आदरणीय धादिङ क्षेत्र नम्बर २ का सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू
भर्खरै सम्पन्न आम निर्वाचनमा देशभर र हाम्रो धादिङ-२ मा पनि जनताले व्यक्त गरेको अभिमतलाई हामी अत्यन्त विनम्रतापूर्वक स्वीकार गर्दछौँ। लोकतन्त्रमा मतपेटिकाबाट आउने जनताको फैसला नै सर्वोपरि हुन्छ र हामी त्यसको उच्च सम्मान गर्दछौँ।
यस निर्वाचन अभियानको दौरानमा हाम्रो उम्मेदवारलाई विश्वास गरेर अमूल्य मत दिनुहुने सम्पूर्ण मतदाता महानुभावहरू, अहोरात्र खट्नुहुने पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र सम्पूर्ण सहयोगी हातहरूप्रति चुनावी कमाण्डरको हैसियतले म हार्दिक आभार व्यक्त गर्दछु। तपाईंहरूको निस्वार्थ माया र साथप्रति हामी सदैव ऋणी छौँ।
साथै, यस निर्वाचनमा जनमत प्राप्त गरी विजयी हुनुभएका उम्मेदवारलाई हार्दिक बधाई तथा जनअपेक्षा अनुरूपको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
हाम्रो पक्षमा नतिजा नआए तापनि धादिङको विकास, सुशासन र यहाँका नागरिकको सेवाप्रतिको हाम्रो समर्पण र प्रतिबद्धतामा कुनै कमी आउने छैन। हामी हिजो झैँ भोलिका दिनमा पनि तपाईंहरूको सुखदुःखमा निरन्तर साथमै रहनेछौँ। चुनाव एउटा प्रक्रिया हो, तर जनताप्रतिको हाम्रो उत्तरदायित्व निरन्तर चलिरहने यात्रा हो।
सबैलाई हार्दिक धन्यवाद!
जगत सिंखडा
धादिङ निर्वाचन क्षेत्र नं. २


Be the first to comment