दिपक केसी अखिल नेपाल यातायात मजदुर संघको अध्यक्ष निर्वाचित

२६ भदौ ०७९, काठमाडौं । अखिल नेपाल यातायात मजदुर संघको सातौं राष्ट्रिय सम्मेलनबाट दिपक केसी अध्यक्ष निर्वाचित भएका छन् ।

आइतबार सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भएको सम्मेलनबाट अध्यक्ष केसीको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

 

संघका निवर्तमान अध्यक्ष एवम् अखिल नेपाल यातायात मजदुर संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक रामचन्द्र कार्कीले दिएको जानकारीअनुसार नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सुन्दर केसी, उपाध्यक्षहरु कुमारी साह, चक्र खत्री, लिला प्रधान, डम्मर सिंह ठकुरी चयन भएका छन ।

यसैगरी सम्मेलनबाट महासचिव शरद सुवेदी, उपमहासचिव जय केसी, बिष्णु गुरुङ, घनश्याम डाँगी साथै सचिवहरुमा हरि निरौला, रंगनाथ तिमल्सिना, जानुका गौतम, सूर्यभक्त पौडेल, दिल बहादुर नेपाली, ललित मल्ल र कोषाध्यक्षमा लोकमणि खतिवडा निर्वाचत भएका छन् ।

 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यमा भएको उक्त सम्मेलनमा माओवादी केन्द्रका पिविएम गंगा कार्की, अन्टुफ अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्य रहेको थियो भने अन्टुफका पदाधिकारीहरु, नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी पार्टी निकट यातायात मजदुर संघका अध्यक्षहरुका साथै यातायात व्यवसायी संगठनका नेताहरुको समेत उक्त सम्मेलनमा आतिथ्य रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*