जय कार्की, अन्टुफ प्रकाशन विभाग, Dec 2016 Bangaldaesh
ढाका विश्व विद्यालयकी प्रोफेसर तथा दि सिभिल सोसाईटी डे को आयोजकमध्येकी एक श्रीमती सिद्धिकीद्धारा रचित कथामा आधारित गीति कार्यक्रम समापन समारोहका दिन बंगला एकेडमी, अब्दुल करिम अडिटोरियम हलमा प्रस्तुत गरिएको थियो । यो कार्यक्रम विश्वका झण्डै तीन दर्जन देशका हजार्रौ सहभागीहरुले हेरेका थिए ।
देशभित्र रोजगारीको अवसर नपाएपछि दलाललाई महंगो रकम चुक्ता गरी विदेशिन बाध्ये भएका अप्रवासी श्रमिकको साँगोपाँगो कथा बस्तु प्रस्तुत गरिएको थियो ।
श्रमिकबर्गले आफ्नो देशभित्र काम नपाउँदाको पींडा एउटा मात्र पींडा थियो भने विदेशिन बाध्ये भएपछिको घरपरिवार, बालवच्चा र श्रीमतीको चिन्ता थपिन पुगेको थियो । असिमित कार्य घण्टा सहितको खतरणाक काम त आफ्नो ठाउँमा छँदै थियो त्यसमा पनि नाईके र ठेकेदारको दमन र शोषण कम भयानक थिएन ।
घरबाट पटक पटक आईरहने खबर र अस्ताचल हुन लागेको क्षितितको घाम जस्ता आमाबुबा र जीवनसंगिनीले गरेको चिन्ता झेलिसक्नुको थिएन । त्यसमा पनि राती आफुसंगै कठोर काम गरेको साथीको भोली पल्ट उठ्ता प्राण उडिसकेको अवस्थाले झनै कहरको जीवन बनिरहेको थियो ।
विदेशमा काम गर्न गएको छोराको खबर नपाउँदाको हृदयविदारक पलहरु ज्यादै असैह्य ढंगले बंगलादेशको समग्र धर्म,पर्व र संस्कृतिको रंगको मिश्रणले भरिपूर्ण शिक्षाप्रद एवं खवरदारीपूर्ण साँस्कृतिक कार्यक्रम अविस्मरणीय एवं आकर्षक थियो ।
त्यसमा पनि लेखिका स्वयंले कार्यक्रम प्रस्तुत गरी बंगलादेशले १२ महिनामा मनाउने ३० वटा महत्वपूर्ण राष्ट्रिय पर्व र संस्कृतिको संक्षिप्त परिचयसहित ती पर्वहरुमा सारीको महत्वका विषयमा प्रकाश पार्दै अप्रवासी श्रमिकहरु श्राप हैनन् विकासको वर्दान हुन, देशको मेरुदण्ड हुन,विदेशलाई सम्पन्न बनाउने कालीगढ हुन अतः उनीहरुको हक अधिकारको रक्षा गर्न विदेश र स्वदेश दुबैले गंभीरतापूर्वक योजना वनाई एक अर्काले समन्वयनात्मक भूमिका खेलि सँधैको लागि शोषण, दमनको अन्त्य गरी यी संसार बनाउनेहरुलाई सम्मानित जीवन विताउन दिनु पर्ने कुरामा प्रकाश पारेकी थिइन ।
साँस्कृतिक कार्यक्रमको केही महत्वपूर्ण तस्वीरहरु:
December 2016- december 11, 2016.
Be the first to comment