सोभियत संघका समाजवादी नेता जोसेफ स्टालिनको जन्म आजकै दिन अर्थात डिसेम्बर १८, १८७९ (December 18, 1879) जर्जियाको गोरी शहरमा भएको थियो । उहाँ लेनिनको सच्चा अनुयायी, एक होनहार क्रान्तिकारी बोल्सेभिक हुनुहुन्थ्यो । उहाँले फासिष्टवादलाई दोश्रो विश्व युद्धमा समूल नष्ट गर्नुभएको थियो ।
लेनिनको मृत्युपश्चात सोभियत संघको नेतृत्वको कमान संहालेर संसारको एक तिहाई भागमा समाजवादको झण्डा गाड्न सफल हुनुभएको थियो । देशको आर्थिक बृद्धि दरलाई कायापलट गर्नुभई समाजवादी राज्यसत्तालाई मजबुत पार्नुभएको थियो । उहाँका विश्वव्यापी योगदानहरू जीवित रहेका छन् र झन्झन् फैलिदै गएका छन् । यद्यपि साम्राज्यवादी तत्वले श्रमजीविवर्गका अन्तर्राष्ट्रवादका प्रणेता स्टालिन बिरुद्ध भ्रामक र आधारहीन दुस्प्रचार गर्न कम गरेको छैन । बरु अनेकौं ढंगले बढाएर लगेको छ घृणा फैलाउँन जे जे गर्न सबै थोक जारी नै राखेको छ । जोसेफ स्टालिनको विरासत अमर रहोस।
मालेमावाद जिन्दावाद!
स्टालिनले लेनिनलाई पहाडी चिलको उपमा दिनु भएको थियो। उहाँ भन्नु हुन्छ:
” सन १८९० को दशकको अन्तदेखी र खासगरीे सन १९०१ पछि , इस्क्राको प्रकाशनपछि लेनिनको क्रान्तिकारी कार्यबारे मैले ज्ञान पाएँ । त्यसले लेनिन असाधारण चरित्रबल भएको ब्यक्ति हुनुहुन्छ भन्ने मलाई पक्का विश्वास दिलायो । मैले उहाँलाई पार्टीको एकजना नेता मात्र ठानिन, बरु त्यसका सच्चा संस्थापक ठाने, किनभने उहाँ मात्र हाम्रो पार्टीको भित्री सार र जरुरी खाँचोहरुलाई बुझ्नु हुन्थ्यो ।
उहाँलाई हाम्रो पार्टीका अन्य नेताहरुसित दाँजेर हेर्दा मलाई जैले पनि कस्तो लाग्थ्यो भने उहाँ प्लेखानोभ, मार्तोभ, अक्सेलरोद र अन्य आफ्ना साथीहरुभन्दा माथि हुनुहुन्थ्यो ।
र, उनीहरुको दाँजोमा लेनिन नेता मात्र नभइ सबभन्दा माथिल्लो कोटीका नेता, पहाडी चिल हुनुहुन्थ्यो । उहाँलाई संघर्षमा डर भन्ने कुरो थाहा थिएन र उहाँले पार्टीलाई रसियाली क्रान्तिकारी आन्दोलनको अज्ञात बाटो तर्फ हिम्मतसाथ बढाउनु भयो ।”
सन १९२४ को २६ जनवरीमा सोभियतहरुको दोश्रो अखिल संघीय महाधिवेशनको शोक सभामा स्टालिनले पार्टीको नाममा देहाय अनुसार गंभीर लिनु भएको थियो । जुन यसप्रकार रहेको थियो:
“हामी कम्युनिष्टहरु विशेष धातुबाट बनेका मानिस हौं । हामी विशेष धातुबाट बनेका छौं । हामी महान सर्वहारा रणनीतिज्ञको सेना, कामरेड लेनिनको सेनाका जवानहरु हौं । यस सेनाका जवान बन्नु भन्दा सम्मानको कुरो अर्को केही छैन , कामरेड लेनिन संस्थापक तथा नेता रहनु भएको पार्टी सदस्य ब्ननु भन्दा ठूलो केही छैन ।” ..
“हामीसित विदा लिनुहुँदा कामरेड लेनिनले हामीलाई पार्टीको सदस्यको महान पदवीलाई उच्च राख्न र त्यसको पवित्रतालाई जोगाउन अराउनु भयो । कामरेड लेनिन, हामी के शपथ लिन्छौं भने हामी तपाईंको आदेशलाई शानदाररुपले पूरा गर्नेछौं ।”
“हामीसित विदा लिनु हुँदा कामरेड लेनिनले हामीलाई हाम्रो पार्टीको एकता लाई हाम्रो आँखाको नानीलाईझैं जोगाउन अराउनु भयो । कामरेड लेनिन, हामी के शपथ लिन्छौं भने हामी यस आदेशलाई पनि शानदार ढंगले पूरा गर्नेछौं ।”
हामीसित विदा लिनु हुँदा कामरेड लेनिनले हामीलाई सर्वहारावर्गको ाइहामी के वाचा गर्छौं भने यस आदेशलाई पनि शानदार ढंगले पूरा गर्नमा हामी कुनै कसर बाँकी राख्ने छैनौं । ..
हामीसित विदा लिनुभन्दा कामरेड लेनिनले हामीलाई हाम्रो सारा शक्ति लगाएर मजदुर र किसानहरुको मेल बलियो पार्न अराउनु भएको छ । कामरेड लेनिन, हामी के वाचा हाल्छौं भने यस आदेशलाई पनि हामी शानदार ढंगले पूरा गर्नेछौं ।…
कामरेड लेनिनले हामीलाई हाम्रो देशका जातिहरुको स्वेच्छापूर्ण एकतालाई कायम राख्नुपर्ने खाँचो , गणतन्त्र संघको ढाँचा भित्र तिनीहरुको वीचमा भाइचारापूर्ण सहयोगको खाँचोबारे अथक रुपमा बुझउँनु भएको छ ।..
हामीसित विदा लिनुहुँदा कामरेड लेनिनले हामीलाई गणतन्त्र हरुको संघलाई दरिलो र विस्तारित पार्न अराउनु भएको छ । कामरेड लेनिन, हामी के वाचा हाल्छौं भने हामी यस आदेशलाई पनि शानदार ढंगले पूरा गर्नेछौं । …
“लेनिनले धेरै पल्ट हामीलाई के कुरातर्फ औंल्याउनु भएको छ भने लाल सेनालाई बलियो पार्नु र त्यसको अवस्थामा सुधार ल्याउनु हाम्रो पार्टीको एउटा सबभन्दा महत्वपूर्ण अभिभारा हो । .. कामरेडहरु हामी के शपथ लिऔं भने हामीले आफ्नो लाल सेना र आफ्नो लाल जहाजी सेनालाई बलियो पार्न कुनै कसर बाँकी राख्ने छैनौ ।”
“हामीसित विदा लिनुहुँदा कामरेड लेनिनले हामीलाई कम्युनिष्ट इन्टरने
शनलका सिद्धान्तहरुप्रति सच्चा रहन अराउनु भएको छ । कामरेड लेनिन, हामी के प्रण गर्छौं भने हामी समस्त विश्वका श्रमजीविहरुको संघ कम्युनिष्ट इन्टरनेशनललाई बलियो र विस्तारित पार्न आफ्नो ज्यानको बाजी लगाउँनेछौं ।”
यो आफ्नो गुरु र नेता लेनिनको नाउँमा बोल्शेभिक पार्टीको प्रण थियो । त्यस्ता नेताको नाउँमा जस्लाई युगौंयुगसम्म संझिराखिनेछ । र, स्टालिनको नेतृत्वमा पार्टी उक्त प्रणप्रति इमान्दारितासाथ निष्ठावान रहेको छ ।-जोसेफ स्टालिन एक संक्षिप्त जीवनी अनुवादक कृष्णदास श्रेष्ठ
पेज ६ देखी ७, ऐ ऐ पुस्तकको पेज ६१ देखि ६३ सम्म ।
- Jaya Karki, Jorpati Kathmandu.
–
Be the first to comment