
वैशाख ५, २०८२ – तौलिहवा, कपिलवस्तु:
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु जिल्ला समन्वय समितिद्वारा तौलिहवामा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको छ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले सयौं नव प्रवेशी लाई पार्टीमा स्वागत गर्नुका साथै राजनीतिक प्रशिक्षणसमेत दिनुभयो। वहाँले देशको वर्तमान अवस्था, पार्टीको नीति र भावी योजना बारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले हुलाकी राजमार्गको अभियान, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या, र मिटर ब्याजी पीडितको मुद्दालाई माओवादी केन्द्रले सरकारमा रहँदा प्राथमिकतामा राखेर काम गरेको स्मरण गराउँदै यस्ता जनसमस्या समाधानमा पार्टीको प्रतिबद्धता दोहोर्याउनुभयो।
“वर्षौंदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको छ,” वहाँले भन्नुभयो, “अब तपाईहरू हाम्रो साथ दिनुहोस्, माओवादीले समृद्ध तराई निर्माण गर्छ।”
Be the first to comment