” बाध्येकारी श्रम निवारणको निम्ति रणनीति तर्जुमा र आइएलओ महासन्धि ८१ र ८७ अनुमोदनको महत्व” विषयक गोष्ठी आज सम्पन्न भएको छ ।
गोष्ठीको अध्यक्षता अध्यक्ष जगत सिम्खडाले, बरिष्ठ उपाध्यक्ष धन बिक र आइएलओका विशेष प्रतिनिधि सोलोमन राजबंशी र युबराज लुईटेलले कार्यपत्र प्रस्तुत गर्नुकासाथ र कार्यक्रमको संचालन तथा सहजता महासचिव सालिक काफ्लेले गर्नु भएको थियो ।
गोष्ठीमा सबै वक्ता, प्रश्नकर्ता तथा कार्यपत्र प्रस्तोताले महासन्धि ८१ र ८७ मजदुरवर्गको अधिकार रक्षाको लागि अनुमोदन गर्न नेपाल सरकारले विलम्ब गर्नै नहुनेमा विशेष जोड दिएका छन् ।
महासन्धि ८१ श्रम निरिक्षणंग सम्बन्धित छ भने महासन्धि ८७ संगठन स्वतन्त्रता सम्बन्धित छ तर यी महासन्धिलाई अनुमोदन गर्न अझै सरकारले आनाकानी र ढिलासुस्ति गरिरहेको छ ।
असार १४, २०८१ साल
Be the first to comment