अन्तरिक्षमा पुग्ने संसारको पहिलो मजदुर महिला भेलेन्टिना- जय कार्की

संसारको पहिलो महिला अन्तरिक्ष यात्री भेलेन्टिना भ्लादिमिरा तेरेस्कोभाको जन्म सन १९३७ को मार्च छ का दिन एक जना ट्याक्टर चालक तथा राष्ट्रिय मुक्ति आन्दोलनका योद्धा भ्लादिमीरको छोरी थिइन उनको पिता फिनल्याण्डको सिमानामा दोश्रो विश्व युद्धमा शहीद भएका थिए । उनी उनको जन्म थलोको सहर यारोस्लाभलमा स्थापना गरिएको क्रास्निय पेरेकोप टेक्सटायल कारखानामा १० वर्षको उमेरदेखी काम गरेर विदुवा आमालाई पाल्थिन । भने उनी सानै देखि पाराशुट मा चढेर हावामा उड्न निकै शौखिन थिइन अर्को कुरा के छ भने सन १९६० ताका सोभियतहरुको हरेका सहरमा पारासुट क्लब स्थापना गरिएको थियो । उनी युवा कम्युनिष्ट लिगसित पनि सम्वन्धित थिइन । उनी कम्युनिष्ट पार्टीको दृढ समर्थक थिइन र जीवनको सवैभन्दा सुनौला दिनहरु उनले कम्युनिष्ट पार्टीमा विताएकी थिइन । सोभियत संघले सन १९६१ मा युरिगागरिनलाई अन्तरिक्षमा पठाई सकेको थियो युरिगागरिनले संसारलाई नै चकित पारिसकेका थिए । भने सोभियत संघ महिला र पुरुषलाई वरावरीको हकदार मान्ने र दिने संसारको पहिलो समाजवादी राष्ट्र थियो । अन्तरिक्षमा महिला त्यसमा पनि मजदुरलाई पठाएर संसारलाई चकित पार्ने र पुजिवादी राष्ट्रहरुलाई उछिन्न आंतुर थियो ।
महिलालाई अन्तरिक्षमा पठाउने भएपछि एक जना महिलाको खोजीमा लागि सकेको थियो । देशभरीवाट महिलाहरुको छनौट गर्न शुरु गरिएको थियो । भ्यालेन्टिना सन १९६२ को १६ फरवरीका दिन महिला कस्मोनाउट कर्पसमा चुनिएकी थिइन । यसरी छानिनेक्रममा ४०० जना उमेदवारमध्ये भ्यालेन्टिना प्रथम भएकी थिइन । उनले अन्तरिक्ष यात्रामा जानकोलागि उम्मेदवारी दिएको कुरा र तयारीका वारेमा उनले आमा र कारखानाका साथीहरुवाट झण्डै एक वर्षसम्म गोप्य नै राखेकी थिइन । अनेकौ प्रकारको तालिम र अध्ययन पश्चात मिग १५ युटिआई जेट फाइटरमा पाइलट तालिम दिइएको थियो । उनी अन्तरिक्ष यात्राको तालिम लिइरहदा २६ वर्षकी थिइन ।
सन १९६३ को जुन १६ का दिन उनी अन्तरिक्षमा उडेर ३ दिन पछि पृथ्वीको धुरीलाई ४८ फन्को मारेर पृथ्वीमा सकुशल उत्रिएकी थिइन । आधा शताब्दी वितिसक्यो उनी अन्तरिक्षमा गएको उनी ७६ वर्षकी भइसकिन अहिले पनि पनि रुसी महासंघको सर्वाधिक चर्चित ब्यक्तित्व हुनुहुन्छ । भनिन्छ उनी अन्तरवार्ता दिन वा संचार माध्यममा जान खासै मनपराउदिनन् ।
अहिले उनी राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रसिया पार्टीको सभासद हुनुहुन्छ ।
भ्यालेन्टिनासित इष्र्या गर्नेहरुले उनलाई अन्तरिक्ष यात्राको अवधिको विषयलाई लिएर टिकाटिप्पणी गर्दै भनेका थिए । निदाएको निदाएको निदाएकै र वान्ता गरेको गरेकै गर्नाले पृथ्वीमा ल्याण्ड गर्ने वेलामा संचारको भूमिका राम्रो गरिनन् भनि । यो आरोपको उनको छोरी एलेनाले ठाडै अस्वीकार गरेकी छन् । र आमाको हवाला दिदै भनेकी छन आमाका केही इष्र्या गर्नेहरुले भनेका हुन त्यो वेलाको एउटा माहौल त्यस्तै थियो ।

 

भ्यालेन्टिनाको ८९ वर्षकी फुपु लिदिया अक्सोनोभा भन्छिन भाल्या चेरीकोरुखमा चढन खुब मनपराउथिन कहिलेकहिं लडेर उनको घुडामा घाउ हुन्थ्यो तर कहिल्यै दुखेसो गरेर रुदैन थिइन ।
भ्यालेन्टिना सोभियत संघ र कम्युनिष्ट पार्टीको सत्ता समाप्त भएकोमा उनी साह्रै दुखी छन् उनी भन्छिन् जसरी हरेक जनताले सोभियत संघलाई संझन्छन् यो मेरो लागि यो ध्वंश ब्यक्तिगतरुपमा गहिरो दुखान्त हो । जनताको लागि भयंकर दुखान्त हो । तर अलि हामी नयां समय अनुसार वांचिरहेका छौं । हामीले रसियालाई फेरी महान वनाउन सबै थोक गर्न आवश्यक छ ।
यतिखेर म पुटिनलाई यसकारण समर्थन गरिरहेकी छु उनी हाम्रो देशलाई विश्वको सवैभन्दा महत्वपूर्ण वनाउन खोजेका छन् र सवैको जीवनस्तर सुधार्न लागेका छन् । निकै रोचक कुरा त के भने पृथ्बीको कक्षमा ३ दिनसम्म विताएर पृथ्बीमा उत्रिएपछि उनको इज्जत सम्मान यो विश्वको सर्वोच्च स्थानमा पुगेको थियो । उनको जीवन सामान्य कारखाना मजदुरवाट एकाएक परिवर्तन अन्तरिक्ष यात्रीमा शुसोभित भएकी थिइन । पृथ्वीमा अवतरण भएपछि अनेकौ मेडिकल तथा साइकोलोजी परीक्षण पशचात । उनको स्वागतमा सोभियत संघ नै उत्रेको थियो । उनलाई खुल्ला सवारी गाडिमा राखेर फूलमालाले सजाएर सहर परिक्रमा गराउदै लेनिनको शव सजाएर राखेको स्थान रेड स्क्वाएर लगिएको थियो गराइएपछि कारखानामा वापस आएकी थिइन । एक जना नजिकवाट उनलाई देख्नेले भनेका छन् उनी पाउ देखि शीरउसम्म नै सम्पुर्णरुपले सर्वहारावर्गकी वीरंगना थिइन उनलाई राजकीय सम्मान गरिएको थियो । उनी शीत युद्धको समयको जेण्डर समानताको प्रतिमा वनेकी थिइन ।
अन्तरिक्ष यात्रावाट फर्किएको केही समय पछि उनको अन्तरिक्ष सहयात्री एन्ड्रियन निकोलायभसित विवाह गरेकी थिइन । राष्ट्रपति ख्रुश्चेभले यो विहेभोजको आयोजना गरेका थिए । तर यो विहे लामो समयसम्म रहेन । केही वर्षपछि नै लिओनिद ब्रेजनेभको अनुमोदनमा सन १९८२ मा पारपाचुके भएको थियो । र आर्को विवाह गर्नु परेको थियो । टेरेस्कोभा भोस्टोक –६ वाट उडेको १९ वर्ष पछि अर्की महिला स्वेतलाना साविस्काया अन्तरिक्षमा उडेकी थिइन भने सन १९६९ को अक्टोबर महिनामा महिलाहरुको लागि अन्तरिक्ष समूहको विघटन गरिएको थियो ।
भ्यालेन्टिना कम्युनिष्ट पार्टीको महत्वपूर्ण व्यक्तित्व बनेकी थिइन । उनी कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा चयन भएकी थिइन भने सोभियत सशस्त्र सेनाको पहिलो महिला जर्नेलमा नियुक्त भएकी थिइन । भने उनलाई सोभियत संघको अन्तरिक्ष अभियानको सफलताको सूचक मान्दै उनको नामको टिकट प्रकाशित गरिएको थियो भने उनलाई त्यसो हुन सकेन ।
संचार जगतमा आउन खासै रुची उन्मा थिएन । उनी भन्छिन टेलिभिजन र प्रेसमा छाउने मेरो पटक्कै मन छैन । हामी सवैको व्यक्तिगत जीवन छ र सार्वजनिक जीवनले व्यक्तिगत जीवनमाथि अवरोध ल्याउछ ।

भ्यालेन्टिना ७६ वर्षको भएकी छन् । उनको लोकप्रियतामा कतै कमी आएको छैन । भ्यालेन्टिनाको बीर योद्धा युद्धमा लडिरहेको अवस्थामा ट्यांक भित्र नै जलेर शहीद भएका थिए ।
शीत युद्धको समयको प्रधिस्पर्धाको विषयमा उनको भनाई छ हामीलाई आरा मगर्ने दिन अर्थात साप्ताहिक विदा थिएन । हामीले जतिसक्दो तयारी पुरा गर्नु परेको छ अमेरिकनलाई पछार्नु परेको छ ।किनकी उसले पनि अन्तरिक्षमा महिला पठाउने दौडमा थियो ।तर अहिले अन्तरिक्ष यात्राको लागि सवैले मिलेर कामलाई अघि वढाउन थालेका छन् ।
यो २०१३ जुन महिनाको १६ का दिन अन्तरिक्षमा गएको पचास वर्ष पुरा हुंदैछ । स्वर्ण जयन्तीको तयारीमा रसीया जुटेको छ ।

राज्यसत्ता परिवर्तन पछि पिंडा सहित उनको फुपु भन्छिन मैले त्यसवेला मेसिन गन चलाएर लेनिन ग्राडको रक्षा गरेको थिएं । तर यतिखेर त्यो गौरवमय दिन सवैले विर्सिए । मेरो घरको छाना चुहिएको छ ।म मर्मत गर्न सक्ने हालतमा छैन । मेरो सवै पेन्सन औषधी उपचारमै जान्छ ।
उनी आफनो भदैलाई कुनै दुख दिन चाहानन् उनको सोच छ मैले भाल्यालाई दुख दिनु हुदैन । उनी व्यस्त छिन उनको आफनै परिवार छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*