काठमाण्डौं ७ मा नेकपाका उम्मेदवार मानन्धर, लोकतान्त्रिक आन्दोलनबाट उदाएर सुशासन र समृद्धिको प्रतिबद्ध नेतृत्व नेपाली कम्युनिष्ट पार्टी काठमाण्डौं ७ का उम्मेदवार मानन्धरका प्रतिवध्दताहरु यस्ता छन् काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ मा प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक बहस तीव्र बन्दै जाँदा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बसन्त मानन्धर एक अनुभवी, आन्दोलनबाट खारिएका र नीतिगत स्पष्टता भएका नेताका रूपमा प्रस्तुत भएका छन्।
लोकतान्त्रिक आन्दोलनबाट स्थापित नेतृत्व मतदाताले पाउँदा उनीप्रतिको उत्साह मतदातामा झन थपिएको बताइन्छ ।
विगतका लोकतान्त्रिक आन्दोलनमार्फत सामाजिक सुदृढीकरणमा आफूले प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गर्ने मानन्धर विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी अनेरास्ववियु का महासचिव हुँदै संगठित विद्यार्थी आन्दोलनको नेतृत्वमा समेत रहेर काम गरेका व्यक्ति हुन् ।
विद्यार्थी आन्दोलनको दौरान शैक्षिक सुधार, समावेशी प्रतिनिधित्व र लोकतान्त्रिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै उनले राजनीतिक यात्रा अगाडि बढाएका हुन् । , “आन्दोलनले सिकाएको पाठ भनेको अधिकारसँगै जिम्मेवारी र कर्तव्य पनि हो।” उनी भन्छन् ।
मानन्धरले राजनीतिमा देखिँदै आएका विकृति, अवसरवाद र अपारदर्शिताप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा मुलुकलाई सुशासनसहित समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
उनको धारणा छ कि राजनीतिक प्रणालीप्रति जनविश्वास पुनःस्थापित गर्न पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली अनिवार्य छ। “राजनीति सेवाको माध्यम बन्नुपर्छ, स्वार्थको साधन होइन,” भन्ने उनको अभिव्यक्ति मतदातामाझ सकारात्मक सन्देशका रूपमा फैलिएको छ।
लोकतन्त्र, संविधान र स्थायित्व नै मानन्धरका मूल एजेण्डा हुन् । नेपालको लोकतन्त्र र संविधानको रक्षा नै आफ्नो मूल एजेण्डा रहेको मानन्धर बताउँछन् । राजनीतिक अस्थिरताले विकास र समृद्धिको गति अवरुद्ध गरेको उल्लेख गर्दै उनी राजनीतिक स्थायित्वमार्फत मुलुकलाई समृद्ध बनाउन सकिने तर्क राख्छन् ।
उनका अनुसार, स्थिर सरकार र स्पष्ट नीति बिना दीर्घकालीन विकास सम्भव छैन। संविधानको मर्मअनुसार शासन सञ्चालन गर्दै जनतालाई स्वाधीन, आत्मनिर्भर र सम्मानित जीवनयापनको वातावरण सिर्जना गर्नु नै आफ्नो लक्ष्य रहेको उनको तर्क छ ।
काठमाडौं–७ क्षेत्रसँग प्रत्यक्ष जोडिएको विषय बाग्मती नदीको प्रदूषण र अव्यवस्थित अवस्था हो। मानन्धरले बाग्मती नदीको दीर्घकालीन सरसफाई र संरक्षणलाई आफ्नो विशेष प्राथमिकता बनाएक छन्।
उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दिगो सरसफाई योजना, ढल व्यवस्थापन सुधार र नदी किनारको हरित क्षेत्र विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।
“बाग्मती सफा भए काठमाडौंको वातावरणीय स्वास्थ्यमा ठूलो सुधार आउँछ,” उनको भनाइ छ।
पूर्व खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा काम गरिसकेका मानन्धरले आफ्नो प्रशासनिक अनुभवलाई संघीय संसदमा उपयोग गर्ने लक्ष्य राखेका छन् । उनका प्रमुख प्राथमिकताहरू यसप्रकार छन्
स्वच्छ खानेपानी र दिगो जल व्यवस्थापन
ऊर्जा पहुँच र व्यवस्थापन सुधार
युवाका लागि रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि
सुशासन र भ्रष्टाचारविरुद्ध कडा पहल
समावेशी र न्यायपूर्ण समाज निर्माण
परिवर्तनको विश्वास
घरदैलो, अन्तरक्रिया र समुदायस्तरीय संवादमार्फत मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहँदै मानन्धरले भावनाभन्दा विवेकमा आधारित मतदान गर्न आग्रह गरिरहेका तन् ।
अनुभव, आन्दोलनको पृष्ठभूमि, नीतिगत स्पष्टता र विकासप्रतिको प्रतिबद्धता समेटिएको उनको उम्मेदवारी काठमाडौं–७ मा परिवर्तन र स्थायित्वको खोजी गरिरहेका मतदाताका लागि अर्थपूर्ण विकल्पका रूपमा प्रस्तुत भएको छ।
आसन्न निर्वाचनले केवल प्रतिनिधि चयन गर्ने मात्र नभई राजनीतिक संस्कार, सुशासन र समृद्धिको दिशामा नयाँ अध्याय सुरु गर्ने अवसर प्रदान गर्नेछ र त्यस यात्रामा बसन्त मानन्धर आफूलाई जिम्मेवार र समर्पित प्रतिनिधिका रूपमा अघि सारिरहेका छन्।
प्रतिबद्धता-


Be the first to comment