लेनिन आफ्नो जन्मदिन मनाउनु हुन्थेन

लेनिनबारे अनुवाद लेनिन शब्दचित्रबाट

(एक)

लेनिनले आफ्नो जन्मदिन मनाउनु हुन्थेन । यसको लागि परिस्थितिहरु र साधन थिएन, यसकारण यसको बानी पनि परेन । एक्लो अपवाद सन १९२० को वर्ष थियो, जब लेनिनले आफ्नो जीवनको ५० वर्ष पूरा (स्वर्णजन्मदिवस) गर्नुभएको थियो । त्यो वर्ष उहाँको जन्मदिनमा इज्वेस्तिया समाचारपत्रले आफ्नो प्रथम पृष्ठमा ठूलाठूला जल्दाबल्दा विषयमा छापेको थियोः पचास वर्ष अघि, सन १८७० मा पेरिस कम्युनभन्दा एक वर्ष पहिले, कम्युनार्डहरुको पवित्र रगतको बदला लिने महान मानिस लेनिनको जन्म भएको थियो । यस्तै यस्तै विषयले अखबारको अङ्क खुबै सजिएको थियो । लेनिनले त्यसलाई शायद विहान आफ्नो कक्षमा पढ्नु भएको हुनुपर्छ ।
जन्मदिवसहरुको मौकाहरुमा प्रायः विगतमा दृष्टिपात गरिएको छ । तर के यसकालागि समय थियो ? जन–कमिसार परिषदको अध्यक्षको कामको दिन शुरु भैसकेको थियो र नरोकिइकन चलिरहेको थियो । जस्तै कि कन्भेयर काम गरिरहेको होस, रिपोर्टहरु, तारहरु, पत्रहरु, मस्यौदाहरु, आदिको लश्कर लागिरहेको थियो र हरेकमाथि ध्यान दिने, फैसला गर्ने, अनुमति या आदेश लेख्ने आवश्यकता थियो ।

परामर्श कक्षमा तुर्किस्तान मोर्चाको प्रतिनिधि प्रतिक्षारत थिए । के यिनीहरु पनि दिवसको सिलसिलामा आएका हुन? अनाजले भरिएको रेलगाडी ल्याए ? ठीक छ, तरपनि आउन दिनुस…यो पनि कुनै खबर होः जुन रेलगाडीलाई राता सेनाका सिपाहीले यति कठिनकासाथ ल्याएका छन्, त्यसमा खाद्य मन्त्रालयको एजेन्टहरुले कब्जा गरेका छन् । त्यसो हुँदैन, आफ्नो इन्तजाम आफैले गर, दोश्रोको सामानमाथि हात नलगाउनु । राता सैनिकहरुले उपहार मलाई दिएका हुन् र म त्यसलाई हाम्रा केन्द्रहरुको भोका सर्वहारा बच्चाहरुलाई बाँड्न चहान्छु, जस्ले खास किसिमका समश्या झेलिरहेका छन् ।
छिट्टै दिन कट्तै गयो । बेलुका ६ बजे लेनिनले श्रम तथा प्रतिरक्षा परिषदको पूर्णाधिवेशनको अध्यक्षता गर्नु भयो । त्यस्को समापन भयो, त्यसको लगतै जन–कमिसार परिषदको बैठक शुरु भयो । यो वीचमा धेरै पटक संझाइएको थियो कि मास्कोको पार्टी समितिद्धारा उहाँको पचासौं जन्मदिवसको अवसरमा आयोजित कम्युनिष्ट समारोहमा उहाँको प्रतिक्षा भैरहेको छ । लेनिनले अस्वीकार गर्नु भएको थियो र भनिएको थियो कि आफ्नो बारेमा कोही भाषण सुन्न चहान्न । तर आयोजक फेरी पनि जिद्दी कसिरहेका थिए । हल खचाखच भरिएको थियो । समारोह शुरु भएको थियो । तर लेनिन अहिलेसम्म पुग्नु भएको थिएन । गोर्की मञ्चमा आउनु भयो र लेनिनको बारेमा बोल्न थाल्नु भएको थियो ः म ठान्दछु कि हामी उहाँको बारेमा जति पनि राम्रो किन नगरौं, उहाँको कामको, उहाँको शक्तिको, उहाँको मर्मदर्शी मेधा हाम्रो लागि होइन, सारा मानवजातिको लागि हो, जुन उहाँको गंभीर महत्व छ, हामी त्यसको वर्णन गर्न सक्तैनौ… लेनिन राजनीतिमा महान हुनुहुन्छ, र साथै उहाँ एक वास्तविक, यस दुनियाको र साधारण मानिस पनि हुनुहुन्छ … कैयौं अरु बक्ता पनि बोलिसकेका थिए तर लेनिन तब पनि आइपुग्नु भएको थिएन ।
उहाँ मध्यान्तर पछि आउनु भयो । समारोहको अन्तमा आफ्नो प्रिय संगितज्ञहरुको कार्यक्रम सुन्नकोलागि उहाँलाई अन्तत राजी गराई छाडियो । जब उहाँले हलमा प्रवेश गर्नु भयो, तालिको गडगडाहट बज्न थाल्यो, र लेनिनलाई नचाँहादा नचाहाँदै पनि केही शब्द भन्नै पर्ने भयो ।
स्वाभाविक नै हो सबभन्दा पहिले म तपाईहरुलाई दुई चीजको लागि धन्यवाद दिन चहान्छु । पहिलो त आज मलाई पठाउनु भएको बधाई संदेशहरुको लागि र दोश्रो जुन पहिलाभन्दा पनि निकै महत्वपूर्ण छ, यसको लागि पनि मलाई मेरो प्रशंसा ..गर्नु भएको भाषणहरुलाई सुन्नबाट छुटकारा दिनु भएकोमा । म ठान्दछु कि शायद यसप्रकार हामी निश्चिय नै तुरुन्तै नभएपनि बिस्तारै बिस्तारै ः दिवसहरु जयन्तिहरु मनाउने आजसम्मको तरिकाभन्दा फरक खोजी गर्नेछौं । अब म केही शब्द बोल्शेभिक पार्टीको आजको स्थितिको बारेमा भन्नेछु ।

आर्को विषयमा प्रवेश गर्नको लागि उहाँले कुनै भूमिका बाँध्न उचित सम्झनु भएन मात्र “अब” शब्दले काम चलाउनु भयो 

त्यो बेलुका लेनिनले भन्नु भयो कि रुसी क्रान्तिले ठूला ठूला आशाहरु जगाएको थियो । क्रान्ति अब भैसक्यो, विजय प्राप्त भैसक्यो, तर हामीले भुल्नु हुँदैन कि जुन परिस्थितिहरुमा त्यो भयो, त्यसको कारणले बोल्शेभिक ती कार्यभारहरुलाई पूरा गर्ने काम बकाइदाको तरिकाले शुरु गर्न सकेको छैन, जसको खातिर समाजवादी सत्ता परिवर्तन गरेको थियो । उहाँले भन्नु भयो कि यी सबलाई बुझ्न सकिएन भने बडो खतरनाक स्थितिमा पर्न सकिन्छ र यो ती मानिसको स्थिति हो, जस्लाईे त्यो खतरालाई …. सबै बोल्शेभिकहरुद्धारा अलग अलग रुपमा पनि र एक राजनीतिक पार्टीको रुपमा पनि पुरा तरिकाले ध्यानमा राख्नु आवश्यक छ । ..लेनिन आफ्नो बारेमा जो भनिरहेको थियो, त्यो भाषणको असली विषय थियो । जस्तै कि यो प्रस्तावना नै थियो । यो विषय परिवर्तन गर्न ती मानिसको लागि सर्वथा स्वाभाविक थियो, जस्मा राजनीतिक विनम्रता र राजनीतिक संयम, यी दुबै नै गुण समान मात्रामा पाईन्थ्यो ।


लेनिनको मन्तव्यपछि कंसर्ट भयो । लेनिन संगीतज्ञहरुको निकट र हलको तर्फ आधी पिठ्युँ फर्काएर बस्नुभएको थियो । स. विनोग्राद्स्काया, जस्ले लेनिनलाई ती क्षणहरुमा देख्नु भएको थियो, लेख्नुहुन्छः लेनिनको आँखामा यस्तो विचारमग्नता र एकाग्रता थियो कि जस्तोकि उहाँ कुनै महत्वपूर्ण विषमा सोचिरहनु भएको होवस् । पछि उहाँले सरे जस्तो गर्नु भयो । लाग्यो कि लेनिन केही ध्यानमग्न भएर सुनिरहनु भएको छ, भायोलिनहरु र पियानोको वातचितको कुनै समझमा नआउने या नसुनाई दिने अंशहरुलाई संझिने वा सुन्ने प्रयत्न गरिरहनु भएको थियो । अन्तमा उहाँले हातहरुलाई एक आर्कोबाट छुटाउनु भयो र खुकुलो पारेर छोड्नु भयो । उहाँको अनुहारमा शान्ति छायो, कठोरताको भाव सकियो र कोमलताको झलक आयो … यो दिन यसरी समाप्त भयो ।

– प्रस्तुति तथा अनुवाद जय कार्की
माघ २ गते २०८० साल

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*