शुप्रशिद्ध अश्वेत खेलाडी, गायक, नायक र नागरिक अधिकार अभियानका बहुप्रतिभाशाली अगुवा पाउल रब्सन
पाउल रब्सन एक जना शुप्रशिद्ध अश्वेत खेलाडी, गायक, नायक र नागरिक अधिकार अभियानका बहुप्रतिभाशाली अगुवाको नाम हो । उनी अमेरिकामा जातिय आधारमा गरिने दमन र विभेदलाई वैधानिकता प्रदान गरेको समयमा प्रतिरोधका क्रममा आन्दोलनले जन्माएको अगुवा थिए र अमेरिकाको दक्षिणी प्रदेशमा सो समय जातिवादीहरुको दंगावाजहरुले आक्रमण गरिरहेका थिए । उनी सन १८९८ अप्रिल महिनामा न्यु जर्सीमा जन्मेका थिए । उनी पाँच सन्तानमध्ये कान्छा थिए । उनका पिता भगौडा दास भएपनि यिनले लिंकन युनिभरसिटीवाट डिप्लोमाको लागि छात्रवृत्ति प्राप्त गरेका थिए । उनको आमा एबोलुनिष्ट क्वाकर परिवारकी थिइन ।
रब्सनको परिवार माथि उठ्नको लागि कठोर र निश्चित उदेश्य वोकेको हुनुपर्छ भन्ने कुरामा विश्वस्त थिए । उनको आप्mनै जीवन पनि निकै चुनौतिले भरिपूर्ण थियो । रब्सन १९१५ मा रुट्जर युनिभरसिटीमा अध्ययनको लागि चार वर्षे छात्रबृत्ति प्राप्त गर्न सफल भएका थिए । जातिवादी हुल्लड साथीहरुको समूहमा पनि उनी १५ वटा प्रशंसापत्र बेसबल, बास्केटबल र दौड लगायतमा प्राप्त गर्न सफल भएका थिए । र, दुई पटकसम्म अल अमेरिका फुटबल टिममा छानिन सफल भएका थिए । उनले फि बेटा कप्पा लगायतको सम्मान पाएका थिए । सन १९९५ मरणोपरान्त रब्सनको नाममा कलेज अफ फुटबल हल अफ फेमले सम्मान गरिएको थियो ।
रब्सन सन १९१९—१९२३ मा कोलम्बिया ल स्कूलमा अध्ययनरत रहंदा एस्लान्दा कोर्डोजा गुड नामकी महिलासित विवाह वन्धनमा वांधिएका थिए । ति महिलाले अश्वेत महिलाको तर्फवाट प्याथोलोजी प्रयोगशालामा काम गर्ने प्रथम महिलाको शौभाग्य पाएकी थिइन । उनले पनि अध्ययन पूरा गरेपछि एउटा ल फर्ममा जागिर पाएका थिए । तर सेक्रेटरीले अश्वेतवाट डिक्टेशन टिप्न अस्वीकार गरेकोले काम छोड्न वाध्ये भएका थिए ।
कानुनको विषयलाई छाडेर उनी आफ्नो कलात्मक शीपलाई देखाउन अफ्रिकी र अफ्रिकी अमेरिकी इतिहास र संस्कृतिमा आधारित रंगमन्च र संगीतलाई अघि वढाउन लागे ।
लण्डनमा शेक्सपियरको नाकट ओथेलोमा प्रमुख भूमिकामा जमेपछि अन्तर्राष्ट्रिय ख्याति कमाएका रब्सनले डोनाल्डसन अवार्ड अफ बेष्ट एक्टिङ परफरमेन्स १९४४ र युगेन ओ निलको एम्परर जोन्स र अल गड्स चिलुन गट विङ्गस खेलेका थिए ।
यी नामुद कलाकारले बडि एण्ड सौल १९२४, जेरिको १९३७ र प्राउड भ्याली १९३९ सहित ११ वटा फिल्म खेलेका थिए । रब्सनलाई के प्रष्ट भयो भने अमेरिकामा जस्तो युरोपमा जातिवादले ग्रस्त पारेको रहेनछ । अमेरिकामा उनको सेवामा हाजिर हुने रेष्टुराँ भेटाउन सकिदैन थियो । रंगमन्चकै कुरा गर्ने हो भने पनि अश्वेतहरुको लागि बाल्कोनीमा भन्दा वाहेकमा बस्ने अनुमति थिएन । रब्सनले आफ्नो कला प्रदर्शनको लागि विभिन्न अड्चनहरुसित सामना गर्नु परिरह्यो । तर लण्डनमा एम्परर जोन्स रात्री समयमा प्रदर्शन गर्दा पनि दर्शकहरुबाट उत्कृष्ट सम्मान पाएका थिए । रब्सन आप्mनो गहिरो श्वरमार्फत अश्वेतहरुको आत्मालाई प्रोत्साहित गर्न र विभिन्न देशको संस्कृतिसित परिचय गराउन गराउन सफल रहे ।
उनको समयमा चलिरहेको मजदुर तथा सामाजिक आन्दोलनलाई गति प्रदान गर्न सफल थिए उनी । उनले शान्ति र न्यायको लागि अमेरिका, युरोप, सोभियत युनियन र अफ्रिकामा २५ वटा भाषामा गीत गाएका थिए । रब्सन वास्तवमा विस्तारै कुनै एउटा देशको नागरिकको सट्टामा विश्व नागरिक वनिररहेका थिए । उनलाई मास्कोका रुसी जनताले आफ्नो देशको नागरिकलाई जत्तिक्कै माया गरे त्यसतै माया नाइरोबी र हार्लेममा पनि गरेका थिए ।
उनको अफ्रिकी नेता जोभो केन्याता, भारतका नेता जवाहारलाल नेहरु, इतिहासविद डा. डब्लु .ई. बि. बोइस, अराजकतावादी नेतृ एम्मा गोल्डम्यान तथा लेखकहरु जेम्स जोयस र अर्नेष्ट हेमिङवेसितको मित्रता निकै गाढा थियो । सन १९३३ मा स्पेनको गृह युद्धको विषयमा सन १९३६ मा फासीवाद विरुद्ध लडिरहेको दस्तालाई सम्वोधन गर्दै उनले भनेका थिए “कलाकारहरुले स्वतन्त्रता वा दासता विरुद्ध के मा लड्ने हो चुन्नु पर्छ । मैले त चुनिसकेको छु र मेरो अरु विकल्प पनि छैन ।”
सन १९३९ मा न्यु योर्कमा अर्ल रबिन्सनको बल्लाड फर अमेरिकन, यो धार्मिक प्रार्थनामा बहुजातिय , बहुसम्प्रदाय भएको अमेरिकाको विषयमा आधारित थियो । यसलाई अर्सनबोल्सको सुप्रशिद्ध वार अफ दि वल्र्डलाई जसरी नै स्वागत गर्दै दर्शकहरुले मन पराएका थिए । पुन ः सन १९४० देखि रब्सन संगीत तथा कलामा र जातिवादी विरुद्धको अभियानमा मैदानमा कुदेका थिए । उनको मुख्य नारा नै थियो श्रमिक र शान्तिको समर्थनमा । उनी श्रमिक जनताका नेता थिए र मजदुरहरुलाई संगठित गर्ने अभियानमा जुटेका थिए । उनले गोष्ठीमा प्रशिक्षण, गीत र भाषण गर्ने लगायतका कामहरु तथा मजदुरहरको हडतालहरु, सम्मेलनहरुमा विश्व भरिका श्रमिकहरुका समारोहमा सहभागी भै हौसला वढाउँथे ।
अन्तर्राष्ट्रिय भाइचाराको प्रवल विश्वासपाात्र भएको नाताले अमे।िरका र सोभियत युनियनवीचको शीत युद्धको अन्त्यको लागि आपसी मित्रता कायम गराउन निरन्तर प्रयत्न गरिराखेका थिए । भने सन १९४५ मा अश्वेतहरुलाई दमन गर्ने प्राधिकारको विरुद्धमा (एन्टी लिन्चिङ ल) बलतष्( थिलअजष्लन बिध वनाईयोस भनि राष्ट्रपति ट्रु म्यानलाई दवाव दिएका थिए । त्यतिमात्र होइन अश्वेतहरुलाई कानूनी अधिकारवाट वंचित गरिन्छ भने किन सरकारी सेनाको पक्षमा युद्धमा लड्न जाने भनि प्रश्न उठाएका थिए ।
यो विषयलाई उठान गरेकोले उनलाई हाउस अफ अन—अमेरिकन एक्टिभिटिज कमिटीले कम्युनिष्ट भएको आरोप लगाई उनी र उनीसितै एकाकार भएर अन्तर्राष्ट्रिय भाईचारा र समानताका लागि संघर्ष गरिरहेका अरुलाई पनि प्रजातन्त्रिक अधिकारवाट वंचित गरिएको थियो । यो आरोपका कारणले झण्डै झण्डै उनको शिखरमा पुगेको जीवनमा रोक लागेको थियो । उनले असी वटा कन्सर्टहरु रद्द गर्नु परेको थियो भने सन १९४९ मा न्यु योर्कको पिकसिलमा भएको अन्तर जातिय आउट डोर कन्सर्टमाथि प्रहरीको संलग्नतामा जातिवादी पक्षधरको भिडले आक्रमण गरेको थियो । तर उनले गुण्डागर्दी भिडतन्त्रको कुनै त्राश नमानी जेसुकै किन नहोस म जनताको लागि गीत गाउंछु चाहे पिकशिलमा होस चाहे अन्यत्र कतै आगजनी नै किन नगरुन म कायर हुने छैन भन्ने उद्घोषका साथ गीत गाएका थिए ।
सन १९५० मा आएर बल्ल उनको पासपोर्ट पुनः जारी गरिएको थियो । आठ वर्षपछि यो संघर्षको जितसंगै उनी पुनः संगीत यात्रामा वाहिरी दुनियाँमा निस्केका थिए । यहि समयमा उनले चीनिया भाषा सिकेका थिए भने महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसित विश्व शान्तिको संभावनाका विषयमा छलफल चलाएका थिए । पाउल रब्सन सन १९६३ बाट सार्वजनिक जीवनवाट निवृत्त भएका थिए भने जनवरी २१, १९७६ मा ७७ वर्षको उमेरमा दिवंगत भएका थिए ।
मजदुरको पक्षमा गीत गाउन र काम गर्न र हौसला प्रदान गर्न खप्पिस रब्सनले सन १९५७ मा न्यु योर्कवाट वेल्सका कोइला खानी मजदुरहरुको लागि रेडिओ कार्यक्रम समेत प्रशारण गरेका थिए । रब्सनले सन १९६० मा न्युजिल्याण्ड र अष्ट्रेलियाको अन्तिम सांगीतक यात्रा गरेका थिए ।
सन १९५० मा रब्सनले विश्वको प्रथम मनोरंजन प्रदान गर्ने व्यक्तिकोरुपमा सम्मान पाएका थिए । उनलाई म्यान अफ दि यर द्धारा सम्मान गरिएको थियो । यी नायकले सवै श्वेत कलाकारहरुभन्दा वढि आय आर्जन गरेका थिए ।
उनको कन्सर्टहरु भियाना, प्राग, बुडापेष्ट, बर्लिन, पेरिस, आम्सटरडम, लण्डन, मास्को, न्युयोर्क र नैरोबीसम्मको सांगीतिक यात्रामा तन्किएको थियो ।
उनी कलाकारहरु स्वतन्त्रता, समानता र उपनिवेशवादका विरुद्धमा जातिय अहंकारवाद, रंगभेदका विरुद्धमा आप्mनो कौशलता प्रस्तुत गर्नुपर्छ भन्ने पक्षधर थिए ।
स्पेनको गृह युद्ध भड्काउने फासिस्ट फ्रांको विरुद्धको आन्दोलनको पक्षमा उनी उभिएका थिए । अफ्रिकामा भैरहेको रंगभेद विरोधी आन्दोलन र जातिय स्वतन्त्रता संग्रामको पक्षमा र लण्डनमा श्रमिकहरुको अधिकारको लागि लडे भने सोभियत संघको पक्षमा फासिस्टहरुको विरुद्धको आन्दोलनमा साथ दिएका थिए ।
उनी जव सोभियत संघमा आईपुगे त्यहाँ उनले अचम्मको अनुभव गरे सवै जनतालाई समान व्यवहार, गरेको देखे । कुनै पनि मन पराएको रेष्टुराँमा गएर खान सकिने र होटलको मूल गेटवाट प्रवेश गर्न पाईने तर आफ्नै देशमा भने भेदभाव जातिभेद समश्याले ग्रसित हुनु परेकोमा आश्चर्यचकित एवं दुखित भएका थिए ।
पाउल रब्सन जस्ता बहुयामिक ब्यक्तित्व रंगभेद र जातिभेदको शिकार भए । यो भयानक जातिय र रंगभेदको अन्त्य अझै हुन सकेको छैन । अतः उनीबाट मूलभुतरुपमा सिक्ने भनेकै अन्याय, अत्याचार, शोषण, रंगभेद र जातिभेदका विरुद्धको संघर्षलाई जारी राख्नु हो । श्रमिकवर्गलाई जागृत गराई रहनु हो ।
- Two photos from Communist party USA
जय कार्की
भदौ २८,२०७२
Be the first to comment