भ्ला. इ. लेनिन कस्तो हुनुहुन्थ्यो?

भ्ला. इ. लेनिन १९२० जुलाई, मास्को: होचो कद भएका, गठिलो सरीर, सुकारातको जस्तो तालु र तेज आँखा….माक्सिम गोर्की, रुसी साहित्यकार

लेनिन हेर्दामा कस्तो हुनुहुन्थ्यो, यो हामी उहाँको जीवनकालमा खिचेका तस्बिरहरुबाट जान्दछौं–उहाँलाई हेर्न पाइने केही फिल्महरु र उहाँको केही फोटोग्राफहरु मृत्युको क्रूर हातहरुबाट नष्ट हुनुभन्दा पहिला तैपनि सुरक्षित गर्न सकियो । फिल्म २० वटा छन्, तर यी सबै यति छोटा आकारका छन् कि झिमिक्क गर्दा नै सकिन्छ । सबै कूल मिलाएर मात्रै ६३७ शट छन् । फोटोग्राफहरुको संख्या पनि ४०० भन्दा अलि बढी होलान् । भ्ला.इ.लेनिनलाई फोटो खिचाउने सोख कदापि थिएन । उहाँको कार्यालयको एकजना कर्मचारी स. ब्रिच्किना, आफ्नो सस्मरणमा बताउनु हुन्छः जुलाई १९२० मा पेत्रोग्रादबाट एक कर्मचारी आएका थिए । उनी लेनिनको फोटो खिच्न चहान्थे “उनले मलाई अनुरोध गरे, लेनिनसित उनलाई भेट गराई दिनु पर्यो ।” जब मैले लेनिनसित यस बारेमा कुरा गरें, तर उहाँले सुन्न पनि इन्कार गर्नु भयो । तर पनि फोटोग्राफरले तरपनि जिद्दी गरिरहे । मलाई उप्रति पूरा सहानुभूति थियो र म राम्ररी जान्दथे,ं लेनिनको हरेक नयाँ फोटोले ठूलो महत्व राख्नेछ । म लेनिनको अनुमति लिनकालागि सही समयको प्रतिक्षामा बसिरहें । २० जुलाई १९२० मा मैले फोटोग्राफरलाई क्रेमलिनमा बोलाएँ र दोश्रो तलाको त्यो कोठमा लगें, जहाँ भएर लेनिन मिटिंग जानुहुन्थ्यो । फोटोग्राफरलाई आफ्नो क्यामेरा लगायतको सामानहरु पूरा तयारीमा राख्न लगाएर म आफै लेनिनलाई मनाउन लागें र उहाँलाई निश्चय गराएँ उहाँको पाँच मिनट भन्दा बढी समय खर्च हुनेछैन । अन्ततः उहाँ राजी भैहाल्नु भयो र एबम् रितले हामीलाई उहाँको एउटा आर्को फोटो प्राप्त भयो । यो त्यही फोटो हो जसलाई तपाई यो किताबको आवरणमा हेरिरहनु भएको छ ।

यो १९०५ को कुरा हो फ्रान्सेली मूर्तिशिल्पी आरोसोंले लेनिनलाई एक पटक भेटेर, उहाँबाट यदि अरु केही नभएता पनि उहाँको आकृतियुक्त पदक बनाउने अनुमति माग्नु भएको थिया्े । यो भेटघाटको समयमा उपस्थित क्रान्तिकारी अनातोली लुनाचास्र्कीसित मूर्तिशिल्पीले लेनिन र सुकारातवीच अद्भूत समानता रहेको उल्लेख गरेका थिए । पछि यो बारेमा विचार गरेर लुनाचास्र्कीले लेख्नुभयोः “लेनिनको तालुको बनावट साँच्चै आश्चर्यजनकको छ । त्यसलाई अलिकति गहिरिएर हेर्ने आवश्यकता छ, र, तपाई यसमा लुकेको शक्तिलाई, यो विशाल टाउकोको असाधारणतालाई जान्न सक्नुहुन्छ र मलाई लाग्छ, त्यो तालुको सहतबाट एक प्रकारको प्रकाश छरिइरहेको पाउनु हुनेछ ।”

के हामी आज त्यसतै केही अनुभव गर्न सक्छौं, जुन कुरा आरोसोंले लेनिनलाई पहिलो पटक अनुभव गर्नु भएको थियो ? शायद सक्नुहुन्न । आजको अधिकाँश मानिस लेनिनको मुहार–अनुहारसित बानी परिसकेका छन् । तर लेनिनको व्यीकत्वलाई देख्ता, उहाँको सारा अनुपमता जान्ने इच्छा यसबाट कुनै कमि आएको छैन ।

लेनिन स्वेर्दलोभ स्क्वाएरमा पोलिश मोर्चामा गैरहेका सैनिकहरुको परेड अवसरमा भाषण गर्दै
१९२०, ५ मई , मास्को

आफनो वैचारिक मान्यताहरुको दृढता, लक्ष्यहरुको उदात्तता, व्यक्तिगत प्रलोभनबाट मुक्ति र चिन्तनको व्यापकताको कारणले लेनिन भविश्यको मानिस हुनुहुन्थ्यो र रहनु हुनेछ । भन्छन् नि मानिसको आँखा उसको आत्माको ऐना हुन्छ । तबैता फोटोग्राफमा मानिसको मुहार–अनुहारको अतिरिक्त उहाँको स्वभावको अनेकौं विशेषताहरुको बारेमा पनि बताउनु पर्दछ । यहि उदेश्यले हामीले चिरपरिचित फोटोहरुलाई गहिरिएर हेर्छौ र त्यसमा एक विचारक, क्रान्तिकारी, राजनेता, कम्युनिष्ट अथवा प्रष्टतः एक मानवको लक्षणहरुलाई पहिचान गर्ने र लेनिनमा यसरी हेर्ने प्रयत्न गरियो । जस्तैकि मुर्धन्य फ्रान्सेली साहित्यकार रोमाँ रोलाले आफ्ना यी शब्दहरुमा उहाँलाई यसरी चित्रित गर्नुभएको थियोः “उहाँको(लेनिन) पवित्र छवि उहाँको जीवनकालमा नै मानिसहरुको हृदयमा अंकित भैसकेको थियो र युगौं–युगसम्म त्यो त्यस्तै बनिरहनेछ ।”
तर लेनिनको समकालीनहरुले धेरै पटक अफसोस् प्रकट गरेका थिए? उहाँको कुनै पनि तस्बिर र कुनै पनि पोट्र्रेटले उहाँको व्यक्तित्वको समग्र र सही आत्मासात गराउँदैनन्, किनकि वहाँ अत्यन्त बहुमुखी र गंभीर हुनुहुन्थ्यो । वास्तवमा कुरा यही हो । उहाँका हरेक फोटोग्राफहरु सो भन्दा पहिलेका र मात्रै अघिल्लो भाग हुन् र उहाँको हरेक फिल्म मात्रै दोश्रो फिल्मका अपूरा भागहरु हुन । यसकारण यो पुस्तकमा प्रस्तुत गरेका तस्बिरहह गहिएर हेरेपछि हामी यही भन्छौं, लेनिनको मुहारचित्रमा उहाँका स्थान व्यहोराहरु उल्लेख गरे जस्तै नै रहेका छन् । तर लेनिनको जीवनमार्गको विवरणले पनि निकै धेरै कुरा भन्न खोजेको छ । इतिहासमा शायद यस्तो अरु कुनै ब्यक्ति छैनन् जसको कर्म, विचार र जीवन उनैद्धारा निर्मित समाजको आदर्शबाट यति अभिन्न रुपमा जोडिएको होवस् । डेनिश साहित्यकार मार्टिन एण्डरसन –नेक्सेले भन्नु भएको छः “लेनिन सर्वहारा विचारधाराको प्रचारक मात्र हुनुहुन्नथ्यो । उहाँ योभन्दा कैयौं गुणा महान हुनुहुन्थ्यो । उहाँ यो विचारधारासित एकाकार हुनुभएको थियो । विश्व इतिहासमा यसता निकै बिरलै उदाहरण भेटिनेछ, जब कुनै सामाजिक वर्ग या वर्गीय आन्दोलनको आन्तरिक सारवस्तु यति सुन्दर तरिकाले एउटा मानवमा साकार भएको होवस्।”

……………………………………….

अनुवादः जय कार्की
माघ १५ गते २०८० साल
लेनिन शब्दचित्र
प्रगति प्रकाशन मास्को १९८७
हिन्दी अनुवादः बुद्धिप्रसाद उपाध्याय
रुसी, अंग्रेजी अनुवाद येगोर याकोभ्लेभ

Lenin’s Portrait: A Few More Touches.

3 Comments

  1. प्रेरणादायी प्रसङ्ग!! धन्यवाद!कार्कीजी !!
    मैले एकपटक धेरै वर्षअगि लेनिनको जीवनीको एक डकुमेन्ट्री फिल्म हेरेको थिएँ,जसमा उहाँको अोजस्वी भाषण सुनिन्थ्यो,उहाँ निकै विनोदप्रिय पनि लाग्नुहुन्थ्यो।सायद भूमिगत कालको डकुमेन्ट्री होला। त्यहाँ एकजना मजदुकहाँ बस्दा उहाँले दूध तताएको हेर्न जिम्मा दिइएको थियो,तर दूध उम्लेर पोखियो , उहाँले त्यसलाई हेरेर असाध्यै मुक्त हाँसो हाँस्नुभयो,जुन अति रमाइलो थियो।

Leave a Reply

Your email address will not be published.


*