नेपाल टेलीकॉम आउटसोर्न्सिंग बंद गर!
मज़दूरमाथीको शोषण, दमन गुंडागर्दी बंद गर!!
नेपाल दुर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) प्रादेशिक निर्देशनालय कोशी प्रदेश बिराटनगरले श्रम ऐन २०७४ बिपरित सेक्युरिटी मजदुरहरुको उमेर हद ५० बर्ष र कुनै पनि संग संगठनमा आबद्ध हुन नपाउने गरि आउट सोर्सिङ प्रक्रिया मार्फत टेण्डर आह्वान गरेको छ।
श्रम ऐन २०७४ बिपरित राखिएको मजदुर बिरोधि बुँदाहरु खारेजीको मागगर्दै अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश समितिको तर्फबाट नेपाल दुर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम ) प्रादेशिक निर्देशनालय कोशी प्रदेश बिराटनगरका क्षेत्रीय प्रबन्ध निर्देशकलाई सम्बोधन गरि र श्रम तथा रोजगार कार्यालय बिराटनगरलाई बोधार्थ सहित अखिल नेपाल सेक्युरिटी मजदुर संघका प्रदेश अध्यक्ष क.टेक नारायण श्रेष्ठ र प्र्देश सचीव क.श्याम गौतम द्वारा मिति २०८१/०८/११ गतेका दिन ध्यानाकर्षण पत्र बुझायो ।
Be the first to comment