जर्मन कवि हेनरिख हाइनेको परिचयसहित कविताहरु ♦ जय कार्की

प्रशिद्ध जर्मन कवि जोहानन् हेनरिख हाइने

♦ जय कार्की

अन्धकारमा आफैलाई जलाएर प्रकाशपुन्ज दिने, दमन र अत्याचारका विरुद्धमा एक कलमधारी जोदाहा बनि नेतृत्व गर्ने एबम् कालजयी युगिन जर्मन कविको नाम हाइने हो । यही नामले विश्व चर्चित हुनुहुन्छ । उहाँको पूरा नाम भने क्रिश्चियन जोहानन् हेनरिख हाइने हो । उहाँलाई बाल्यकालमा ह्यारी भनि बोलाईन्थ्यो उनी चार सन्तानमध्ये जेष्ठ थिए । उहाँको माता-पिताको नाम पेइरा (बेट्टी) र साम्सोन हाइने हो उनी एकजना कपडा व्यापारी थिए । क्रिश्चियन जोहानन् हेनरिख हाइने एकजना प्रशिद्ध जर्मन कवि, लेखक,निबन्धकार, ब्यँग्यकार तथा साहित्य समीक्षक हुनुहुन्छ । उहाँ छन्दबद्ध कविताको लागि सबैभन्दा बढि चर्चित हुनुहुछ । उहाँको जन्म सन १७९७ मा डिसेम्बर १३ का दिन जर्मनीको डुसेल्डर्फमा भएको थियो तर देशभित्रको दमनकारी सेन्सरशिपका कारण देश छोड्न बाध्ये हुनुभएको थियो । उहाँ जर्मनी परित्याग गर्न बाध्ये भई फ्रान्सको शरणमा जानुभएको थियो । उहाँको एउटा कविताको एक अंश यहाँ प्रस्तुत गरिएको छ ।

तरवार हुँ,
आगोको ज्वाला हुँ,
जब अँध्यारो हुन्छ
बत्ती बालिदिन्छु तिमीलाई
बाटो नविराउनु भनी,
जब युद्धको शंखघोष हुन्छ
मोर्चाको अग्रपंक्तिमा भिड्छु
एकदम अघिल्लो पंक्तिमा‘‘‘
हामीलाई शोक मनाउने र्फुसद छैन
विगुलको नयाँ धुन बजेको
नयाँ लडाँइको सुरुवात भएको
तरवार हुं,
आगोको ज्वाला हुं ।।

→ अनुवाद: जय कार्की,  यो कविता युरोपियन ओमेन अन द लेफ्ट पुस्तकबाट अनुवाद गरिएको हो ।

तत्कालीन जर्मनीमा बुनकर मजदुरहरुको पींडाको विषयमा रचना गर्नु भएको उहाँको अर्को कविता सन १८४४ मा जर्मनीको साइलेसियामा साहुहरुको अत्यचाचार, दमन र ज्याला घटाएको कारणले भोभभोकै मर्न थालेपछि क्रूर दानव साहुहरुका विरुद्धमा हाते तानका कपडा बुनकर श्रमिकहरुले गरेको सबैभन्दा ठूलो विद्रोहको बारेमा हामी बुन्दै छौं, बुन्दै छौंतिम्रो कात्रो” झनै चर्चित कविता हो । श्रमिकहरुको विद्रोहलाई दमन गर्न सेना परिचालन गर्दा थुप्रै श्रमिकहरु मारिएतापनि श्रमिकको विद्रोह नथामिएपछि सेना आफै पछि हट्न बाध्ये भएको थियो । यसभन्दा अघि देखि बेलायतमा शुरु भएको चार्टिस्ट आन्दोलन र फ्रान्सको लिँओ शहरमा उठिरहेको मजदुर विद्रोहलाई समेत यो विद्रोहले हौसला थपेको थियो । सबैतिर आन्दोलन बनमा लागेको डढेलो जसरी फैलिन थालेको थियो । अहिले पनि यो गीत आन्दोलनकारीका लागि त्यत्तिक्कै महशूर र बेजोडको मानिन्छ ।

हाइनेको विषयमा माक्र्सको भनाई:

हाइने माक्र्स एंगेल्सको ज्यादै प्रिय कवि थिए । कवि हेनरिख हाइनेका रचनाहरुमा माक्र्सकोे ठूलो प्रभाव परेको थियो । सन १८४२ मा पेरिसमा यी दुई महान व्यक्तिहरुको वीचमा भेट भएको थियो । माक्र्ससँग मैत्रीपूर्ण सम्पर्कको यो बेला (सन १८४३ देखि १८४४) नै हाइनेका राजनीतिक गीतहरु र ब्यँग्य काव्यको पनि यौवनकाल थियो । हाइनेले “साइलेसियाका बुन्करहरु” र “जर्मनी” । “जाडोको कथा” जस्ता कविताहरु माक्र्र्सको प्रत्यक्ष प्रभावमा लेखेका थिए ,माक्र्स जिन्दगीभर हाइनेको प्रशंसक रहनुभयो र उहाँको परिवारमा हाइने एक अति प्रिय कवि थिए । हाइनेप्रति माक्र्सको यस प्रेममा एंगेल्स पनि पूर्णतः सहभागी हुनुहुथ्यो र “उहाँ हाईनेलाई आधुनिक जर्मन कविहरुमध्ये सबैभन्दा महान कवि” ठान्नुहुन्थ्यो । जर्मन प्रतिक्रियावादको विरुद्ध संघर्षकोक्रममा माक्र्स र एंगेल्स आफ्ना कृतिहरुमा प्रायशः हाइनेका तीखा ब्यँग्य कविताहरु उद्धृत गर्नुहुन्थ्यो ।

माक्र्स एंगेल्सः साहित्य कला  पेज ३३ बाट नेपाली भाषामा अनुदित प्रगति प्रकाशन सन १९८९ अनुवादक राजेन्द्र मास्के। सूर्यप्रकाश पौड्याल

हाइनेको बारेमा एंगेल्सको धारणा:

तथापि शासकहरु उदारतावादीहरुले देख्न नसकेको कुरा कम्तिमा पनि एक जना ब्यक्तिले सन १८३३ मै देख्न सके; यथार्थमा तिनको नाम हाइनरिक हाइने हो
त्यसको अतिरिक्त सम्पूर्ण आधुनिक जर्मन कविहरुमध्ये सबैभन्दा महान कवि हाइनरिख हाइने हाम्रो पंक्तिमा सामेल भए उनले राजनीतिक कविताहरुको एक ग्रन्थ प्रकाशित गरे, जसमा समाजवादको प्रचार गर्ने खालका केही कविताहरु पनि परेका छन् उनी प्रख्यात स्लेजेन तन्तुकारहरुको गीतका लेखक हुन, जस्लाई तपाईंहरु समक्ष गद्य अनुवादमा प्रस्तुत गर्दछु, तर मलाई यो कुरा बेलायतमा ईशनिन्दा मानिएला कि भन्ने डर
जे भए तापनि त्यसलाई यहाँ प्रस्तत गर्दछु केवल के भन्न चहान्छु भने त्यसमा सन १८१३ मा प्रोइसेनीहरुले गरेको युद्ध घोषणा पनि निहित –“राजा तथा पितृभूमिका खातिर परमात्माका साथमा !”– यो आह्वान् त्यसबेलादेखी बफादार पार्टीको प्रिय नारा बनेको जाहाँसम्म स्वयम् गीतको कुरा , त्यो तपशीलमा छ:-

एक थोपा आँसु रहेन तिनका निदाउरा आँखामा
बसेका छन ती कल समाती रोषहरेस मुखमा
सताइयौं हामी बेहद हेर भोकै छौं दिन कति;
बुन्दैछौं हामी तिमीलाई कात्रो हे, बृद्धा जर्मनी,
लेख्दै छौं त्यस कात्रोमा हामी तीनवटा धिक्कार
बुन्दैछौं हामी, बुन्दैछौं हामी, बुन्दैछौं निरन्तर !

पहिलो धिक्कारअन्धो बैरो त्यो परमात्मालाई,
बच्चाले बाबुलाई झैं विश्वास गरेथ्यौं जस्लाई,
उसैमा सबै राखेर आशा भरोसा बेस्सरी,
तर उस्ले उडायो हँस्सी हाम्रो यस्सरी,
निर्लज्ज बनी ठगेको उस्ले हामीलाई लौ हेर
बुन्दैछौं हामी, बुन्दैछौं, बुन्दैछौं निरन्तर !

दोश्रो धिक्कार ती धनी जनका ती महाराजालाई,
पग्लेन छाती जसको देखी हाम्रो दुःखलाई
धम्कीले हाम्रा अन्तिम कौडी लुट्ने ती राजालाई,
जसले हेर, पठाए आज ती आफ्ना सिपाही;
हामीलाई मृतशैय्यामा पार्न त्यो गोली हानेर
बुन्दैछौं हामी, बुन्दैछौं, बुन्दैछौं निरन्तर !

धिक्कार दिन्छौ तिमीलाई हामी झुट्टा पितृदेश,
जसमा हाम्रो निमित्त केही रहेन बाँकी भेस,
एउटा अपमान कैयन संकष्ट बाहेक,
जहाँ छन् हामीलाई सताउँने गरिबी अनि भोक
बुन्दैछौं हामी तिमीलाई कात्रो हे बृद्धा जर्मनी
बुन्दैछौं हामी, बुन्दैछौं हामी, के गरौं नबुनी

यसपटक तपाईँहरुसंग यही गीतमा बिदा लिन चहान्छु, जुन गीत आफ्नो जर्मन मूलप्रतिमा मलाई थाहा भएका सबैभन्दा प्रभावकारी काव्यात्मक कृतिहरुमध्ये ए्क हो, मलाई आशा , निकट भविश्यमा नै हाम्रा अरु सफलताहरु सामाजिक साहित्यको विषयमा बताउँन सक्नेछु माक्र्स एंगेल्स, साहित्य कला नेपाली भाषामा अनुदित प्रगति प्रकाशन सन १९८९पेज ३०१ बाट

माक्र्स एंगेल्सः साहित्य कला नेपाली भाषामा अनुदित प्रगति प्रकाशन सन १९८९ अनुवादक राजेन्द्र मास्के। सूर्यप्रकाश पौड्याल

हाइनेको जन्म थलो डुसेल्डर्फ नेपोलियनको शासनकालमा फ्रान्सको अधिनस्थ थियो यो युद्ध र क्रान्तिको चपेटाबाट गुजिरेहेको थियो । जर्मनी पुँजीवादी चरणमा समेत प्रवेश गरिसकेको थिएन भन्ने कुराको प्रष्ट संकेत साइलेसियाका चर्खा चलाउँने श्रमिकहरुको अस्तब्यस्त जीवन र विद्रोहले प्रष्ट पारेको छ ।
तर बेलायत र फ्रान्समा पुँजीवादी भैसकेको थियो । हाइनेमा त्यसको प्रत्यक्ष प्रभाव शुरुदेखि नै परेको पाइन्छ । राष्ट्रियता तथा स्वतन्त्रा र शोषण,दमन र धार्मिक अन्धता विरुद्ध उनमा चेतना आईसकेको थियो । बोन विश्व विद्यालयमा अध्ययनरत उनका अधिकाँश साथीहरु पुरातनबादी थिए । उनि क्रान्तिकारी कित्तामा उभिएका थिए । अध्ययनकै शिलसिलामा उनी अगस्त विल्हेल्म स्केगल जस्ता चर्चित लेक्चर तथा विचारकबाट निक्कै प्रभावित भएका थिए ।
सन १८४० देखि जर्मन कविताले अझ क्रान्तिकारी धाराको बाटो लिएको थियो, जतिखेर राजा विलियम फ्रेडरिक चतुर्थ सत्तासिन भए । सो बेलामा जनताहरु दुई धारमा विभाजित भएका थिए । एकथरीले उदारबादी राजा भनि प्रशंसा गरेका थिए भने अर्का थरीले उस्तै निरंकुश राजाको राज्यरोहण भयो भनि असन्तुष्ट ब्यक्त गरेका थिए ।
हाइने भने राजा कदापि उदार होइनन्, निरंकुश नै हुन भन्ने पक्षमा थिए । राजा र राज्यसत्ताको बिरुद्धमा त्यही बेलामा कैयौं ब्यँग्य कविताहरु लेखेका थिए । राजाले आफु उदारबादी भएको झल्को दिनको लागि केही वर्षसम्मका लागि संचारमाथिको सेन्सरसिपलाई हटाई टोपलेका थिए । तर ३ वर्षपछि झन कडा सेन्सर लगाएपछि जनता छक्क परेका थिए ।
सन १८४३ मा प्रशियाबाट माक्र्स र उनकी जीवन संगिनीलाई देश निकाला गरेपछि फ्रान्समा निर्वासित भएका थिए । त्यही बेलामा नै माक्र्स र हाईनेको भेटघाट भएको थियो । यसै अवधिमा रचित कविताहरु हाइनेका सबैभन्दा चर्चित रहेका थिए र ती कविताहरु माक्र्सद्धारा सम्पादित भोर्वाट (अघि बढ) मा प्रकाशित भएका थिए ।
राज्यसत्ता विरुद्धको क्रान्तिकारी गतिविधिमा क्रियाशील रहेको भनि माक्र्स दम्पतिलाई फ्रान्सले पनि जनवरी १८४५ मा देश निकाला गरी बेल्जियममा शरण लिन बाध्ये पार्यो । त्यसपछि भने उहाँहरुबीचको भेटघाट बन्द भएको थियो । हाइने माक्र्ससित निक्कै प्रभावित भएता पनि उहाँको बैज्ञानिक समाजवादसित एकाकार भैसकेका थिएनन् । एकचरणमा त असहमत नै हुनुहुन्थ्यो तर अन्तमा उहाँ बैज्ञानिक समाजवादसित सहमत नजिक हुनुहुन्थ्यो । मन नपराएपनि समाजवाद आउँछ भन्ने कुरामा भने विश्वस्त थिए हाइने ।
हाइने खरो स्वभावका भएकाले उनले गरेको आलोचना र समीक्षाका कारणले कैयौं सर्जकहरुसित सम्बन्ध प्रगाढ पछि तिक्ततामा परिणत हुनेगरेको थियो ।
उनको कृतिहरुलाई प्रकाशित गरी उच्चकोटीमा पुर्याउँन त्यो बेलाका क्रान्तिकारी उदारबादीको सबैभन्दा ठुलो हात रहेको थियो ।
तर फासिष्ट हिटलरको सत्ताले सन १९३३ मा उनको हजारौं पुस्तकहरुमा आगो लगाई खरानी बनाएको थियो ।
सन १८२१ मा उनले रचना गरेको नाटक अल्मासोरको यो सुक्तिलाई भविश्यबाणीकारुपमा लिने गरिएको साथै हाइनेको स्मारकमा यही बाक्य कुँदिएकोछ जस्लेपुस्तकहरुमाथि आगो लगाउँदै शुरुवात गर्दछ,त्यस्ले अन्तमा मान्छेलाई आगो लगाएर मार्छ  जर्मनीको राजनीतिमा हिट्लर जस्तो भयानक रक्तपिपासु तानाशाहको उदय भयो जस्ल मानिसहरुलाई विषालु च्याम्बरमा हालेर एकैचोटी आम नरसंहार गरेको थियो ।
हाइनेले फ्रान्सको निर्वासित जीवनकालमा एकजना पढ्नलेख्न नपाएकी पसल गरेर बसेकी महिला माथिल्डेसित विवाह गरेका थिए । उनैसित उनको जीवन वितेको थियो तर सन्तान भने उनीहरुको थिएन । हाइनेले देह त्याग गर्नु अघि नै माथिल्डेको लागि जीविकोपार्जनको सबै बन्दोबस्तसमेत मिलाएका थिए ।
सन १८४८ देखि उनलाई पक्षाघात भएको थियो तर थला परेपनि आफने रचना धर्मितालाई कहिल्यै परित्याग गरेनन् बरु त्यही ब्यथाहरु झल्किने रचनाहरु सिर्जना गरेको पाईन्छ । उनको अग्रगामी तथा क्रान्तिकारी राजनैतिक दृष्टिकोण र प्रगतिवादी लेखरचना, कविता निबन्ध तथा धार्मिक साँस्कृतिक परिवर्तनशील सोचले भरिएका रचनाहरु जर्मनीमा प्रतिबन्धित थिए । यस्ता प्रभावशाली तथा दूरदृष्टिकोणका महान सर्जक हाईनेको फरबरी १७ का दिन सन १८५६ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो ।

हाइनेको साहित्यिक रचनाहरुले फ्रान्समा फस्टाउँने मौका पायो तर आफ्नो मातृभूमिमा भने प्रतिबन्ध झेल्यो, मरणोपरान्त भएको कैयौ वर्षपछि पनि हिटलरको सत्ताले हजारौं कृतिमाथि आगो लगाई नामोनिसान मेटाउँने दुस्प्रयास गर्यो । दोश्रो विश्व युद्धको पराजयसंगै हिट्लर आफै आत्माहत्या गरी मर्यो तर हाईनेका कृतिहरु झनझन अमरगाथा बनिरहेका छन् । २५ वर्षसम्म फ्रान्समा नै जीवन बिताउँन बाध्ये भएका हाइने अहिले सर्बत्र पुजनीय छन् ।

हाइनेका कालजयी सुक्तिहरु:
♠ कुनैपनि महान जिनियस आर्को महान जिनियसको सम्पर्कमा आएपछि नै उस्ले सही आकार ग्रहण गर्दछ, तर उसैसितको बिलयबाट होइन, उसित बढी टक्कर गरेर ( हाइनेको संकेत होः बहश, छलफल र प्रस्पिर्धामा खरो उत्रेर) ।
♣ जीवनलाई जसरी नै राजनीतिमा पनि हामीहरुले मात्र ति चिजहरुको कामना गर्नुपर्दछ जस्लाई हाँसिल गर्न सकियोस ।
♠ जब शब्दहरु बर्षिन शुरु गर्दछन् तबै त संगीतको प्रारम्भ हुन्छ ।
♠ अचेल हामी विचार मन्थन बारे लडिरहेका छौं, त्यसकालागि अखबार हाम्रो किल्ला हो ।

♣ अंधकारको युगमा धर्मले मान्छेलाई बाटो देखाउँछ, जसरी निष्पट्ट अँधेरीरातमा नेत्रहीन नै सबभन्दा राम्रो मार्गदर्शक बन्नसक्छ, आँखा देख्नेलेभन्दा उसले कुन बाटो कता जान्छ भन्ने ठम्याउँछ । तर जब दिनको उज्यालो आउँन थाल्छ, त्यतिबेलामा पनि नेत्रहीन, बुढो मानिसलाई मार्ग निर्देशक बनाउँनु बेवकुफी हुन्छ ।
♣ प्रकृति असालिनताबाट मुक्त रहन्छ, यी जो मानिसहरु छन् उनीहरुले त्यसको आविस्कार गर्दछन् ।

सुक्तिहरु पोषम हिन्दी साहित्यवबाट साभा

 

जय कार्की
उपाध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF)

Mail- jayakarki61@gmail.com

माघ ११ २०७७ साल जोरपाटी
पेरिसडाँडा काठमाण्डौ

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*