धन बहदुर बिक,
काठमाडौँ, २४ पुसः स्वतन्त्र चालक फाउण्डेशन नेपाल नेपालको सबभन्दा ठूलो महासङ अन्टुफमा आबद्ध भएको छ । चालकहरूको हकहित, अधिकार र पेशागत सुरक्षाका लागि अझ प्रभावकारी रूपमा अघि बढ्ने उद्देश्यले संगठनात्मक एकता गरेको छ ।
करिब दुई वर्षदेखि चालकहरूको समस्या, अधिकार र सामाजिक सुरक्षाका विषयमा सक्रिय रहँदै आएको स्वतन्त्र चालक फाउण्डेशन नेपालले काठमाडौँमा स्थित अन्टुफको केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अन्टुफसँग संगठन एकताको घोषणा गरेको हो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका फ्याक्सन इन्चार्ज एवं नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले सम्पूर्ण टिमलाई स्वागत गर्दै चालक वर्ग श्रमिक आन्दोलनको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेका गरे। चालकका समस्या समाधानका लागि ट्रेड युनियन मार्फत एकीकृत संघर्ष आवश्यक रहेको उनको भनाइ थियो ।
अन्टुफका वरिष्ठ उपाध्यक्ष धनबहादुर बिक, उपाध्यक्ष प्रकाश श्रेष्ठ र महासचिव शालिकराम काफ्लेले चालकहरूको पेशागत अधिकार सुनिश्चित गर्न संगठनले सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन ।


स्वतन्त्र चालक फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष मुक्तिनाथ फुयाल, केन्द्रीय उपाध्यक्षहरू रामप्रसाद ढकाल र धनलाल नापित, सचिव अजितकुमार चौधरी, सह–सचिव बिमला बास्तोला फुयाल र कोषाध्यक्ष प्रेमलाल मेसु सहभागी थिए ।
त्यसैगरी केन्द्रीय सदस्यहरू कृष्णबहादुर कार्की, मनिष नापित, सुदिप भण्डारी, महावीर थापा र खेमबहादुर नेपालीको पनि उपस्थिति रहेको थियो ।
फाउण्डेशनले चालकहरूको पक्षमा कानुन निर्माण, श्रम अधिकार, सामाजिक सुरक्षा र पेशागत मर्यादाका लागि अझ सशक्त अभियान सञ्चालन गर्न अन्टुफमा आबद्धता आवश्यक भएको जनाएको छ । संगठन एकता लगतै श्रम विभागमा ट्रेड युनियन दर्ता गर्ने निर्णय समेत गरिएको छ ।
संगठन एकताले देशभरका चालकहरूलाई संगठित गर्दै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्याउने विश्वास लिइएको छ । यस युनियनमाकरिब १ लाख चालक सदस्य थपिन सक्नेस्वतन्त्र चालक फाउण्डेसनको दाबि समेत रहेको छ ।


Be the first to comment