‘इज्वेस्तिया’ अखवारमा प्रकाशित लेख-
१ जनवरी १९३६
यदि कसैले मलाई सोध्यो भने मेरो जीवनको सवभन्दा सुखमय वर्ष कुन चांही थियो ? म भन्छु सन १९३५ । त्यो सैनिकको खुसीको कुनै ठेगाना हुँदैन जसको संकल्प र निरन्तर उद्योगलाई उसको देशले प्रशंसा गरेको होस् र जसको छात्तिमा, जहाँनेर मुटुको ढुकढुकी हुन्छ त्यहाँनेर लेनिन पदक चम्की रहेको होस् !
१९३५ को वर्ष मेरो लागि एक पूर्णताको वर्ष थियो, जव मैले रचनात्मक कामको आफ्नो अध्ययन र विकासको, प्रगतिको आरंम्भिककाल समाप्त गरेँ ।
आज जब म १९३६ लाई स्वागत गर्दछु त मेरो हृदयमा आशाहरु छन् रचनात्मक आकांक्षाहरु छन् र काम गर्ने असीम इच्छाका तरङ्गहरु आइरहेका छन् । यही इच्छाबाट अनुप्राणित भएर म मास्को आएको छु ताकि म राष्ट्रिय अभिलेख संग्राहलयको निकट रहन सकुँ । मेरो नयाँ बर्न अफ स्टर्म (आंधिमय जन्म) को कारण मैले यसो गर्नु अति आवश्यक थियो
२ जनवरी मास्कोमा काम गरेको मेरो पहिलो दिन हुनेछ । त्यो दिन म गृह युद्ध सम्वन्धी अभिलेखहरुलाई पढ्न शुरु गर्नेछु ।
जव म मास्कोमा पुगें मेरो हृदयमा यो उत्कट इच्छा थियो, म तुरुन्तै काममा लागि हालौं । मेरो आदरणीय डाक्टर मित्रहरुलाई यो कुरामा राजी गराउन निकै कठिन भयो कि मैले केही दिन आराम गरुँ ।
जव म आफ्नो देशका ती महान् बीरहरु, फ्याक्ट्रीहरु तथा निर्माण क्षेत्रहरुमा काम गर्ने ती बहादुर स्ताखानोवाइट कामदारहरुको उत्साहपूर्ण भाषण पढ्दछु, त म उनीहरुको भावनाहरुलाई तनमनबाट अंगीकार गर्ने प्रयत्न गर्दछु । यो भाषण श्रमजनित उल्लास तथा गहिरो सन्तोषले भरिएको हुन्छ । म पनि अक्सर यस्तै नै भावनाहरुको अनुभव गर्दछु जव दिनभरी वेस्सरी काम गरेर राती थाकेर जव प्रसन्नचित हुने वित्तिकै सुत्छु ।
निकोलाई ओश्त्रोभ्स्की
पछिल्लो केही महिनाहरुदेखि म मेरो नयाँ उपन्यासको केही पनि काम गर्न पाइन । परिस्थितिहरुले विवस गरिदिएको थियो कि म कामलाई थाति राखि दिउँ । तर म फेरी मेरो नायकहरु तर्फ फर्किरहेको छु, फेरी १९१९ को हिउँले ढाकेको उक्राइनामा फर्किरहेको छु । मेरो सामुन्ने भट्टिमा कोइला हाल्ने त्यो तरुण स्टाोकर आन्दे्रई प्लाखा घुँमिरिएको सुनौलो कपाल भएको जीवन जस्तो सजीव खडा भएको छ । उसको साहसपूर्ण कैलो आँखा मलाई भत्र्सना गर्दै क्वारक्वर्ती हेरिरहेको थियो । एकनासले हेरिरहेको थियो ।
तिमीले हामीलाई धोका दियौ साथी । के तिमीलाई असंख्य धोडाहरुको टाप सुन्नमा आएको छैन ? के अहिलेसम्म हामीलाई लडाईमा पठाउने समय भएको छैन ?
र उसैसित, कालो कालो आँखा भएको सुन्दर ओलेस्या कोबाल्लो ठिंग उभिरहेकी छ । मलाई ओलेस्या निकै मनपर्छ । मलाई जान्दछु उनी एक दिन निकै असल युवा कम्युनिष्ट बन्ने छिन् । र आफ्नो वृद्ध पिता इन्जिन चालक कोबाल्लोको सहाायिका बन्ने छिन् उनी गुप्तरुपमा काम गर्ने एक बोल्शेभिक हुन् ।
मेरा युवा मित्रहरु, म तिमीहरुलाई वचन दिन्छु । अव तिमीहरुबाट कहिल्यै विछोड हुने छुइन । जुन सुख श्रममा हुन्छ त्यो अरु कुनै चिजमा छैन ।
– April 13, 2016
– जय कार्की
Be the first to comment