लैंगिक हिंसा विरुद्धको १६ दुने अभियान अन्तर्गत यही मंसिर २२ गते शनिवार इटहरी उपमहानगरपालिका खनार स्थित जेसीस भवनमा कोशी प्रदेश स्तरीय अखिल नेपाल ट्रेड युनियन महासंघ महिला कमिटीको भेला सम्पन्न भएको छ।
महासंघ केन्द्रीय सदस्य डम्बर काफ्ले क.राजनको संचालन र महासंघ केन्द्रीय सदस्य तथा अन्टुफ कोशी प्रदेश महिला कमिटी संयोजक शान्ता भण्डारी पोख्रेलको अध्यक्षतामा भेला भएको थियो।उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा पुर्व उपसभामुख सरस्वती पोख्रेल, विशिष्ट अतिथि मजदुर फ्रयाक्सन इन्चार्ज डम्बर सुवेदी क.हिमाल, अन्टुफ केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज ओपेन्द्र कुमार राय, अन्टुफ केन्द्रीय उपमहासचिव सीता सापकोटा , प्रदेश अध्यक्ष टिकाराम प्रसाईं लगायतको आतिथ्यता रहेको थियो।
भेलाबाट दुई जना पछि थप गर्ने गरि ११ सदस्य प्रदेश कमिटी पुर्नगठन गरेको छ।नव पुर्नगठित कमिटी निम्न अनुसार रहेको छ।
अध्यक्ष :- शान्ता पोख्रेल
उपाध्यक्ष :- कल्पना तामाङ
सचिव :- शर्मिला विश्वकर्मा
सहसचिव :- पवित्रा खत्री
कोषाध्यक्ष :- ज्ञानु लामा
सदस्य :- गंगा लिम्बू
सदस्य :- गंगा खतिवडा
सदस्य :- नाफो देवी राजवंशी
सदस्य :- प्रमिला बस्नेत
Be the first to comment