
शरद सुबेदी, ४ भाद्र, काठमाण्डौं: अखिल नेपालट्रेड यूनियन महासंघ केन्द्रीय समितिले विद्यमान श्रम कानूनमा रहेका समस्या र समाधानका विषयमा केन्द्रीत रहेर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यहरुको विचमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महासंघका अध्यक्ष जगत सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघ फ्याक्सन इन्चार्ज जयपुरी घर्ती प्रमुख अतिथि हुनुहुन्थ्यो ।
प्रमुख अतिथिले कार्यक्रमको शुरुमा नै श्रम कानूनलाई थप व्यवस्थित गर्दै श्रमिकहरुको पक्षमा भूमिका खेल्न संसद सदस्यहरुलाई आग्रह गर्नुभएको थियो । संघीय संसदका सदस्यहरु माननीय झक्कु प्रसाद सुवेदी, माननीय सुरेश आलेमगर, माननीय श्रीकृष्ण अधिकारी, माननीय नर बहादुर विष्ठ, माननीय विमला सुवेदी, माननीय राजन दाहाल, माननीय गंगा कार्की, माननीय सूर्यमान दोङ्ग, माननीय गंगा कुमारी बेल्वासे, माननीय रेनु चन्द, माननीय रुपासोसी चौधरी, माननीय ज्ञानु बस्नेत, माननीय रामकुमाराई माननीय जग प्रसाद शर्मा, माननीय कल्पना मिया, माननीय दुर्गा राई लगायतको उपस्थिति रहेको थियो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघका पदाधिकारी र संघीय संसदहरुको विचमा अधिवक्ता सोम लुईटेल र अधिवक्ता युवराज लुईटेलले श्रम ऐन, ट्रेड यूनियन ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा भएका श्रमिक पीडित हुने बुँदाहरु, ऐनको कार्यान्वयनमा देखिएका समस्याहरु, न्यूनत्तम वेतनले श्रमिकको जीवनधान्न नपुग्ने र नेपालको श्रम बजारमा सामुहिक सौदावाजीको सम्बन्धमा फरक फरक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी अन्तरष्ट्रिय श्रम कानून र तिनको कार्यान्वयनमा नेपालले खेल्नु पर्ने भूमिकाका विषयमा आईं.एल.ओ. नेपालका सिनियर प्रोग्राम अफिसर बिना थापा कुावरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा माननीय गंगा कार्की, माननीय झक्कु प्रसाद सुवेदी र माननीय विमला सुवेदीले श्रम कानूनका समस्याहरुको विषयमा सघीय संसादहरुका विचमा गरेको अन्तरक्रिया कार्यक्रमले नेपालको श्रम कानूनलाई व्यवस्थित र समृद्ध बनाउन अत्यान्तै सहयोग पुग्ने बताउनु भयो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव शालिकराम काफ्लेले संचालन गर्नुभएको उक्त कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष धन बहादुर वि.क.ले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।




Be the first to comment