर्ष पनि त्यही उत्साह र उमंगका साथ दृढ हुनको लागि सहज थियो । लाग्थ्यो उनी आप्mनो उमेरको १८ वर्षमा उभिएका छन् । जुन बालक १८८४ मा आफ्नो देश भित्रवाट हिड्ने कज्जाकहरुसित खेलेका थिए र १८२० मा जसले कोत्सेबको हत्यारा जान्दलाई मृत्युको होली खेलेका थिए । उनी तेश्रो दशकको डावाँडोल विपक्षीकाृ स्थितिवाट विकसित भएर अझै अघि वढेका थिए तथा १८८६ मा पनि आन्दोलनको उच्चतम स्थानमा मौजुद थिए । १८४८ को उकुसमुकुसमा परेका प्रजातन्त्रवादीहरुमध्ये अधिकांश मानिसहरु जस्तै उनी कुनै निरानन्द, उच्च सिद्धान्त भएका ज्ञानशून्य मानिस पनि थिएनन् । तर प्रफुल्लित पफाल्जको सच्चा पुत्र थिए, जीवनप्रति जोड्दार लगाव राख्ने ।
उनी मानिस थिए जो अन्य सवै मानिसहरु जस्तै मदिरा,महिला तथा गीत संगीतप्रति प्रेम गर्थे । उनी निबेलुङको सम्वन्धमा गीतको देशमा वम्र्स को समीप हुर्केका थिए । आप्mनो जीवन पश्चात पनि उनी प्राचिन महाकाव्यहरुको कुनै पत्र जस्तै लाग्थे । तलवारहरुको प्रहारको वीच शत्रुलाईृ हाँसी हाँसी एवं व्यंग्यपूर्वक लल्कार्दै तथा जव प्रहार गर्नको लागि बाँकी कोही हुंदैन थियो, तव लोकगीतहरुको रचना गरेर उनी भायोलिनवादक फोल्करको यस्तैरुपमा केवल यस्तैरुपमा देखा परिरहने छन् ।
जोहान फिलिप्प बेकरको नाममा माक्र्सको पत्रः
लिबनिज तथा अरु सवै तपाईको दुई लघु कथाहरु मलाई निकै मन प¥यो, कति राम्रो हुने थियो यदि तपाई मेरो सुझावसित सहमत हुुनुहुन्थ्यो भने) यी दुबैलाई एउटा चिठीमा हालेर तुरुन्तै बेडेमियरको लागि पठाई दिनु होस ।
अगस्त बेबेलको नाममा एंगेल्सको पत्रः
बुढेसकालमा पनि प्रफुल्लचित, संघर्षको लागि तयार
प्रिय बेबेल
यो पत्र तपाईलाई म त्यस वातचितको सम्वन्धमा लेखिरहेको छु जुन चिरप्रिय जोहान फिलिप्प बेकरसित भएको थियो । ती दश दिनसम्म म काहाँ बसेका थिए र अव पेरिस भएर (जहाँ अचानक उनकी छोरीको मृत्यु भएको थियो) उनी जेनेभा पुगिसके होला । ती बृद्ध महावलीलाई एक पटक हेरेर मन खुशीले भरिएको थियो । शारीरिकरुपले यदपि उनी ढलेका छन्, किन्तु ऐलेपनि उनी धेरै हँसिला थिए र उनीभित्र संघर्षको भावना झल्किएको थियो । उनी हाम्रो राइनी, फ्राँकिश गाथाबाटै निस्किएका एक महापुरुष हुन जुन निबेलुङको गीतमा मूर्तमान भएको छ । उनी साक्षात भायोलिनवादक फोल्कर हुन ।
बर्षौ पहिला मैले उनलाई आग्रह गरेको थिएँ, उनी आप्mनो सस्मरण र अनुभवहरुलाई लेखुन । अव उनले मलाई भनेका छन, तपाई र अरुले पनि यसका लागि उत्साहित गरेका थिए, उनी स्वयं पनि लेख्नलाई निकै इच्छुक छन् र कैयौं पटक त उनले लेख्न पनि शुरु गरेका थिए । तर मात्र फाट्टफुट्ट नै प्रकाशन गर्न सकेकोले उनको भित्रको वास्तविक उत्साह पैदा हुन सकेन (उदाहअरणका लागि न्य्ु बेल्ट (२२२) मा छाप्नको लागि उनले कैयौं वर्ष, कैयौं निकै राम्रा सामाग्रीहरु पठाएका थिए, तर यो कुराको लिबनेख्तले मोत्तेलेर मार्फत उनलाई सूचित गरेका थिए । ती सामाग्रीहरु पर्याप्तरुपले उपन्यासात्मक थिएनन् ।
अक्टुबर १८८६
यो सामाग्री मजदुर बिगुल पत्रिकाबाट अनुबाद गरिएको हो ।
Be the first to comment