खगेन्द्र धिमाल सेक्युरिटी मजदुर संघको अध्यक्ष चयन

 

२५ भदौ ०७९, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन खगेन्द्र राज धिमालको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको बसुन्धारामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट धिमालको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षहरु मानबहादुर थिङ, लालबहादुर पटेल, श्रीभक्त विक, राजकुमार मत्तल, कमलेश भण्डारी, नारायण हमाल ठकुरी चयन भएका छन् ।

यसैगरी महासचिव विजय रास्कोटी ठकुरी, उपमासचिव प्रेम राई, गगन पुन साथै रमेश नेपाल, नारायण कुइँकेल, कमला थापा, लालबहादुर घर्ती र कोषाध्यक्ष राम तामाङ निर्वाचित भएका छन् ।

 

यस्तै कार्यसमिति सदस्यहरु टेक नारायण श्रेष्ठ, श्यामकुमार गौतम, भुपराज प्रधान, गोपाल अधिकारी, नवीन राई, प्रमोद झा, घनश्याम भट्टराई, टुनटुन तिवारी, शंकर कार्की, रुपनारायण सिंह, राजु मादन, नागेन्द्र यादव, सिताराम प्रसाद, विरेन्द्र पटेल, अवदेश पाल, शम्भु पटेल, शम्भुनारायण जैसवाल, बब्लु साह सोनार, ज्ञानलाल यादव, टिका थापा, रविन्द्र केसी, माधव दवाडी, डिकबहादुर तामाङ, नवराज पुडासैनी, ओमप्रकाश पुन, खुमबहादुर खत्री, नरेन्द्र थापा, नारायण कार्की, गणेश लामा, ठाकुर खतिवडा, राजेश अधिकारी, राधिका खत्री, ऋषिराम थापा, बाबुलाल श्रेष्ठ, कृष्ण गोले, रिता कार्की, मनोज खत्री, दिलबहादुर सुनुवार, राजेन्द्र पाठक, रमेश श्रेष्ठ, रुद्र तामाङ, भोला थापामगर, नेत्र प्रसाद अर्याल, कमृा घिमिरे, सोम कार्की, गौरी प्याकुरेल, मंगल लिम्बु, बालकुमार खवास, सानुकाजी डंगोल, भुवन दाहाल, हेमबहादुर बस्नेत, गिता खड्का, गम्भीर गुरुङ, पूर्ण राना, कृष्ण पाण्डे निर्वाचित भएका छन् ।

 

उक्त सम्मेलन अखिल नेपाल सेक्युरिटी मजदुर संघको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक लक्ष्मी ढकालको अध्यक्षता साथै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यमा भएको थियो ।

यस्तै सम्मेलनमा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्य रहेको थियो भने अन्टुफ उपाध्यक्षत्रय जय कार्की, धनबहादुर विक, एसबी थापामगर, सचिव सोम तामाङ, कोषाध्यक्ष घनश्याम ठकुरी, अन्टुफ बागमती अध्यक्ष शिव पोखरेलको आतिथ्य रहेको थियो ।

 

यसैगरी अन्टुफसम्बद्घ पेशागत संघ अखिल नेपाल यातायात मजदुर संघका संयोजक रामचन्द्र कार्की, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका संयोजक माधव पाण्डे, अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामा, अखिल नेपाल बैंक वित्तीय श्रमिक संघका संयोजक राजन पाण्डे, अटोका संयोजक पुरन्जन गिरि, युएनआई एसिया कोअर्डीनेटर तिलक खड्का, नेपाल सुरक्षा व्यवसायी संघका बरिस्ठ उपाध्यक्ष खेम भण्डारी, कोषाध्यक्ष विजय तामाङ लगायतको उक्त सम्मेलनमा आतिथ्य रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*