प्रेस बिज्ञप्ती: अन्तर्राष्ट्रिय श्रम संघठन को ११२ औं ILCमा जेटियुसीसी को सम्वोधन

मितिः २०८१ जेष्ठ ३०

प्रेस बिज्ञप्ती
अन्तर्राष्ट्रिय श्रम संघठन को ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन मा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र -जेटियुसीसी) को सम्वोधन

अन्तर्राष्ट्रिय श्रम संगठन० को ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन यस वर्ष जुन ३ देखी जुन १४, २०२४ सम्म स्विजरल्याण्डको जेनेभामा सञ्चालन भईरहेको छ । नेपालको तर्फबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बिशेष अतिथिको रुपमा (सामाजिक न्यायका लागि बिश्वब्यापी सहकार्य) को उद्घाटन शत्रमा १३ जुन, २०२४ मा सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बिश्वभरीबाट सरकार, रोजगारदाता र ट्रेड युनियनहरुको सहभागितामा आयोजना हुने सम्मेलनमा नेपालको प्रतिनिधि मण्डलमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यू, नेपाली श्रमिकको प्रतिनिधित्व गर्दै जेटियुसीसी अध्यक्ष योगेन्द्र कुमार कुँवरज्यू, रोजगारदाताको प्रतिनिधित्व गर्दै अध्यक्षज्यूले वक्ताको रुपमा सम्वोधन गर्नुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष श्री योगेन्द्र कुमार कुँवरले, नेपाली श्रमिकहरुको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन को ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन ११ जुन २०२४ मा सम्वोधन गर्नुभयो । सम्वोधनमा उहाँले देशको समृद्धीको लागि अथक योगदान गर्नेे लाखौं नेपाली श्रमिकहरुको तर्फबाट प्रतिनिधित्व गर्नुले श्रमिकहरूको अधिकारलाई प्रोत्साहन गर्न र अझ निष्पक्ष र न्यायसंगत बिश्वको निर्माण गर्न अन्तर्राष्ट्रिय एकवद्धताको महत्वलाई जोड दिईएको बताउनुभयो । सबैका लागि मर्यादित काम र सामाजिक न्याय सुनिश्चित गर्न नेपालमा धेरै चुनौतीहरूको सामना गर्नुपरको बताउदै उहाँले मर्यादित काम र सामाजिक न्याय सुनिश्चित गर्न जेटियुसीसी निरन्तर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सार्वभौम मानव अधिकार, अवसरहरूमा समान पहुँच, निष्पक्ष वितरण र न्यायीक रुपान्तरणका सिद्धान्तहरूमा आधारित न्यायपूर्ण समाज निर्माण गर्न “सामाजिक सम्झौताको नवीकरण”सम्बन्धी महानिर्देशकको विस्तृत प्रतिवेदन समय सान्दर्भिक रहेको उहाँले प्रसंशा गर्नुभयो ।
प्रत्येक श्रमिकलाई न्यायोचित व्यवहार र सुरक्षित काम गर्ने वातावरण प्रदान गर्दै न्यायपूर्ण समाज निर्माण गर्न उल्लिखित अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पूर्ण कार्यान्वयनको लागि अध्यक्षज्यूले आह्वान गर्नुभयो । श्रम कानूनको प्रभावकारी कार्यान्वयन, कार्यस्थलमा भेदभाव रहित वातावरण, श्रमिकहरूका मौलिक हक अधिकारहरूको सुनिश्चितता गर्न हामी संघर्षरत छौं भन्दै उहाँले श्रमिक हक अधिकारको लडाई विश्वव्यापी प्रयास भएकोले यसको लागि सबैको एकवद्धता र सहयोग आवश्यकता रहेको बताउनुभयो ।
सम्वोधनको क्रममा, श्रमिकको मर्यादित काम र सामाजिक सुरक्षाको अधिकार सुनिश्चितता अनिवार्य गर्ने प्रगतिशील संविधान र श्रम कानूनहरु नेपालमा जारी भएता पनि कार्यान्वयनमा धेरै चुनौतीहरू यथावत रहेको बताउनुभयो । नेपालको श्रम बजार ठूलो प्रतिशत असंगठित क्षेत्र सहित असुरक्षित रहेकोले अर्थतन्त्रलाई औपचारिकरण गर्न सामाजिक सुरक्षा कार्यक्रममा सबै श्रमिकको अनिवार्य सहभागिता सबैभन्दा प्रभावकारी रणनीति भएतापनि यस क्षेत्रमा भएको कामको ढिलाईप्रति जेटियुसीसी चिन्तित रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “पुँजी र श्रम एक अर्काको परिपूरक हुन भन्ने हाम्रो बिश्वास छ । यद्यपि, श्रम सरोकारित मुद्दाहरू प्रायः छायाँमा परेका छन् । विश्वमा बढ्दो प्राविधिक विकाससंगै श्रम बजारमा देखिएका चुनौतीहरुको वावजुत अवसरको सदुपयोग गर्न जरुरी छ । सामाजिक न्यायसहितको कल्याणकारी राज्यको हाम्रो लक्ष्यसंगै अहिलेको आर्थिक वृद्धिले सिर्जना गरेको खाडल र वातावरणीय ह्रासप्रति हामी चिन्तित छौं ।”

नेपाल सरकारको ट्रेड युनियन प्रति गरेको नकारात्मक ब्यवहारलाई इङ्गित गर्दै उहाँले भन्नुभयो “नव–उदारवादी र लोकतान्त्रिक विचलनले लोकतन्त्र र ट्रेड युनियनका अधिकार क्षेत्रहरू संकुचित गरिदैछन् । सामाजिक संवादलाई सुदृढ गर्ने आइएलओको सिद्धान्त विपरीत विभिन्न त्रिपक्षीय संयन्त्रमा हाम्रो प्रतिनिधित्वलाई सरकारले कमजोर बनाएको छ । नेपाल सरकारले यस महत्वपूर्ण सम्मेलनमा ट्रेड युनियन र रोजगारदाता सङ्गठनका सल्लाहकारहरूको सहभागिताको अधिकार कटौती गरेकोमा हामी घोर भत्र्सना गर्दछौं, जुन प्रावधानहरू विरुद्ध छ । म आईएलओलाई नेपाली श्रमिकहरूको हक अधिकारको आवाजलाई बुलन्द गर्न सहयोगका लागि अनुरोध गर्दछु ।”
वर्तमान परिवेशमा सामाजिक सौदावाजी सम्झौता ९ऋद्यब्० प्रक्रिया भरपर्दो नहुनु अर्को चिन्ताको बिषय भएको र यसले नेपालमा श्रम आन्दोलनको संस्थागत प्रक्रियालाई बाधा पु¥याएको उहाँले बताउनुभयो ।
आइएओले आह्वान गरेको सामाजिक न्यायका लागि बिश्वब्यापी सहकाय मा नेपाल सामेल भएको भन्दै उहाँले यस सहकार्यको माध्यमबाट संरचनात्मक असमानतालाई र सामाजिक अन्यायका सवालहरूलाई सम्बोधन गर्न सहयोग गर्ने आशा ब्यक्त गर्नुभयो ।
नेपाल भर्खरै न्यायीक रुपान्तरणका लागि रोजगार र सामाजिक सुरक्षामा बिश्वब्यापी गतिशिलता मा सामेल भएको जानकारी गराउदै, यसले मर्यादित रोजगारी र सामाजिक सुरक्षालाई प्रवद्र्धन गर्ने अध्यक्षज्यूले बताउनुभयो । नेपाल अल्पविकसित देशको हैसियतबाट सन् २०२६ मा स्तरोन्नती हुदै गर्दा, संगठन स्वतन्त्रता सम्वन्धि आइएलओ महासन्धि कन्भेन्सन ८७ लगायतका प्रमुख आइएलओ महासन्धिहरूको अनुमोदनका लागि जोड दिने अवसरका रूपमा लिएको उहाँले बताउनु भयो ।
Decent Work and the Care Economy   सम्वन्धि ILO रिपोर्टको प्रशंसा गर्दै, नेपालमा सामुदायिक स्वास्थ्यकर्मीहरू लाई अझै पनि स्वयंसेवकको रूपमा व्यवहार गरिने र सम्मानजनक कामको रुपमा नहेरिने भएको हुँदा उनीहरूको कामलाई नियमित र मान्यता प्रदान गर्न अध्यक्षज्यूले आह्वान गर्नुभयो । साथै मर्यादित कामको लागि देशिय कार्यक्रम (Decent Work Country Programme 2023 -2027) कार्यान्वयन गर्न जेटियुसीसीले सहकार्य गरेकोे घोषणा गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो ।
जेटियुसीसी अध्यक्ष श्री योगेन्द्र कुमार कुँवरले सम्वोधनमा, श्रमिकको हक अधिकार र मर्यादित काम सुनिश्चित गर्ने प्रतिवद्धता सहित न्यायपूर्ण समाज निर्माणका लागि सामाजिक सम्झौता नवीकरणमा सरकार, रोजगारदाता र ट्रेड युनियनहरुलाई ऐकवद्धता र सहकार्यको आह््वान गर्दै, महत्वपूर्ण सम्मेलनमा सम्वोधन गर्ने मौका प्रदान गर्नु भएकोमा आयोजकलाई नेपाली श्रमिकहरुको तर्फबाट आभार ब्यक्त गर्नुभयो ।

  • लालकुमार लामा
    महासचिव

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*