तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको हार्दिक शुभकामना-संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

 

नेपाली तमु समुदायले मनाउने ल्होसार पर्व तथा दुरा समुदायले मनाउने म्हैप्रु नकुमा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

हाम्रा संस्कृति र संस्कारहरू हाम्रो पहिचानका स्तम्भ हुन्। तिनैले समाजलाई विविधताभित्र पनि एकताबद्ध बनाउँदै आएका छन्। आपसी सद्भाव र सहअस्तित्व हाम्रो सांस्कृतिक जीवनको सुन्दर आधार हो। तमु समुदायले श्रद्धा र हर्षका साथ मनाउने ल्होसार तथा दुरा समुदायको गौरवपूर्ण म्हैप्रु नकुमा पर्वले नेपालको बहुसांस्कृतिक पहिचानलाई जीवन्त रूपमा उजागर गर्दै आएका छन्।

बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल रहेको नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र साँचो अर्थमा राष्ट्रिय एकता सुदृढ हुन्छ। परिवर्तनका हरेक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएका यी बहुल समुदाय तथा उनीहरूका संस्कृतिहरूलाई गणतन्त्रको छहारीमा संरक्षण, सम्मान र प्रवर्द्धन गर्दै फक्रिन दिने वातावरण बनाउनु आजको आवश्यकता हो।

अन्तमा, ल्होसार पर्वलाई हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यस पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूबीच पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ गहिरो र मजबुत बनाओस् भन्ने कामना गर्दछु।
१५ पुष,२०८२
ने.सं.११४६, पोहेलाथ्व नवमी

…………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*