स्रमिकको यो दर्दनाक हालत,जती दिन हेर्नु छ हेर ! हेर !धक फ़ुकाएर हेरचिउड़ोमा हात राखेर हेर ।फुको चिउरा र धुलो नून मिसार ख़ाको हेर,आँखा टट्टाउंजेल हेर।घामले डढ़ेको मजदुरलाई हेर,असिनाले चुटेको मजदुरलाईआँपको कोयो चुसेझै,चूसेर फालेको होनहार स्रमिककोपिलन्धरे हालत हेर!अमानवीय आउट सोर्सिंगको स्वाद चाटी-चुटी पार्दैआरामले हेर;बितेको के छ र आँखा थाक़े,क़ालो चसमा लाई लाई हेर ।कस्को के गाको छ र ?जाबो मजदुरको रोज़िरोटी गाको न हो;हेर ! हेर! धित मरूंजेल हेर !झर्को लाग़ुंजेल टायम पासको लाग़िफ़्लप फ़िलिम हेरे झैं,पपकर्ण चपाउदै मजदुरको धर्ना जुलूस हेर !हेर हेर ए अमानबिय मनहरु हेर !खूब हेर ल..।निषेधित क्षेत्रमा धर्ना बसेको आरोप लगाईप्रहरीले धुस्नो पारी लाठी प्रहार गरेको हेर।मजदुरको रक्तमुछेल फूटेको टाउको र घाइतेशरीर हेर्न बाँकी छ,त्यो पनि हेर्न प्रतिक्षा गर्दै ग़र ।(स!न्दर्भ: टेलिकमको स्रमिक निस्कासन बिरुद्धको आन्दोलन)April 25,2023.Jaya Karki


Be the first to comment