” फ्युचिकको संझनामा केही शब्द सुमन “- जय कार्की

” फ्युचिकको संझनामा केही शब्द सुमन ” – जय कार्की

जुलियस फयूचिक एक जना विश्व प्रशिद्ध चेकोस्लोभाक पत्रकार, लेखक तथा चेक कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य थिए । उनको जन्म सन १९०३ को फरवरीका दिन राजधानी प्रागमा एक मजदुर परिवारमा भएको थियो । उनका पिता स्पात कारखानामा काम गर्दथे । सन १९१३ मा फ्युचिक परिवारको साथ प्रागबाट पिल्सेन भन्ने स्थानमा बसाई सरेका थिए । र त्यहीं सरकारी ब्यवसायिक स्कूलमा भर्ति भएका थिए । उनले १२ वर्षको उमेरमै स्लोभान नामको खबरपत्र संचालन गर्ने योजना बनाएका थिए ।
उनको रुचि राजनीति र साहित्य दुवैमा थियो । किसोरावस्थामा नै स्थानीय नाट्यशालामा अभिनय पनि शुरु गरेका थिए । हिटलरको नाजिवादी हस्तक्षेपको कटु आलोचक मात्रै हैन फासिवाद विरुद्धको शसक्त अभियन्ता नै थिए । त्यसैले उनलाई हिटलरको गुप्तचर बिभाग गेष्टापोले २४ अप्रिल १९४२ को वसन्तमा प्रागबाट गिरफ्तार गरी प्रागमा रहेको गेष्टापोको केन्द्रीय कार्यालयमा पहिलोपटक बन्दि बनाएको थियो ।

त्यसपछि गेष्टापोले दिने संसारको सवैभन्दा कहालीलाग्दो यातनाहरु भोगेका थिए । कैदी जीवनकै अवधिमा उनले कागतको सानासाना टुक्रा र ठुटे पेन्सिलले फासिष्टहरुको अत्याचारहरुलाई दैनिकीका रुपमा लेख्दै उनलाई माया गर्ने र सहानुभूति राख्ने देशभक्त जेलको वार्डेनको सहयोगमा उनको श्रीमती गुस्तिनाले संकलन गरेको दैनिकी नै नेपालीमा प्रकाशित पुस्तक झुण्डयाउँदा झुण्डयाउँंंदै नामक विश्व प्रशिद्ध कृति हो ।

यो किताव फ्यूचिकले पैंक्रेटस जेलमा बन्दी जीवन बिताउँदा हरेक दिन मृत्युसित भिडन्त गर्दै मृत्युको हरेक पल गन्दै लेख्नु भएको थियो । यो संसार प्रशिद्ध कृतिको समीक्षा गर्दै बिख्यात प्रगतिवादी लेखक हार्वार्ड फास्टले संसारको उत्कृष्ट कृति भनि दिल खोलेर प्रसंसा गर्नु भएको छ भने भारतीय प्रगतिशील लेखक शैलेन्द्र प्रसादले पनि फाँसीको फन्दामा झुन्डिनु अघि यति हिम्मतसित नाजीवादको भण्डाफोर गर्नु र फासिष्टहरुको अन्त्यको लागि आन्दोलनरत रहनुलाई निकै महत्वपुर्ण ढंगले चर्चा गर्नुभएको छ ।

यो कृति झण्डै सयौं भाषामा प्रकाशित कृति हो । फ्यूचिकलाई नाजीहरुको अदालतले २५ अगस्त १९४३ मा फाँंसीको संजायको आदेश दिएको थियो भने ८ सेप्टेम्वर १९४३ मा बर्लिनमा उनीसहित १४३ जनालाई मृत्युदण्ड दिएको थियो । संयोगको कुरा भन्नुपर्छ त्यहि ८ सेप्टेम्वरका दिनवाट हिटलरको फासिवादी सत्ता अन्त्यको दिन गन्ती निकै ठूलो पराजयसहित शुरु भएको थियो । अर्थात कुस्र्कको लडाईमा जर्मन फासिष्टहरुको लज्जास्पद पराजय सोभियत लालसेनाले चखाएका थिए ।
फ्यूचिक सोभियत संघप्रति निकै आशावादी थिए । सोभियत संघमाथि हिटलरको हमला विरुद्ध र आफ्नै देशमाथि फासिवादले कब्जा गरेकोमा त्यसका विरुद्ध प्रतिरोध आन्दोलन चलाएका थिए । हरेक ८ सेप्टेम्वरका दिन जुलियस फ्यूजिकको स्मृति दिवस संसारभरका समाजवादी, देशभक्त, फासीवाद विरोधी तथा क्रान्तिकारी पत्रकारहरुले मनाउने गरेका छन ।

ल्ला गिग्गस पपुलर मुभमेन्टका सचिव भन्छन यतिखेर चेकोस्लोभाकियाले जुलियस फ्यूचिकको शालिक अर्थात फासिवाद विरोधी प्रतिमाहरु फ्यूचिकको नाममा स्थापना गरिएका विश्व विद्यालय, विशाल पार्क, नाटयघर, विशालकाय कारखाना तथा फ्यूचिकको नाममा स्थापित सैनिक टुकडीको नाम परिवर्तन गर्ने, सडकको नामहरु बदल्ने र प्रतिमाहरु हटाउने अनि पाठयपुस्तकवाट जुलियस फ्युचिकको विषयमा समावेस भएको पाठलाई हटाएर पुनः फासिवादको सेवा गरिरहेको छ ।

हिटलरलाई पुज्न थालेको छ, देशभक्तहरुलाई माटोमा पुर्न थालेको छ । अमर शहीदहरुलाई ध्वस्त गर्न लागेको छ । के यो कुनै पनि सच्चा देशभक्त र समाजवादीलाई सैहय हुन्छ । यो संभव छैन, जुलियस फ्यूचिक, बुल्गेरियाका राष्ट्रपति ज्यार्जी दिमीत्रोभ र लेनिनको शवलाई अपमान गर्ने धृष्टता गरेर मानवीय संवेदनहीन पंूजिवादको पनि भविश्य छैन ।

त्यसैले हाम्रो गौरवको अन्त्य गर्न दिनुहुदैन । त्यसमाथि प्ुांजिवादी धावा बोल्न दिनुहंदैन । जुलियस फ्युचिकको शालिक प्रागको चोकबाट हटाउंदैमा, उनको नामको सडक र कारखानाको नाम फेर्दैमा समाजवाद हराएर जांदैन, कम्युनिष्ट कदापी मर्दैन भन्नु हुन्छ ।

Jaya Karki
25/10/ 2021.

Be the first to comment

Leave a Reply

Your email address will not be published.

*