ट्रेड युनियनहरुले बर्तमान अवस्थामा गर्न सक्ने र गर्नुपर्ने केही कामहरु-डा. मेरी डेशन

–डा. मेरी डेशन

१. संसारमा नवउदारवादी अर्थतन्त्र हावी भएको सन्दर्भमा नेपालमा त्यसको विकल्प बनाउनु चुनौतिपूर्ण छ । त्यसमा ट्रेडयुनियनहरु जुट्नुपर्छ ।
२. त्यसैले नवउदारवादी अर्थतन्त्र विरुद्ध अभियानहरु चलाउनु प्राथमिकताको कामभित्र पर्छ ।
३. अर्कोतिर समाजवाद उन्मुख बैकल्पिक श्रम व्यवस्था स्थापना गर्नेतर्फ अघि बढ्ने प्रयत्नलाई प्राथमिकता दिनु त्यत्तिक्कै जरुरी हुन्छ ।
४. उक्त आवश्यक्ताहरुलाई ध्यानमा राखी नेपालको बर्तमान आर्थिक सामाजिक, प्रशासनिक, राजनैतिक र पर्यावरणीय अवस्थामा सांगाठानिक शक्तिले निम्न कुरालाई लागू गर्ने प्रयत्न ग¥यौं भने श्रमजीवि नेपालीको दीर्घकालीन हितको निम्ति फाईदाजनक देखिन्छ ।
५.विशेष आर्थिक क्षेत्र भन्ने मोडेलको विरोध गर्नुपर्छ (जाहाँ नवउदारवादी पुँजीवादले मजदुरलाई दास सरह प्रयोग गर्छ) ।
६. हड्तालको अधिकार पुनस्र्थापना (खोस्न नदिने) गर्ने अभियान चलाउँने र साथै हड्तालको सदुपयोग मात्रै गर्ने (ठगी, चन्दा उठाउनको निम्ति आदि दुस्प्रयोगमाथि कडा कार्वाही गर्ने, श्रमिकहरुको सुरक्षा, न्यायोचित ज्याला आदि जायज सवालमा एक औजारको रुपमा बन्द हड्ताललाई पुनस्र्थापित गर्नुपर्छ –जनताको नजरमा ।
७. व्यवस्थापनको फेरबदलको मागः कारखानाहरुको व्यवस्थापनमा मजदुरहरुको पर्याप्त प्रतिनिधित्व (उत्पादनको निर्णयहरुमा, नाफाको वितरण र पुनरलगानीको निर्णयहरुमा, उत्पादन प्रणालीमा, वातावरण संरक्षणमा आदिमा) ।
८. क्रमबद्ध रुपमा उद्योगहरुलाई सहकारीको मोडेलतिर लैजाने एजेण्डा बनाउनुपर्छ (यसको लक्ष्य हो श्रमिक व्यवस्थापन)
९. स्थानीय उद्योगहरुलाई जोड दिनु– वातावरण मैत्री, प्राकृतिक विविधता अनुरुप, स्थानीय श्रोत साधन आधारित, स्थानीय जनतालाई जिविका पु¥याउने खालको स्थानीय उद्योगहरुको स्थापना ।
१०. जैविक कृषि उत्पादनमा आधारित स्थानिय उद्योगहरु स्थापना गनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा त्यसको उत्पादनको मूल्य रासायनिक कृषिको उत्पादनबाट बनेको सामाग्रीभन्दा ५ देखी १० गुणा बढि हुनेहुनाले, स्थानीय वातावरण संरक्षित गर्ने हुनाले र रोजगारको हिसाबले कच्चा पदार्थ बेच्नुभन्दा फाईदाजनक भएकोले पनि यो मोडेललाई व्यापक रुपमा स्थापना गर्नुपर्छ ।

माघ ५, २०७४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*