वर्ग विभेद र मजदुर आन्दोलनकी नेतृ लुसी पार्सन्स : जय कार्की

लुसी पार्सन्स (सन 1851 – 1942)  ति महिला हुन जो आफ्नो पति अल्वर्ट पार्सन जस्ता महान मजदुर नेतालाई अन्यायपूर्वक फांसीमा झुण्डयाउनु अघि एक झलक उनलाई हेर्न पाउंभनि सरकारसित अनुनय विनय गर्दा उल्टो नांगेझार पारेर आफ्ना साना साना दुई नानीहरुसहित प्रहरी खोरमा थुनिनु परेको थियो ।
उनि जेलभित्रै जाडोमा कक्रिएर आफ्ना शिशुसित अलाप विलाप गर्दै नांगै वस्न वाध्ये भएकी थिइन । मई दिवस आन्दोलनका ती महान नेतालाई फांसीको संजाय दिइसकेपछि मात्र उनलाई जेल मुक्त गरिएको थियो ।
लुसी दुई टुहुरा शिशुकासाथ रिहा हुने वित्तिक्कै फांसीको संजाय विरुद्ध रुने र शोक मनाउनेतिर लागिनन् । यो शोक मनाउने बेला हैन यो त बदला लिने वेला हो भन्दै संघर्षको मैदानमा उत्रेकी थिइन । अपराधीहरुलाई कसरी संजाय दिन सकिएला भनि तुरुन्तै अभियानमा जुटिन । एक त उनि क्रान्तिकारी मजदुर आन्दोलनको नेता पार्सनको पत्नी थिइन । त्यसमा पनि कालो जाति (हब्सी), महिला र ट्रेड यूनियन आन्दोलनको कार्यकर्ता पनि ।
सो कारणले गर्दा उनको जीवन सुरक्षित थिएन । संधै मारिने र वेपत्ता हुने प्रवल खतरा थियो । मई आन्दोलनका चार जना मजदुरहरुलाई सन १९८७ नोभेम्वर ११ का दिन फांसी दिइएको थियो । श्रीमानको हत्यापछि लुसी पूर्णत: असहाय बनेकी थिइन । यद्यपि हेमार्केटका शहीद परिवारलाई आर्थिक सहयोग गर्न पायोनियर सहयोग तथा समर्थक संघको निर्माण भएको थियो ।
त्यो संघले प्रति हप्ता आठ डलर शहीद परिवारलाई सहयोग गर्दथ्यो तर त्यो भरपर्दो र पर्याप्त थिएन ।
लुसी पार्सन्सको जन्म सन सन 1851 मा टेक्सास राज्यमा गृहयुद्धको समयमा भएको थियो । उनको परिवार दास थिए । उनि मेक्सिको वंशभित्रको अफ्रिकन—अमेरिकन थिइन । उनले समाजको कालो जातिलाई हेर्ने कुदृष्टिका कारण उनको जातीय उत्पति लुकाउनु परेको थियो अतः लुसी विभिन्न छोपुवा नामले चिनिन्थिन् र आफु अफ्रिकन अमेरिकन मूलको भएको कुरालाई इन्कार गर्दै आफु कालो छाला भएको मेक्सिको वंशको भएको कुरालाई दावि गर्थिन् र लुसी गोन्जालेस नामले चर्चित थिइन ।
अल्बर्ट पार्सन र लुसीको पहिलो भेट सन १८७० मा पूर्व दास ओलिभर गाथिङ्गसकोमा भएको थियो । उनिहरुले विवाह गरेको भएतापनि कालो र सेतोवीचको विवाह र संगै वस्ने कुरामाथि कानूनले वन्धित गरेको थियो । जिम क्रो पृथक्कीकरण कानुनको दमनमा परि सन १९७२ मा लुसी र पार्सन टेक्सास परित्याग गर्न वाध्ये भए । अल्बर्ट काला जातिहरुलाई मतदानमा दर्ता गराउन लगनशील रहेकाले विरोधीहरुले उनको गोडामा गोली हानी सो गतिविधि नरोके हत्यासमेत गर्ने धम्की दिएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*