अध्यक्ष प्रचण्डद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा
काठमाडौं, असोज १० – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।
यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याउनुभयो। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भन्नुभयो।
संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिनुभएको छ ।
बैठक सम्पन्नसंगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।

नेकपा (माओवादी केन्द्र) को सॅातौ पूर्ण बैठक यी निर्णय गर्दै सम्पन्न ।
* केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
* पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
* नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।
* जेन-जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
* आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
* अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
* विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने
जेन-जी प्रतिनिधित्वबारे अध्यक्ष प्रचण्ड

अब केन्द्रीय समिति बनाउँदा या वडा, पालिका समिति या प्रदेश समिति बनाउँदा पनि हामीले जेनजी युवाहरुलाई प्राथमिकता दिनै पर्छ।
अहिले हामीले दिएको पुगेन र अधिकतम् कति सकिन्छ हामी जेन्जीलाई ल्याउनु पर्ने हामी अरुले कति छोड्न पर्छ छोड्दा भयो किनभने राष्ट्र संकटमा परेको छ र यो संकटबाट राष्ट्रलाई पार लगाउनु छ त्यसकारण यो बारेमा पनि सबै कमरेडहरु सोच्न थाल्नु पर्यो ।
तपाईहरु आफ्नो आफ्नो एरिया भित्र आफ्नो आफ्नो जिम्मेवारी भित्र आफ्नो आफ्नो मोर्चा भित्र जेन्जी खोज्न पर्यो अलि गतिशील सक्रिय सक्षम त्यस्ता जेन्जीहरु लाई संगठित गरेर तिनीहरुलाई अगाडी ल्याउने साथै युवाहरुलाई उच्च प्राथमिकता दिनु पर्यो
सम्पत्ति छानबीन, नेपोटिज्म र जीवनशैलीबारे अध्यक्ष प्रचण्ड

[ ] यो केन्द्रीय समितिको सर्वसम्मत निर्णयको रूपमा सम्पत्ति छानबिन आयोग बन्नेछ, जसले मुख्यत: केन्द्रीय समितिका र पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नेछ। विगतमा पनि हामीले सबैले पहिला सम्पत्ति विवरण प्रस्तुत गरौँ भन्यौँ तर कोही पनि प्रस्तुत गर्न रुचि राखिएन। अब त्यस्तो हुन सक्दैन, त्यसैले सम्पत्ति छानबिन आयोग बन्छ र त्यसले गम्भीर रूपले काम गर्नेछ
[ ] नेपोटिजमबारे पनि कुरा आएको छ। संसारभरि एउटा ट्रेन्ड चलेको छ—नेपोटिजम, अर्थात् नातावाद, कृपावाद, परिवारवाद, गुटवाद। आफ्ना गुटका मान्छेलाई छुट दिने र अरुलाई दण्ड दिने प्रवृत्ति पनि यसमै पर्छ। यो शब्द पश्चिमतिरबाट आएको हो र विभिन्न देशमा सत्ता परिवर्तन र युवाहरूलाई आन्दोलित गर्न सफलतापूर्वक प्रयोग भएको छ। नेपाल पहिलो होइन, अन्तिम पनि होइन। यो इन्टरनेशनल ट्रेन्डको रूपमा आएको हुँदा हामीले यसको महत्त्व र संवेदनशीलतालाई मिनिमाइज गर्न मिल्दैन। त्यसैले परिवार व्यवस्थापन, सचिवालय व्यवस्थापन, कार्यकर्ता व्यवस्थापनलगायतका सबै विषयमा पुरानो तरिका छाडेर नयाँ कार्यविधि र नयाँ कार्यशैलीतर्फ जानै पर्छ। नेपोटिजमको अनुभवबाट शिक्षा लिएर नयाँ ढंगले अघि बढ्नु हाम्रो प्रस्तावको स्पिरिट हो
[ ] जीवनशैली, कार्यशैली, सांस्कृतिक आचरण र अभिव्यक्तिहरूलाई निश्चित संहिताभित्र ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ। जेन्जी आन्दोलनको प्रभावले हामीलाई जीवनशैली, कार्यशैली, कार्यालय व्यवस्थापन, हेडक्वाटर र विभिन्न स्तरका कार्यालयमा स्टाफ व्यवस्थापनबारे नयाँ सोच्न बाध्य पारेको छ। नीतिगत रूपमा यो प्रस्तावमा पारिसकेको छ। अब यसको ठोस र व्यवहारिक रूप निर्धारण गर्नुपर्छ र यो प्रक्रिया यो बैठक सकिएपछि नै सुरु गर्नुपर्नेछ।
[ ] अब नेतृत्व, पदाधिकारी लगायतले कस्तो बन्ने, के खाने, कस्तो देखिने भन्ने विषयमा पनि सोच्न जरूरि छ। हाम्रो जीवनशैली कस्तो हुने? म यसबारेमा लिखित सुझाव दिन सबैमा आग्रह गर्दछु।


Be the first to comment