अखिल नेपाल औधोगिक मजदुर संघको अध्यक्ष बेनी तिमल्सिना निर्वाचित

२८ भदौ ०७९, काठमाडौं । अखिल नेपाल औधोगिक मजदुर संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट बेनी तिमल्सिना अध्यक्ष निर्वाचित भएका छन् ।

 

मंगलबार काठमाडौंमा सम्पन्न भएको अखिल नेपाल औधोगिक मजदुर संघको पाँचौं राष्ट्रिय सम्मेलनबाट तिमल्सिनाको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् ।

सम्मेलनबाट तिमल्सिनाको नेतृत्वमा बरिस्ठ उपाध्यक्ष भोजराज खत्री, उपाध्यक्ष रामजी मण्डल, होमबहादुर खड्का, अर्जुन खत्री, महासचिव कृष्ण रेग्मी निर्वाचित भएका छन् । यस्तै सचिवहरु खड्क बहादुर लामा, लक्ष्मी पराजुली, हजरत अली शाही, प्रेम उराउ, ज्ञानेन्द्र लामिछाने, राजन अधिकारी, ललिता महर्जन, राम पुकार कामती, बालकृष्ण बास्तोला, कोषाध्यक्ष सूर्यबहादुर खत्री चुनिएका छन् ।

यसैगरी सम्मेलनबाट सदस्यहरु डिबी थापा, सनुव्बा झा, मदन साह, मोहन चौधरी, विश्वमान राजवंशी, डम्बर खत्री, रामसुरत धोवी, कैलाशराज कार्की, राजकुमार साह, प्रदीप कुमार लामा, कृष्ण पाण्डे, गिता खुलाल, सुजन कार्की, मिरा पोखरेल, वर्षा थापा, अनिता कट्टेल, धनकुमार रोका, मिना भुजेल, तुलसामाया कार्की, रमा लामिछाने, टिका बुढा, सुकु दरै, तिर्थ अधिकारी निर्वाचित भएका छन् ।

 

उक्त सम्मेलनमा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य एवम् अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्य रहेको थियो भने अन्टुफ अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्य रहेको थियो ।

 

यसैगरी सम्मेलनमा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्षद्वय धनबहादुर विक र एसबी थापामगरका साथै कार्यवहाक महासचिव शालिक काफ्ले, उपमहासचिव प्रकाश श्रेष्ठ, सचिव सोम तामाङ, नरहरिनाथ योगी, अन्टुफ बागमतीका अध्यक्ष शीव पोखरेल र अन्टुफ सम्बद्ध पेशागत संघका अध्यक्ष लगायतको आतिथ्य रहेको थियो ।

 

अखिल नेपाल औधोगिक मजदुर संघको पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक भुमबहादुर रेग्मी ‘किरण’को अध्यक्षता साथै कार्यालय सदस्य कृष्ण रेग्मीको सञ्चालनमा भएको उक्त सम्मेलनमा आयोजक समितिका कार्यालय सदस्य होमबहादुर खुलालले स्वागत मन्तव्य राखेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*