अखिल नेपाल संघ संस्था, संचार तथा छापाखाना श्रमिक संघको प्रशिक्षण सम्पन्न

अखिल नेपाल संघ संस्था, संचार तथा छापाखाना श्रमिक संघ नागरिक उड्डयान मूल इकाई समितिले एयरपोर्टमा श्रमिकहरुको विचमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

श्रमिकका अधिकार स्थापित गर्न पेशागत संगठन र अखिल नेपाल टे«ड यूनियन महासंघको भूमिकाका विषयमा राखिएको प्रशिक्षण कार्यक्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अखिल नेपाल टे«ड यूनियन महासंघका फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामदीप आचार्य, अखिलनेपाल टे«ड यूनियन महासंघका केन्द्रीय अध्यक्ष जगत सिंखडा, अखिल नेपाल टे«ड यूनियन महासंघका बरिष्ठ उपाध्यक्ष धन बहादुर वि.क., महासंघ उपाध्यक्ष विष्णु थापा, अखिल नेपाल संघ संस्था संचार तथा छापाखाना श्रमिक संघका अध्यक्ष तथा अखिल नेपाल टे«ड यूनियन महासंघका कोषाध्यक्ष इन्दिरा शर्मा, अखिल नेपाल संघ संस्था संचार तथा छापाखाना श्रमिक संघ नागरिक उड्यान मूल इकाई समिति प्रमुख सल्लाहाकार पुरुषोत्तम सिंखडा, नागरिक उड्डयान प्राधिकरण, कर्मचारी संगठनका अध्यक्ष सुवास कोइराला लगायतले विभिन्न विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
प्रशिक्षणका क्रममा अतिथिहरुले संगठनको महत्वलाई केलाउँदै संगठनलाई श्रमिकको असल साथीको रुपमा चित्रण गर्नुभएको थियो । उहाँहरुले संगठन बिना श्रमिकले उपलब्धी हासिल गर्न नसक्ने र श्रमिक बिना संगठनले योजना कार्यान्वयन गर्न नसक्ने हुँदा श्रमिक र संगठन वीचको अन्योन्याश्रित सम्बन्धलाई केलाउनु भएको थियो । अतिथिहरुले बलियो संगठन निर्माणको लागि टे«ड युनियनकर्मीृ र श्रमिकहरुले खेल्नुपर्ने भूमिकाका विषयमा विस्तृत रुपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र यूनियन हाउसमा सम्पन्न प्रशिक्षण कार्यक्रम अखिल नेपाल संघ संस्था, संचार तथा छापाखाना श्रमिक संघ, नागकि उड्डयान मूल इकाई समितिका अध्यक्ष कैलास दाहालको सभापतित्वमा सम्पन्न भएको थियो । इकार्य समितिका सह सचिव मोहन बहादुर साउदले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन इकाई समितिका सचिव रविन्द्र न्यौपानेले गर्नुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*