मनोविश्लेषक फ्रांज फानोनप्रति दुई शब्द-जय कार्की

…….
प्रशिद्ध मनोविश्लेषक तथा अश्वेत जनताको अधिकार र उपनिवेशवादको समग्र मुलोच्छेदन गर्न कस्सिएका फ्रान्ज फानोनको जन्म जुलाई २०, १९२५ मा मार्टिनिकमा भएको थियो। मनोविश्लेषकको रूपमा प्रशिक्षित, उनले अल्जेरियाको नेशनल लिबरेशन फ्रन्ट (FLN) मा काम गरे। उनका पुस्तकहरू, “ब्ल्याक स्किन, सेतो मास्क” र “द रेच्ड अफ द अर्थ” जातिवाद विरोधी र औपनिवेशिक विरोधी सिद्धान्तका प्रमुख कार्यहरू हुन्।
फानोन उपनिवेशवादको अन्त्य पश्चात पनि त्यसको असरलाई समूल नष्ट नगरेसम्म कुनै पनि पूर्व औपशिबेशिक देश सही मानेमा मुक्त नहुने उहाँको निष्कर्ष थियो । ब्राजिलका विश्व चर्चित शिक्षाविद पाउलो फेरेरेले शिक्षा सम्बन्धी उनको प्रकाशोन्मुख कृतिको कैयौं भागमा फाननको कृति पढेपढि संशोधन गरेर अझ गहन र गहकिलो बनाएका थिए ।
उपनिवेशवादले लादेको धर्म, संस्कृति, खानपान, रहनसहन, दर्शन र शिक्षा प्रणाली समेतले जनताको दिमागलाई उपनिवेशवादकै गुलामी बनाउने भएकोले यसलाई अस्विकार गरी उपनिवेशवादका शासकवर्गले ध्वस्त पारेको आफ्नै देश, महादेश, क्षेत्रको रहनसहन, संरक्षण र सम्बर्धन तथा विकास गर्नुमा उनको विशेष जोड थियो ।फ्रांजप्रति स्रद्धा सुमन व्यक्त गर्दछु !

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*