कविता: आक्रोश! -जय कार्की

स्रमिकको यो दर्दनाक हालत,
जती दिन हेर्नु छ हेर ! हेर !
धक फ़ुकाएर हेर
चिउड़ोमा हात राखेर हेर ।
फुको चिउरा र धुलो नून मिसार ख़ाको हेर,
आँखा टट्टाउंजेल हेर।
घामले डढ़ेको मजदुरलाई हेर,
असिनाले चुटेको मजदुरलाई
आँपको कोयो चुसेझै,
चूसेर फालेको होनहार स्रमिकको
पिलन्धरे हालत हेर!
अमानवीय आउट सोर्सिंगको स्वाद चाटी-चुटी पार्दै
आरामले हेर;
बितेको के छ र आँखा थाक़े,
क़ालो चसमा लाई लाई हेर ।
कस्को के गाको छ र ?
जाबो मजदुरको रोज़िरोटी गाको न हो;
हेर ! हेर! धित मरूंजेल हेर !
झर्को लाग़ुंजेल टायम पासको लाग़ि
फ़्लप फ़िलिम हेरे झैं,
पपकर्ण चपाउदै मजदुरको धर्ना जुलूस हेर !
हेर हेर ए अमानबिय मनहरु हेर !
खूब हेर ल..।
निषेधित क्षेत्रमा धर्ना बसेको आरोप लगाई
प्रहरीले धुस्नो पारी लाठी प्रहार गरेको हेर।
मजदुरको रक्तमुछेल फूटेको टाउको र घाइते
शरीर हेर्न बाँकी छ,
त्यो पनि हेर्न प्रतिक्षा गर्दै ग़र ।
(स!न्दर्भ: टेलिकमको स्रमिक निस्कासन बिरुद्धको आन्दोलन)
April 25,2023.
Jaya Karki

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*