भावानुवाद- जय कार्की
तिम्रो जातीय घृणाले हामीलाई रोक्न सक्दैन
यो कुरा हामीलाई थाहा छ
तिम्रो पोल कर र जिम क्रो
को अन्त्य गर्नैपर्छ
लालचको अन्त्य गर्नुपर्दछ
तिमी फासिवादीहरु परास्त हुन बाध्य छौ
तिमी फासीवादीहरू हार्न बाध्ये छौ
तिमी सबै फासिस्टहरूलाई हराउन बाध्य छौं
मैले भने, तिमी सबै फासीवादीहरूलाई हराउन बाध्य छौं
हो, हामी सबै फासीवादीहरूलाई हराउन बाध्य छौं
तिमीहरु हार्न बाध्य छौ
तिमी फासिस्टहरू हार्न बाध्य छौ ।
हरेक रंगका, हरेक जातका मान्छे
संगसंगै हिड्दै
हिड्दै यी क्षेत्रहरू पार गर्दैछन्
जहाँ लाखौं फासिस्ट मर्छन्
तिमीहरु हार्न बाध्य छौ
तिमी फासिस्टहरूलाई हराउन बाध्य छौं
हामी यो लडाइमा जाँदैछौं
र हाम्रो युनियनले बन्दुक बोक्छ
हामी यो दासत्वको संसारको अन्त्य गर्नेछौं
यो युद्ध जित्नु अघि
तिमीहरुलाई हराउन बाध्य छौं
तिमी फासिस्टहरूलाई हराउन बाध्य छौं
अमेरिकाको चार्लोट्स्भिल्लमा घिनलाग्दा फासिस्ट प्रदर्शनकारीहरूको विरोध गर्दै उत्रिएका अमेरिकी मजदुर वर्गको सम्मानमा, उनिहरुको पक्षमा उभिएका समाजवादी पक्षधर तथा फासिवाद विरोधी अमेरिकी लोक गायक वुडी गुथ्री (जुलाई १४, १९१२–अक्टोबर ३, १९६७ न्युयोर्क) को क्लासिक गीत “अल यू फासिस्ट” को भावानुवाद ।
– पोल कर (Poll Tax) – ब्यक्ति नै पिच्छे लगाएको जटिल कर प्रणाली
– जिम क्रो कानून( Jim Crow Law) – रंगभेद जातिभेद विरुद्ध अभियान चलाउने ब्यक्ति वा संस्थालाई कार्वाही चलाउने, कडा दण्ड गर्ने अत्यन्तै छुद्र रंगभेदी कानून
अमेरिकी लोक गायक वुडी गुथ्री (जुलाई १४, १९१२– अक्टोबर ३, १९६७ न्युयोर्क)-
अमेरिकाको चार्लोट्स्भिल्लमा घिनलाग्दा फासिस्ट प्रदर्शनकारीहरूको विरोध गर्दै उत्रिएका अमेरिकी मजदुर वर्गको सम्मानमा, उनिहरुको पक्षमा उभिएका समाजवादी पक्षधर तथा फासिवाद विरोधी अमेरिकी लोक गायक वुडी गुथ्री (जुलाई १४, १९१२– अक्टोबर ३, १९६७ न्युयोर्क) को क्लासिक गीत “अल यू फासिस्ट” को भावानुवाद यहाँ प्रस्तुत गरिएको छ । क्लासिक अमेरिकी लोक गीत “दिस ल्यान्ड इज योर ल्यान्ड” लेख्ने वुडी गुथ्री कट्टर फासिस्ट विरोधी र कम्युनिस्टप्रति उनको सहानुभूति राख्ने गायक हुनुहुन्थ्यो ।
उनको संगीतले अमेरिकाको धुलित शरणार्थीहरूको संघर्षलाई उठाउन सफल भएको थियो उनीहरुलाई उठाउन सफल रहेका थियो । पिट सिगर र गुथ्री प्रगतिवादी तथा लोक गायककोरुपमा अमेरिकामा प्रशिद्धि कमाएका कलाकार हुन् । यी दुबै गायकको गीतहरु अहिले पनि कर्ण प्रिय रहेका छन् परिबर्तनको पक्षमा रहेका छन् । निरंकुशताको बिरुद्धमा रहेका छन् मजदुर वर्ग र रंगभेदको बिरुद्धमा सर्वाधिक सफल गीत रहेका छन् ।
त्यसकारण ती गीतहरु सदाबहार सफल गीत मानिएका छन् । पीट सीगरको गीत हामी जित्ने छौं हामी जित्ने छौं नेपाली भाषामा विख्यात प्रगतिवादी गायक रामेशले गाउनु भएको छ । त्यो पनि गजबको सुनिरहन मन लाग्ने र उर्जा भर्ने गीत रहेको छ । हिन्दी र बंगला भाषामा समेत यो गीत जत्ति पनि मजदुर वर्गको कन्सर्टहरुमा बजेको सुन्न पाइन्छ । अक्सर हड्ताल र संघर्षको समयमा यी गीतहरु सुन्न पाइन्छ । दिस ल्याण्ड इज योर ल्याण्ड गुथ्रीको गीत लोक गायक पिट सिगरले भव्य समारोहवीच अफ्रिकन अमेरिकन काला रंगका बाराकओबामाको स्वागतमा उनको राष्ट्रपति आरोहणको ऐतिहासिक समारोहमा आफ्नो संगीत मण्डलीकासाथ तपाई हामी सबैले यो गीत गाउँ है भन्दै प्रस्तुत गरेका थिए ।
पिट सीगरको हामी जित्ने छौं, हामी जित्ने छौं नामको गीत कैंयौ फिल्महरु उपयुक्त दृश्यहरुमा नयाँ ज्यान भर्न प्रशस्तै प्रयोग गरेको पाइन्छ । समाजवाद रंगभेद बिरुद्धको अभियानमा आफ्नो ज्यानको कुनै पर्वाह नगरी जातिय स्वतन्त्रतको पक्षमा सिंगो जीवन ब्यतित गर्ने अरु दुई अमेरिकी चर्चित ब्यक्तित्व हुनुहुन्छ पाउल रब्सन र म्याल्कोम एक्स । उहाँको आफ्नै विशिष्ट देन रहेको छ । पाउल रब्सनको बारेमा अन्टुफ चेतना संग्रहमा लेखि सकेको छु । सो पुस्तकमा पढ्न सकिनेछ । म्यालकम एक्स जस्ले जातको सट्टामा एक्स शब्द प्रयोग गरेका थिए, उनको बारेमा भने बाँकी छ ।
पोल कर ब्यक्ति नै पिच्छे लगाएको जटिल कर प्रणाली जिम क्रो कानून रंगभेद जातिभेद विरुद्ध अभियान विरोध गर्ने, चलाउने ब्यक्ति वा संस्थालाई कार्वाही चलउने, कडा दण्ड गर्ने अत्यन्तै छुद्र रंगभेदी कानून
यो गीत भावानुवाद मात्र भएको जानाकारी गराउन कर्तव्य ठान्दछु । धन्यवाद
साउन २९ गते २०८० साल
जय कार्की
।
Be the first to comment