२०८२/०३/०६ गते, अखिल नेपाल औद्योगिक मजदुर संघ दि. नेपाल डिष्टिलरी नेपाल प्रा. लि.को काठमाण्डौ महानगर पालिका वडा नं. १६ बालाजु मा चौथो सम्मेलन कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामासंचालन भयो । सो सम्मेलनको प्रमुख अतिथि , यसै संघका केन्द्रीय उपाध्यक्ष राम जी मण्डलले पानसमा बत्ती बालेर भव्यरुपमा उत्घाटन गर्नु भयो ।
उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रशासन सक्रिय अधिकृत श्री जनकराज रेग्मीलगायतले मन्तव्य राख्नु भएको थियो । अतिथी उपस्थितिमा संघका केन्द्रीय सचिव खड्ग बहादुर लामा, संघका बागमती प्रदेश उपाध्यक्ष भोज बहादुर रंगाली ठकुरी , अखिल नेपाल औद्योगिक मजदुर संघ किरणशुज मेनुफ्यक्चर्सका सचिव खड्ग बहादुर श्रेष्ठको उपस्तिथि रहेको थियो l सम्मेलन बाट कृष्ण प्रसाद पाण्डेको नेतृत्वमा १३. सदस्य कार्यसमिती चयन गरियो
अन्तमा नवनिर्वाचित अध्यक्ष क. कृष्ण प्रसाद पाण्डेले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम भव्यरूपमा सम्पन्न भएको घोषणा गर्नु भयो ।


Be the first to comment