अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टी सल्लाहकार सीता दाहालको श्रद्धान्जलिसभा
संघीय गणतन्त्र नेपालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवन संगिनी तथा पार्टीको सल्लाहकार सीता दाहालको आज साउन २ गतेका दिन प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धान्जलि सभा आयोजना गरी उहाँको जीवनको सांगोपांगो जीवनको चर्चा गर्दै स्मरण गरिएको छ, श्रद्धान्जलि सभा गरिएको छ ।
उहाँको जीवन संघर्ष नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा क्रान्तिकारी उर्जाकासाथ अघि बढेको छ । उहाँको नाम र क्रान्तिको देन अमीट रहेको छ । कुनै पनि पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ भने जस्तै कामरेड सीता दाहालले जनआन्दोलनको समरभरी पनि अध्यक्ष प्रचण्डको साथ कहिल्यै छोड्नुभएन । ज्यानको कुनै पर्वाह नगरी जनताको मुक्ति युद्ध महान जनयुद्ध संगसंगै, काँधमा काँध मिलाई लड्नुभयो ।
त्यसरी नै एक छोरी र छोराको सबैभन्दा पींडादायक क्षणलाई झेलेर पनि पार्टी अध्यक्ष, घरपरिवार तथा सिंगो पार्टीलाई अभिभावकत्व प्रदान गर्नु भएको थियो । त्यसकारण उहाँलाई क्रान्तिको योद्धा तथा आमाको उपाधिसमेत आम शोकसन्तप्त नेपाली आमजनले सहर्ष प्रदान गरेका छन् ।
उहाँ प्रधानमन्त्रीको जीवन संगिनी हुनुहुन्थ्यो तर अरु अरु प्रधानमन्त्री पत्नीहरुले जसरी सत्ता संचालनमा अनाबश्यक दवाव, हस्तक्षेप वा निहीत स्वार्थका खातिर कहिल्यै कुनै कदम चाल्नुभएन । यो उहाँको सबैभन्दा शुन्दर पक्ष रहेको छ भनि सर्बत्र प्रशंसा गरिएको छ ।
उहाँका दुई छोरीहरु पनि नेकपा माओवादी केन्द्रको होनहार नेतृकोरुपमा चर्चित हुनुहुन्छ । उनै पार्टी सल्लाहाकार, अध्यक्ष प्रचण्डको जीवन संगिनी तथा नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको धरोहरप्रति हार्दिक श्रद्धान्जलि सहित श्रद्धान्जलि सभाको केही तस्विर प्रस्तुत गरेका छौं ।
Be the first to comment