नेकपा धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि मजदुर नेता जगत सिम्खडा सहित २६ जनाको नाम सिफारिस

धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि उम्मेदवार आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ।

क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फ गरी कुल २६ जनाको नाम सिफारिस गरेको हो। बैठक इन्दिरा ढुङ्गानाको अध्यक्षतामा तथा नेकपा केन्द्रीय नेता राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ जगत बहादुर सिम्खडा , रामबहादुर भण्डारी, पुष्प विक्रम मल्ल, अञ्जन थापा ‘कुमार’, नवराज गौली, अनिल रिजाल, , सरला धमला र शिशिर तामाङको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ इन्दिरा ढुङ्गाना, सरला धमला, लीलामणि न्यौपानेसहित १५ जनाको नाम सिफारिस गरिएको छ। त्यसैगरी राष्ट्रिय सभातर्फ विष्णु पुकार श्रेष्ठ, गुरु प्रसाद बुर्लाकोटी, मोहनबहादुर कार्की र रामप्रसाद सापकोटा (कमल) को नाम सिफारिस गरिएको छ।

क्षेत्रीय समितिले पार्टीको मापदण्ड, समावेशिता तथा राजनीतिक योगदानका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरिएको जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*