हामी समयको युद्धबन्दी हौ : भारतिय प्रगतिबादी कवि शशि प्रकाश

हामी समयको युद्धबन्दी हौं-
तर युद्ध त हामीले अहिले हारेका छैनौ
लालिमा छ अलिकती पुर्बको
तर बिहानको निभ्दै गरेको तारा होइनौ हामी
सत्य यहि हो, हो सत्य यहि हो
मोर्चामा अलिकती पराजय भएर पछि सरेका हौँ हामी
युद्धमा तरपनि डटेका छौं हामी, डटिरहेका छौं हामी!
ग़ुम्बद अलिकती फोरेका थियौ हामीले
तर किल्ला पूँजीको भत्काउन सकेका थिएनौ ।
बिजयको केही मसाल हामीले झोसेका थियौं
उषाले अँध्यारोंको ब्यूहलाई तोड्न सकेको थिएन
थिएनौ हामी त्यो भ्रममा ।
ज़ाऊँ अब समयको यो फलामे जेलघरलाई भत्काऊँ
ज़ाऊँ जिन्दगीको पाटोलाई हाम्रै शक्तिले घुमाउ /फर्काऊँ
हारबाट शिक्षा लिऔ फेरि जुटौ , अघि बढौ फेरि हामी ।
न्यायको यो महाकाब्यात्मक समरमा
हारोस बरु सत्यले पटक पटक
अन्तिम जीत उसैको हुनेछ
आज फेरि यो घोषणा गर्दछौं हामी
हामी समयको युद्धबन्दी हौ …
भारतिय प्रगतिबादी कवि: शशि प्रकाश
– गणेश चितौरेको मुहार पुस्तकबाट
भावानुबाद: जय कार्की
जेष्ठ ४ गते २०८२ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*