
पि.बी. शेलीको कविता: खेती गर्ने तिमी भित्र्याउने भूमिपति, भावानुवादः जय कार्की
ए ब्रिटेनवासी!
किन भू–स्वामिको खातिर
खेतबारी जोत्छौ,
पुर्याएका छन तिमीलाई खराब भन्दा खराब हालतमा
किन तिमी त्यही मालिकको खातिर बुनिरहेका छौ?
यो नया मनमोहक पोशाक
शीप लगाएर अथक मेहनतका साथ
ती पोशाक, निक्कै मूल्यवान छन्
क्रूर ती शासकगणले सानकासाथ पहिरिउन किन?
किन दिन्छौ तिमी गाँस, बास र सुरक्षा
जन्मदेखी मृत्यु पर्यन्त सँधा त्यसलाई,
तिनीहरु लालची, अज्ञानी, मतिभ्रष्ट हुन्
गरिरहेछन् शोषण तिम्रो रगत पसिनाले
कमाएको सम्पतिमा,
होइन, होइन, चुस्छन तिनीहरुले रगत नै ।
काम गरिखाने, कर्मठ ए मान्छे बेलायतका !
किन मरिमेट्छौ तिमी यिनीहरुका खातिर
अनगिन्ति औजारहरु,
अस्त्र–शस्त्रहरुको
श्रृंखलाको कड़िहरु।
त्यस्को प्रयोगले निर्दयी ती
नर–माहुरीले
चिल्ने शक्ति गुमाएका छन् तर पनि
तिमीलाई लुट्ने ?
जे गर्न सक्छन् उपयुक्त सबै प्रयोग गर्दछन्
तिमीले कठोर परिश्रमबाट बनाएका छौ ।
तिम्रो अवकाश, शान्ति र विश्राम
आश्रयस्थल र भोजन,
प्रेमको सुकोमल अस्तित्व
जस्ले औषधिले जसरी घाउ निको पार्छ
के केही पनि छैन तिम्रो लागि?
अथवा त्यो को हो,
जसका खातिर मूल्य चुकाउछौ
यत्ति ठूलो मूल्य ?
आफ्नै परिश्रमको लागि
भयातूर भएर शोषकहरुका लागि
मालिकहरुको लागि ?
बिउ तिमी छर्छौ
तर बालि उठाउँछन् सँधै अरुले
धनको त्यो भण्डार तिमीसंग छ
माँग्छन् र राख्छन् तर त्यसलाई अरुले नै;
परिधान र आभूषण जो तिमीले बनायौ,
पहिरिएर आनन्द लिन्छ अरु कसैले ।
हात हतियार बनाउँछौ तिमी
तर त्यसलाई धारण गरी जान्छन्
रण मैदानमा विजयको हेतु अरु नै
तिमीले बिउ छरेका छौ
अँह बाली उठाउन नदेउ अरुलाई
ती निष्ठूर शाशकहरुलाई;
कमाई गर, भोक चलन गर
आफैले आफ्नो धनराशीको
तर छुन नदेउ
अरु कसैलाई तिम्रो कोषमाथि
यो आफ्नो धनमाथि
ती छली, धोकेबाजलाई
ती धनाड्यलाई, ती मालिकहरुलाई,
नयाँ पोशाक, आभूषण तिमीले बुनेका छौं
तर ती पहिरिनमा सजिन नदेउ तिनलाई
अकर्मन्य कायरहरुलाई;
बनाउ अश्त्रशस्त्र आफ्नै सुसजावटकोलागि
बोक आफै हतियार
सदैव आत्मा रक्षाको खातिर।
मूललेखक पिबि शेली
भावानुवादः जय कार्की
श्रोतः मजदुर बिगूल अनलाईनबाट
भदौ २७ गते २०८१ साल
बेलायतमा औद्योगिक क्रान्तिपछि सामन्ती जमिन्दार र कुलीन वर्गको शोषणको स्थान पूँजीपतिहरूको शोषणले लिएको थियो। औद्योगिक क्रान्ति पश्चात पनि मजदुर र किसानहरूको जीवनमा नारकीय अवस्था नै कायम रहेकोले पर्सी बायसे शेलीले मजदुर किसानको अधिकार रक्षा र विद्रोहको खातिर माथि उल्लिखित कविता लेखेका थिए ।
उनी कट्टर राजतन्त्र विरोधी थिए त्यकारण शेलीलाई अराजक पनि भनिन्थ्यो । तर कार्ल माक्र्सले असली क्रान्तिकारी साहित्यकार थिए भनि चर्चा गरेका छन् निक्कै प्रशंसा गरेका छन् ।
को हुन शेली ?
पार्सी बेयस्से शेलीको जन्म सन १७९२ मा बेलायतमा भएको थियो उनी नौका दुर्घटनामा सन १८२२ मा इटालीमा २९ बर्षको अल्पआयुमा नै दिबंगत भएका थिए । उनी सानै देखि नास्तिक तथा बिज्ञानको प्रयोग कर्ता थिए । त्यसकारण धार्मिक कट्टरपन्थीहरुले उनलाई टिक्न खान निक्कै समस्या खडा गरेका थिए । झन आफ्नै पितासित पनि खट्पट परेकोले उनको जीवनमा निक्कै कष्ट आइपरेको थियो । उनको कविता लेखन तथा साहित्य तर्फको यात्रा पनि त्यति सहज थिएन किनकि यथास्थितिबादको विरुद्धमा थियो । उनको प्रेम सम्बन्ध, विवाह, संघर्ष, मातृभूमि परित्याग तथा उनको सन्तानको लालनपालन सहितको अवस्थालाई नियाल्दा निक्कै भद्रगोल देखिन्छ ।
तर यी सबै अप्ठ्यारा समयमा पनि उनको साहित्यिक यात्रमा कतै अबरुद्ध भएको पाईंदैन । जीवनको अन्तिम घडि सम्म पनि गीत कविता नाटक लेखन अडिग रहेका थिए । उनका कृतिहरुको सही मूल्याँकन र प्रकाशन उनको निधन पश्चातमात्र विश्वव्यापी प्रशिद्ध पाएको हो । उनी शोषण, दमन र अत्याचारको विरुद्धमा निक्कै कठोर ढंगले खडा भएका कारणले पनि रुढीग्रस्त सामाजिक परम्पराले उनलाई नस्वीकारेको हुनसक्छ ।
शेलीको कार्ल माक्र्सले साहित्य र कलाको बारेमा चर्चा गर्दै शेली र बाइरन (जर्ज गोर्डन नोएल सन १७८८– १८२४ अंग्रेज कवि, क्रान्तिकारी रोमान्चवादका एक प्रतिनिधि) को वीच तुलनात्मक विश्लेषण यसप्रकारले गर्नुभएको छ ।–
दार्शनिक तथा अर्थशास्त्रीहरुलाई जस्तै कविहरुलाई पनि राम्ररी चिन्नु र बुझ्नु हुने माक्र्सले भन्ने गर्नुहुन्थ्यो : “ बाइरन र शेलेविचको खास अन्तर निम्न कुरामा निहित छः जस्ले उनहिरुलाई बुझ्दछन् र माया गर्दछन्, तिनीहरु बाइरनको ३६ बर्षको उमेरमा मृत्यु भएको कुरालाई सौभाग्यकोरुपमा लिन्छन्, कारण बढी बाँचकेका भए उनी एक प्रतिकृयावादी बुर्जुवा बन्ने थिए ; त्यसको विपरित , तिनीहरु शेलेको २९ बर्षमा मृत्यु भएको कुराप्रति खेद प्रकट गर्दछन्, कारण उनी सच्चा क्रान्तिकारी थिए र उनी सदा समाजवादको अग्रपंक्तिमा रहने थिए ।” पेज नम्बर २७१ प्रगति प्रकाशन, मास्को
शेलीले राजनीतिक, सामाजिक र दार्शनिक मुद्दाहरूमा गद्य कथा र धेरै निबन्धहरू पनि लेखेको भएपनि उनको मृत्युपर्यन्त प्रकाशनमा आएका थिए । बहुपत्नी तथा अनेकौं प्रेमिकाहरुको सहवासमा प्रष्टै देखिन्छ । छोरा छोरीको मृत्युले पनि उनी निक्कै दुखी थिए । उनको आन्दोलनकारी स्वभावका कारण विभिन्न देशहरुमा भौंतारिइरहेकाले उनको कला र साहित्यमा कैंयो देशका प्रसंगहरु जीवित भएर आएपनि उनमा भ्रामरी जस्तो रोगका कारण पनि उनको जीवन जटिल नै रहेको देखिन्छ । तर पनि उनले त्यसलाई सहजै र आनन्दले भोगेको पनि देखिन्छ । शेलीले सबैभन्दा प्रसिद्ध राजनीतिक कविताहरू मध्ये एक अराजकताको मास्क कृति दुई हप्तामा रचेका थिए । चर्चित जनपक्षीय कविको निधन ८ जुलाई सन १९२२ मा इटालीमा भएको थियो ।
Be the first to comment