रुकुमपूर्व, ६ फागुन
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहिद परिवारले निर्वाचनका लागि सहयोग गरेका छन्। मतदाता भेटघाटका लागि पुग्नु भएका प्रचण्डलाई सिस्ने-८, धपेका सहिद परिवारले निर्वाचन परिचालनका लागि संयुक्त रूपमा १ लाख ५०५ रूपैयाँ सहयोग गरेका हुन् ।
बुधबार धपेमा आयोजित जनभेटघाट कार्यक्रममा सहिद हरिचन्द्र पुनका बुवा पदमबहादुर पुनले सहिद परिवारहरूको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गर्नु भयो । सिस्नेको ८ नम्बर वडाबाट जनयुद्धमा २० जना सहिद भएका छन्।

रुकुमपूर्वका प्रतिनिधि सभा उम्मेदवार प्रचण्डले उक्त रकम निर्वाचन परिचालन समितिका संयोजक गणेशमान पुनलाई हस्तान्तरण गर्नुभयो ।
जनभेटघाटमा संयोजक प्रचण्डले सहिद परिवारको सहयोग साङ्केतिक तर शक्तिशाली भएको बताउनुभयो
। उहाँले सबै परिवर्तन सहिदको वलिदानबाट सम्भव भएको बताउनु हुँदै सहिद र परिवारजनप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले सहिद परिवारलाई सम्मान समेत गर्नुभयो।


Be the first to comment