अन्टुफको कार्यशाला कार्ययोजना सर्बसम्मत पारित गर्दै सम्पन्न

नगरकोट, २ असोज । अखिल नेपाल टे«ड यूनियन महासंघको दुई दिने कार्यशाला नगरकोट स्थित होटल हिमालयन ग्लासियरमा शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा अखिल नेपाल टे«ड यूनियन महासंघका फ्याक्सन इन्चार्ज जयपुरी घर्तीले पानसमा बत्ति बालेर कार्यशालाको उद्घाटन गर्नुभयो छ ।
उद्घाटन मन्तव्य राख्दै समसामयिक राजनीतिक परिस्थितिको विषयमा प्रशिक्षण प्रदान गर्नु भयो । उहाँले नेपालको टे«ड यूनियन आन्दोलनको नेतृत्व अखिल नेपाल टे«ड यूनियन महासंघले नै गर्ने गरी कार्यशालाले योजना बनाउनु पर्ने बताउनु भयो ।
महासंघ केन्द्रका पदाधिकारी, विज्ञ समूह प्रमुख, पेशागत संगठनका अध्यक्षहरु सम्मिलित दुई दिने कार्यशाला असोज २ र ३ गते सम्म चल्ने छ । कार्यशालाले महासघको आगामी योजनामाथी छलफल गर्दै नेपालको मजदुर आन्दोलनको गम्भीर समीक्षा गर्ने छ ।
कार्यशालामा अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष जगत सिंखडाले १६ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत कार्यपत्र माथी सहभागीहरुले आ–आफ्नो जिज्ञासा राखेपछि कार्यशालामा अध्यक्ष सिंखडाले अन्तिम निष्र्कष प्रदान गर्दै प्रस्तुत प्रतिवेदनमा प्राप्त सुझावहरुलाई समावेश गरी कार्यपत्रलाई अन्तिम रुप दिईने छ ।
कार्यक्रमको संचालन महासंघका महासचिव शालिक काफ्ले र स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष धनबहादुर वि.क.ले राख्नु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*