बजेट हाईलाईट यसप्रकारको छ

३९ बॅुदामा  बजेट हाईलाईट्स

1. आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण।

2. सरकारले आगामी आर्थिक वर्ष १ अर्बको अनुसन्धान तथा विकास कोष स्थापना गर्ने ।

3. वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी एक लाख जनालाई स्वरोजगार बनाइने ।

4. सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने।

5. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब बजेट, दुई लाखलाई १०० दिनको रोजगारी।

6. प्रत्येक प्रदेशमा एक हजार युवालाई सीपमूलक तालिम दिन ४३ करोड।

7. कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान, गाई र भैंसीको नस्ल सुधारका लागि ३८ करोड।

8. सार्वजनिक, निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सन्चालनको लागि काठमाडौंको डिल्लीबजारस्थित चारखालमा बहुतले संरचना निर्माण गरिने । ललितपुरको खुमलटारमा ‘ज्ञान पार्क’ स्थापना गर्न १७ करोड ।

9. खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट । क्रिकेट रंगशाला निमार्णलाई बजेटमा प्राथमिकता। जसअन्तर्गत काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा ।

10. वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई नि:शुल्क बनाइने ।

11. प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँच सम्मको दिवा खाजाका लागि आठ अर्ब ३९ करोड ।

12. निजगढदेखि ढल्केबरसम्मको पूर्वपश्चिम राजमार्ग आसपासको क्षेत्रलाई नेपाली गलैंचा करिडोरको रूपमा विकास गरिने ।

13. सरकारले १ अर्ब रुपैयाँ बराबरको ‘शान्ति कोष’ घोषणा ।

14. पहाडी र उच्च पहाडी क्षेत्रका २ हजार हेक्टर जग्गामा फलफूल खेती विस्तार गर्ने घोषणा। फलफूलको कम्तीमा ७ लाख गुणस्तरीय विरुवा उत्पादन गर्ने गरी १४ सरकारी फर्मको क्षमता विस्तार गरिने घोषणा। फलफूल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड विनियोजन।

15. चिया कफी, अलैंची र हिमालयन वाटर ब्रान्डिङ गरिने ।

16. सरकारले आगामी आर्थिक वर्ष विद्युत् उत्पादन क्षमता ४ हजार ५ सय मेगावाट पुग्ने घोषणा।

17. निर्माण प्रक्रियामा जाने तयारीमा रहेको १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गरिने।

18. चिकित्सा शिक्षा, कृषि, इन्जिनियरिङ, सुचना प्रविधि लगायतका उच्च शिक्षा अध्ययनका लागि सक्रिय कोष मार्फत सहुलियत पूर्ण शैक्षिक कर्जा उपलब्ध गराइने ।

19. काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था।

20. सूचना प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका युवालाई सूचना प्रविधि सम्बद्ध उद्योगमा इन्टर्न गर्ने व्यवस्था।

21. सबै वडा केन्द्र, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याइने ।

22. अधिक जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा । क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा व्यवसाय, रेमिट्यान्स र बैंकिङ क्षेत्रमा सघन सुपरीवेक्षण गर्ने ।

23. खुला कारागारलाई सञ्चालनमा ल्याइने। कारागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई कम गर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने ।

24. सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा बनाउने ।

25. भौतिक पूर्वाधारमा डेढ खर्ब बजेट, फास्ट ट्र्याक र पूर्वपश्चिम राजमार्ग विस्तार प्राथमिकतामा। काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, नारायणगढ, बुटवल र गोरुसिंगे, र भालुवाङ लमही सडक स्तरोन्नति सुरु गर्ने ।

26. सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि पाँच अर्ब ६३ करोड।

27. नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई अर्ब ४६ करोड बजेट।

28. विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने र नेतृत्व विकास गर्न साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

29. सरकारले बजेटमार्फत नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरेको छ । निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई अनिवार्य रुपमा सूचीकरण हुनुपर्ने ॥

30. आलु, प्याज र स्याउमा भ्याट छुट गरेको घोषणा । यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको र औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत।

31. पाँच जिल्लामा कस्तूरी मृग लगायतका वन्यजन्तु पाल्न व्यावसायिक फर्म स्थापना गरिने।

32. ८० वटा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने । नेपालको परम्परागत बागचाल, डन्डिबियो, घोडचरी जस्ता खेललाई प्रवर्द्धन गर्नुका साथै आधुनिक प्रविधिसँग जोडिएका खेलकुद प्रतियोगिता आयोजना गर्ने।

33. बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतलाई सार्वजनिक-निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने ।

34. सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लगि ११ अर्ब बजेट विनियोजना गरेको छ ।

35. बागमती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन।

36. स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ १ प्रतिशतमात्र कायम गरेको ।

37. गाँजाको व्यवसायिक उत्पादनका लागि कानुनी व्यवस्था मिलाइने ।

38. जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्नेदेखि, तनहुँको चुँदी रम्घामा सबै नेपालीभाषीका मुर्धन्य स्रष्टाको प्रतिमा र सप्ताधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने ।

39. नेपालमा वैवाहिक समारोह आयोजनाका लागि आउने पर्यटकलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा घोषणा गरिने । जनकपुरलाई वेडिङ हब (Wedding Hub) र लुम्बिनीलाई बर्थिङ हब(Birthing Hub)  बनाउने सरकारको तयारी ॥ 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*