काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका महोत्तरी १ का उम्मेदवार गिरिराजमणी पोखरेलले विगतमा प्रतिनिधि सभा सदस्यको रुपमा खेलेको भूमिका र विकास निर्माणका काममा गरेको योगदानका कारण सहज जितको बाटोमा अघि बढेका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलोमा देखिएको जनताको मायाले जितको सहज बाटोमा रहेको महोत्तरीस्थित पार्टीपंक्तिले बताउने गरेका छन् । स्वास्थ्य मन्त्री र शिक्षा, विज्ञान तथरा सुचना प्रविधि मन्त्रीको रुपमा पटक–पटक जिम्मेवारी पाएका पोखरेलले नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधारका धेरै कामहरु गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि गरेका नीतिगत तथा कानुनी प्रयासहरुले उनलाई लोकप्रिय बन्न मद्दत गरेको त छ नै आफ्नो निर्वाचन क्षेत्रमा गरेका विकास निर्माणको कामले पनि उनलाई मतदाताहरुको मन, मस्तिष्कमा राखेको छ । विगतका अधुरा योजनालाई पुरा गर्ने तथा नयाँ योजनाहरुका साथमा उनी मत माग्न व्यस्त देखिएका छन् ।
महोत्तरीको विकासका लागि अघि सारिएका छन् यस्ता योजना
पोखरेलले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै बर्दिबास मेडिकल कलेजको काम अगाडि बढाउन पहल गर्ने बताएका छन् । अव्यवस्थित बसोबासी तथा भूमीहिनका समस्याबारे संसदमा प्रभावकारी ढंगले आवाज उठाउने र कानुनी सहजीकरणको लागि भूमिका खेल्ने उनको अर्को प्राथमिकता रहेको छ । जनस्तरमा बलियो सम्बन्ध बनाउँदै आएका उनले जनता – सांसद कार्यक्रम मार्फत् क्षेत्र नम्बर १ का नागरिकका सवालमा नियमित छलफल गर्ने र महत्वपूर्ण मुद्दाहरूलाई राष्ट्रिय रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
रोकिएको वनपथ – खयरमारा बाटो पक्की बनाउने काम अगािड बढाउन प्रदेश सरकारसँग समन्वय गर्ने उनको प्रतिवद्धता छ । जलवायु परिवर्तन तथा त्यसले पारेका असरलाई मध्येनजर गर्दै चुरे संरक्षणको मुद्दालाई राष्ट्रिय रुपमा अगाडि बढाउने घोषणा पनि पोखरेलले गरेका छन् । रातु सभ्यतालाई संरक्षण गर्ने, यस भेगमा भौतिक पूर्वाधार (बाटो, पुल लगायत) का क्षेत्रमा अधुरा रहेका कामलाई पूरा गर्न पहल गर्ने तथा पूरातात्विक सम्पदाहरूको वैज्ञानिक संरक्षण, अभिलेखीकरण र अन्तर्राष्ट्रिय पहिचान सुनिश्चित गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत गराउन पहल गर्ने उनको प्रतिवद्धता छ ।
पोखरेलले आफ्नो निर्वाचन क्षेत्रमा महत्वकांक्षी योजना पनि अघि सारेका छन् । महोत्तरी १ लाई दक्षिण एशियाकै प्रमुख पुरातात्विक अध्ययन केन्द्रका रुपमा स्थापित गर्न पहल गर्ने उनको योजना छ । त्यस्तै, गौशाला बजारमा ढल व्यवस्थापन साथै बजार व्यवस्थापनको काम अगाडि बढाउन प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिने उनको प्रतिवद्धता छ ।
राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनजिविकाको सवालमा दह्रो र खरोगरी आवाज उठाउँदै आएका उनको साधारण र स्वच्छ जीवनशैली समेत उदाहरणीय रहेको छ ।
यस्तो छ महोत्तरीको विकासमा पोखरेलले गरेका योगदान :
१. बर्दिबासमा कर कार्यालय तथा सेवा केन्द्र (बर्दिबास १)
२. विधि विज्ञान प्रयोगशाला (बर्दिबास– ३)
३. किसाननगरमा मधेश प्रदेशस्तरीय प्रहरी तालिम केन्द्र
४. विद्युत सवस्टेशन (बर्दिबास– २) – निर्माणाधीन
५. चुरे हरित संरक्षण अभियान
६. नाथम होटेल मेनेजमेन्ट कलेज (बर्दिबास– १४)
७. निर्मल लामा बहुप्राविधिक शिक्षालय (बर्दिबास ११, खयरमारा)
८. किसाननगरमा मधेश प्रदेशस्तरीय कृषि कलेज सञ्चालन
९. जनहित नन्दलाल मावीमा इन्जिनियरिङ अध्यापन
१०. देउराली माविमा फरेस्ट्री अध्यापन
११. जनता मावि बर्दिबास मधेश प्रदेशको नमुना विद्यालय
१२. जनता मावि गौरीडाँडा प्राबिधिकसहित हाल देशको उत्कृष्ट १० विद्यालयमा पर्न सफल
१३. राष्ट्रिय आयुर्वेदिक अनुसन्धान अस्पताल (बर्दिबास– २)
१४. बर्दिबास मेडिकल कलेज (बर्दिबास – ४) ः निर्माणको क्रममा रहेको
१५. बर्दिबास सरकारी अस्पताल १५ शैयाको (बर्दिबास– २)
१६. जनताको तटबन्ध रातु नदिमा निर्माण भइ हजारौं बिघा जग्गा नदि कटानबाट जोगिएको
१७. बर्दिबास वडा न. ४–५ जोड्ने पुलको काम भइरहेको ।
१८. महोत्तरी क्षेत्र न.१ को प्रत्येक सामुदायिक विद्यालयमा संसदीय विकास कोषबाट नयाँ पक्की भवन निर्माण ।
१९. गौशालामा नेपालकै पहिलो रेल्वे ईन्जिनियरिङ्ग कलेज
२०. गौशालामा सिभिल इन्जिनियरिङ अध्यापन
२१. गौशालाको त्रिभुवन माबी नमूना विद्यालय घोषणा
२२. गौशाला– १२ मा आयुर्वेद कलेज सञ्चालन
२३. गौशाला– १२ कान्तिबजार मावी मा कृषि प्राविधिक अध्यापन
२४. गौशाला– १२ मा आयुर्वेद अस्पताल सम्बन्धन तथा अस्पताल भवन निर्माण (सञ्चालनको क्रममा रहेको)
२५. गौशाला सरकारी अस्पताल १५ शैयाको सम्बन्धन
२६. गौशालामा मालपोत तथा नापी कार्यालय सेवा
२७. गौशाला– १२ बिसहरास्थान नजिक वडा नम्बर ७ र १२ का लागि वृहत् क्षमताको खानेपानी बोरिङ तथा ट्यांकी निर्माणसहितको सम्बन्धन
२८. गौशाला– १२ परडियामा शिव मन्दिर निर्माण
२९. गौशाला– १२ गैरीटोलमा गुम्बाको भवन निर्माण
३०. गौशालामा बगर खेती
३१. गौशालामा कृषि उपज केन्द्र
३२. पचाइन पोखरी पुनर्निर्माण
३३. गौशाला– १२ परडियाको अव्यवस्थित बसोबास, छुट जग्गा तथा वन वुट्यान जग्गा सम्बन्धमा संसदमा आवाज
३४. सिंचाइका लागि डिप बोरिङ निर्माण तथा सञ्चालन


Be the first to comment