एरर्पोट मूल इकाई समितिले राखेको माग पुरा अन्तर्राष्ट्रिय विमानस्थल यएरर्पोट काठमाण्डौंमा कार्यरत झण्डै ३ सय सरसफाई श्रमिकहरुको तलव तथा अन्य सेवा सुविधामा २०७१ सालबाट भईरहेको विभेदको अन्त्य भएको छ ।
अखिल नेपाल संघ संस्था संचार तथा छापाखाना श्रमिक संघ, यएरर्पोट मुल इकाई समितिले श्रमिकहरु माथि भएको विभेदको अन्त्य गर्नको लागि नागरिक उडड्यान प्राधिकरण समक्ष विभिन्न समयमा माग पत्र पेश गरेको थियो । माग पत्र पेश गरेपश्चात विभिन्न समयमा मन्त्री, सचिव तथा महा निर्देशक समक्ष मूल कमिटिले सेवा प्रदायक श्रमिकहरुको विचमा भईरहेको विभेदको विषयमा पटक पटक स्पष्ट पारे पनि लामो समयसम्म पनि माग पुरा हुन सकेको थिएन ।
मूल कमिटिका अध्यक्ष कैलाश दाहालले मन्त्री एवं सचिवहरु समक्ष माग पुरा गराउन पटक पटक औपचारिक तथा अनौपचारिक छलफल गर्नुभएको थियो । पछिल्लो समय संगठनले मागपत्रमा उठाईएका विषयहरु पुरा गराउन आन्दोलनको तयारी स्वरुप भेटघाट छलफल र अन्तरक्रियालाई तिव्रता प्रदान गरिरहेको थियो ।
अखिल नेपाल टे«ड यूनियन महासंघले पर्यटन मन्त्रालयमा हुने मन्त्री तथा सचिव स्तरीय बैठकहरुमा पनि मुुल इकाई समितिको मागलाई सम्बोधन गर्न पहल गरिरहेको थियो । यसै क्रममा यही पुुष १६ गते बसेको नागरिक उड्डयान प्राधिकरण संचालक समितिको बैठकले झण्डै ९ सय सेवा प्रदायक श्रमिकहरुलाई समान हुने गरी सुविधा प्रदान गर्ने निर्णय गरेको छ । अव विभेदमा परेका श्रमिकहरुले नागरिक उड्डयान प्राधिकरणबाट प्राप्त हुने सवै सेवा सुविधा समान रुपमा सवैले प्राप्त गर्नेछन, उनीहरुको समान तलव भत्ता हुनेछ, सवै श्रमिकहरु सामाजिक सुरक्षा कोषमा अवद्ध हुुनेछन् ।
Be the first to comment