भ्ला.इ. लेनिन लाल मैदानमा स्तेपान राजिनको स्मारकको अनावरणको अवसरमा भाषण गर्दै, सन १९१९ मई १ मास्को
सन १९१८ को बसन्तमा अमेरिकाको कर्नेल रेमण्ड रबिन्स लेनिनसित भेट गर्न आए । कर्नेलले सोचेका थिए मई दिवस समारोहको सम्बन्धमा लेनिनलाई उपयुक्त परामर्श दिनु परेकोछ ।
मेरो विचारमा यो राम्रो हुनेछ, तपाईंहरुले परेडहरु र जुलुशहरुको आयोजना बन्द गर्नुहोला । उनले लेनिनसित भने । यसमा ठूलो खर्च आउँछ, अहिले रुस गरिबी र भोकमारीले छट्पटाई रहेको छ …..।
” निक्कै वर्षसम्म पहिलो मई दिवस हामीले हमेशा भावी क्रान्तिको नाममा जुलुश, प्रदर्शन मनायौं । अब सोभियत जनतन्त्र पहिलो पटक मइ दिवस त्यही क्रान्तिको नाममा मनाउँने छ जुन अब सम्पन्न भैसकेको छ । अहँ त्यसो हुनसक्तैन । हामी मई दिवस मनाउने छौं र जुलुश अवश्य निकाल्ने छौं । हुनसक्छ हामीमध्ये धेरैको नाङ्गो गोडा हुनसक्छ, तर पनि मई दिवसमा मार्चपास अवश्य गर्नेछौं ।” लेनिनले अतिथीलाई दृढताकासाथ उत्तर दिनु भयो । यथार्थमा जुलुसमा मार्च पास गर्नेहरुमध्ये धेरै जसो नाङ्गो गोडामा नै थिए । तर पनि यो पहिलो सोभियत पर्व असाधारणकोे थियो । यो उल्लासले भरिपूर्ण पनि थियो र विषादपूर्ण पनि । यो उनीहरुको पनि उत्सव थियो, जस्ले विजय प्राप्त गरेका थिए, र, यो उनिहरुको पनि उत्सव थियो, जस्ले विजयको दर्शन गर्नकोलागि जीवित रहन पाएका थिएनन् ।
पहिलो मइको सिलसिलामा जनकमिसार परिषदले “जनतन्त्रको स्मारकको बारेमा” को नामबाट एक आज्ञाप्ति जारी गर्यो जसको उदेश्य ती शालिकहरु र स्मारकहरुलाई हटाउनु थियो, जुन जारहरु र उनीहरुका चाकरहरुको सम्मानमा स्थापित गरिएको थियो । त्यो न कुनै ऐतिहासिक महत्वको थियो न त कुनै कलात्मक मूल्यको नै । यो आज्ञाप्तिमा रुसी समाजवादी क्रान्तिको स्मारकहरुको योजनाहरु बनाउने कुरामा पनि जोड दिइएको थियो । आज्ञाप्तिको आधारमा लेनिनका ती विचारहरु थिए, स्मारकहरु मार्फत प्रचारसंग सम्बन्धित उहाँले चार अप्रिल, १९१८ मा लुनाचास्र्कीसित कुराकानीको समयमा व्यक्त गर्नु भएको थियो ।
लुनाचास्र्कीको अनुसार लेनिनने यसो भन्नुभएको थियोः “धेरै समयदेखी मेरो मगजमा एउटा विचार घुमिरहेको छ । यो समयमा म त्यसलाई तपाईहरुको सामु प्रकट गरिरहेको छु । तपाईहरुलाई संझना होला नि कम्पानेल्ला आफ्ना् “सौर नगरी” मा भन्छन् नि, उनको कल्पनाको समाजवादी नगरमा पर्खालहरुमा यस्ता भित्ते चित्र (मुरल) बनोस, जुन युवाहरुको लागि प्रकृति विज्ञान तथा इतिहासको दृश्य पाठकहरुकालागि उपयोगी सिद्ध हुनसकोस । र, नागरिकको भावनालाई जगाइदियोस, आर्को शब्दमा जुन नौजवान पींढीको शिक्षा एवम् अनुपालनमा भाग लिन्छन् । मलाई लाग्दछ यो केटाकेटीपन कल्पना होइन र केही परिवर्तन गरेर हामी पनि त्यसलाई लागू गर्न सक्तछौं र यथाशिघ्र साकार पार्नसक्छौं ।”
“म जे बारेमा सोचिरहेको छु यसलाई म स्मारकहरुमार्फत प्रचारको नाम दिन चहान्छु । समाजवादको ती पूर्वगामीहरु अथवा सिद्धान्तकारहरु तथा संघर्षकर्ताहरुको र यसै प्रकारले दार्शनिक चिंतन, विज्ञान तथा कला आदिको ती दिग्गजहरुको पनि सूची बनाउनु आवश्यक छ । जसको समाजवादसित सिधा सम्बन्ध चाहे नहुन पनि सक्छ तर उनीहरु संस्कृतिको वास्तविक नायक थिए …।”
A. भ्ला.इ. लेनिन शान्ति एवम् जनमैत्री उदेश्यकासाथ वीरगति प्राप्त योद्धाहरुको स्मृतिमा स्थापना गरिएको बोर्डको अनावरण गर्नु अघि लाल मैदानमा क्रेमलिनको पर्खालको नजिकै सन १९१८ नोभेम्बर ७ मास्को । B. भ्ला. इ. लेनिन स्वेर्दलोभ स्क्वाएरमा कार्ल माक्र्सको स्मारकको शिलान्यास गर्दै, सन १९२० मई १ मास्को
लेनिनको अनुसार त्यो समयको प्रतिक्षा नगरी जब हरेकको पेट भरिएको हुनुपर्छ र हरेकले खुशी हुनुपर्छ सबै महान क्रान्तिकारीहरुलाई यथाशीघ्र र आजै जब विजयको पहिलो खुड्किलोमा कदम राख्तै गर्दा , श्रद्धान्जलि दिनु अत्यन्त महत्वपूर्ण र आवश्यक छ ।
आज्ञाप्तिलाई लागू गर्नकोलागि एक विशेष आयोग गठन गरिएको थियो । सेप्टेम्बर, १९१८ मा लुनाचास्र्कीले जन कमिसार परिषदको बैठकमा त्यो कामको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ठीक त्यसै दिन, मानवजातिमा आफ्नो स्पष्ट एवम् दुई साना फैसलाले तत्कालबाटै निक्कै समयसम्म चकित पार्ने छन्, मास्को क्रेमलिनको नजिकै अलेक्सान्द्रोव्स्की उद्यानमा पहिला रोमोनोभ वंशको जारहरुको नामहरुसंग सम्बन्धित स्तम्भ सजाइएको थियो, अब त्यहाँ यस्ता क्रान्तिकारी विचारकहरुको स्तम्भहरु प्रकट हुनथाले जस्तै कि माक्र्स, एंगेल्स, लिबनेख्त, झोरेस, चेर्निशेव्स्की, बाकुनिन, प्लेखानोभ, लासाल, प्रुदों र मेल्ये ।
क्रान्तिकारीहरुको कैयौं प्रतिमाहरु पनि स्थापित गरिएको थियो र अझ त्यसको उद्घाटन समारोह पहिले सोभियत उत्सव बनोस, जस्मा हजारौं मानिसले भाग लिनेछन् । लेनिन त्यसमा प्रायः अतिथी तथा वक्ता हुनुहुन्थ्यो ।
” लेनिनले जब भाषण गर्नुहुन्थ्यो, त्यो बेला उहाँको मुद्राहरु र शब्दहरुको वीच पूर्ण सामन्जस्य रहन्थ्यो । भाषणको विषयवस्तु अंग एबम् शरीरको गतिशीलताले पनि संपे्रषित गर्दथ्यो । गतिशीलताले शब्दहरुसित यत्ति सही सही मेल खान्थ्यो कि अझ भाषणको ओजपूर्ण अर्थ त्यही तेज गतिले संप्रेषित हुन्थ्यो, लाग्थ्यो गलिरहेको धातुलाई ए आवस्यकता अनुसारको आकारमा परिणत गर्नसकियोस ।”
– कोन्स्तान्तीन फेदिन, सोभियत साहित्यकार
भ्ला.इ. लेनिन लाल मैदानमा क्रेमलिनको पर्खाल नजिक शान्ति र जनमैत्रीको उदेश्यकासाथ वीरगति प्राप्त योद्धाहरुको स्मृतिमा स्थापना गरिएको बोर्डको अघिल्तिर, सन १९१८ नोभेम्बर ७ मास्को ।
अक्टोबर क्रान्तिको पहिलो बार्षिकोत्सवकोे अवसरमा क्रेमलिनका भित्तामा एक स्मारक पट्टिकाको उद्घाटन गरियो । यो पट्टिकाको माथि पंखामा विजयकी देवी बनाइएको थियो, जस्को हातहरुमा गहिरो रातो रङको झण्डा र हरियो हाँगो लिइरहेको थियो । यसको पछाडी सूर्य उदय भैरहेको थियो र अरु किरणहरुमा लेखिएको थियो अक्टोबर १९१७ क्रान्ति । शान्ति एवम् जनमैत्री हेतु संघर्षमा वीरगति प्राप्त योद्धाहरुको स्मृतिमा । लेनिनले भित्तेचित्रको अनावरण गर्नु भयो भाषणमा भन्नु भयो ः
” मानवजातिको क्रान्तिकारी नेताहरुले अरुलेभन्दा सबभन्दा ठूला सम्मानको सपना देख्नुभएको थियो । त्यो सम्मान उहाँलाई प्राप्त भएको छ । यो सम्मान यो होकि लडाईंमा शौर्यपूर्वक लड्दा लड्दै वीरगति प्राप्त गर्नुहुने साथीहरुको मृत शरिरमाथिबाट हजारौं लाखौं नयाँ योद्धाहरु हिड्नु भएको छ ।”
स्मारकहरु मार्फत प्रचारसित सम्बन्धित लेनिनको प्रस्तावहरु, जस्लाई सोभियत राज्यले कानुनको रुप दिएको छ, र ती प्रस्तावहरुमाथि कार्यान्वयन गर्ने सम्बन्धमा सबै कामहरुलाई हामी त्यस युगको स्मारकहरुद्धारा प्रचारको योजना भन्दछौं । लेनिनको सुझाव सारमा एक भव्य र विशाल महत्वपूर्ण सुझाव थियो । तर त्यस्को साथै लेनिनको नैतिकताको अवधारणा एवम् क्रान्तिकारीहरुको सबै पींढीहरुप्रति कर्तव्यको उहाँको उत्कट भावनामाथि पनि प्रकाश पार्दछ ।
तस्बिरहरुः
१.भ्ला.इ. लेनिन शान्ति एवम् जनमैत्री उदेश्यकासाथ वीरगति प्राप्त योद्धाहरुको स्मृतिमा स्थापना गरिएको बोर्डको अनावरण गर्नु अघि लाल मैदानमा क्रेमलिनको पर्खालको नजिकै सन १९१८ नोभेम्बर ७ मास्को ।
२. भ्ला. इ. लेनिन स्वेर्दलोभ स्क्वाएरमा कार्ल माक्र्सको स्मारकको शिलान्यास गर्दै, सन १९२० मई १ मास्को
३.लेनिनले जब भाषण गर्नुहुन्थ्यो, त्यो बेला उहाँको मुद्राहरु र शब्दहरुको वीच पूर्ण सामन्जस्य रहन्थ्यो । भाषणको विषयवस्तु अंग एबम् शरीरको गतिशीलताले पनि संपे्रषित गर्दथ्यो । गतिशीलताले शब्दहरुसित यत्ति सही सही मेल खान्थ्यो कि अझ भाषणको ओजपूर्ण अर्थ त्यही तेज गतिले संप्रेषित हुन्थ्यो, लाग्थ्यो गलिरहेको धातुलाई ए आवस्यकता अनुसारको आकारमा परिणत गर्नसकियोस ।
कोन्स्तान्तीन फेदिन, सोभियत साहित्यकार
४. भ्ला.इ. लेनिन लाल मैदानमा स्तेपान राजिनको स्मारकको अनावरणको अवसरमा भाषण गर्दै, सन १९१९ मई १ मास्को
५. भ्ला.इ. लेनिन लाल मैदानमा क्रेमलिनको पर्खाल नजिक शान्ति र जनमैत्रीको उदेश्यकासाथ वीरगति प्राप्त योद्धाहरुको स्मृतिमा स्थापना गरिएको बोर्डको अघिल्तिर, सन १९१८ नोभेम्बर ७ मास्को ।
………………………………………………………………………………….
शीर्षकः उत्तराधिकारी
अनुवादः जय कार्की
माघ १० गते २०८० साल
लेनिन शब्दचित्र
प्रगति प्रकाशन मास्को १९८७
हिन्दी अनुवादः बुद्धिप्रसाद उपाध्याय
रुसी अंग्रेजी अनुवाद येगोर याकोभ्लेभ
Be the first to comment