अन्टुफसम्बद्ध तीन वटा संघको नेतृत्वमा महिला निर्वाचित

२५ भदौ ०७९, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)सम्बद्ध तीन वटा संघको नेतृत्वमा महिला निर्वाचित भएर आएका छन् ।

शनिबार संघीय राजधानी काठमाडौंमा सम्पन्न भएका महासंघ सम्बद्ध चारवटा संघको राष्ट्रिय सम्मेलन मध्ये तीनवटा संघमा महिला नेतृत्व निर्वाचित भएर आएका हुन् ।

अन्टुफ उपाध्यक्ष एसबी थापामगरले दिएको जानकारीअनुसार अखिल नेपाल संघ संस्था, सञ्चार तथा छापाखाना श्रमिक संघको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा इन्दिरा शर्मा निर्वाचित भएकी छन् भने उनको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

यस्तै ललितपुरको च्यासलमा सम्पन्न अखिल नेपाल घरेलु, गृहआधारित हस्तकला तथा सुनचाँदी श्रमिक संघको एकताको राष्ट्रिय प्रथम सम्मेलनबाट अध्यक्ष संगिता बानियाँ निर्वाचित भएकी छन् भने उनको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको अन्टुफ उपाध्यक्ष थापाले बताए ।

यसैगरी काठमाडौंको दर्शन पार्टी प्यालेसमा सम्पन्न अखिल नेपाल सरसफाई मजदुर संघको चौथो राष्ट्रिय सम्मेलनले धनु दाहाललाई अध्यक्ष पदमा निर्वाचित गर्दै ३५ सदस्यीय कार्यसमिति चयन गरेको उनले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*