३० भदौ ०७९, काठमाडौं । अखिल नेपाल स्वास्थ्य श्रमिक संघको केन्द्रीय अध्यक्ष पदमा टंक पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार बुद्धनगर काठमाडौंमा भएको संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट पौडेल अध्यक्ष निर्वाचित भएका हुन् ।
पौडेलको नेतृत्वमा गठित ५५ सदस्यीय कार्यसमितिका उपाध्यक्षहरु प्रेमराज गिरि, नमिता शर्मा, रमेश बोहरा, लक्ष्मण न्यौपाने, श्यामप्रसाद पाण्डे, भिमसेन बुढाथोकी, शेरबहादुर शाही र सावित्रा पौडेल निर्वाचित भएकी छन् ।
यसैगरी सम्मेलनबाट महासचिव पदमा प्रकाश राना र सचिवहरु सावित्रा अधिकारी, उदयबहादुर खत्री, रामकृष्ण खरेल, गंगा धिताल, विर्ख विक र कोषाध्यक्ष सृजना डंगोल निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरु राजु कुमार मगर, कृष्णप्रसाद आचार्य, छवि पौडेल, इन्द्र अर्याल, सानुभाई न्यौपाने, देवकी दुलाल, नारायण ढकाल, जनार्दन नेपाल, विन्दु आले, राम वलामी, महिमा शाही, रुपेश केसी, जगबहादुर मगर, जसबहादुर बस्नेत, सकुल बस्नेत, रुपनारायण यादव, दिपेन्द्र यादव, रमेश देउला, राजु बजगाईं, विष्णुप्राद घिमिरे, मिनबहादुर पुलामी, नमराज सापकोटा, रूकुम विश्वकर्मा, आजम हुसेन देववाना, विजय गिरि, राजकुमार मण्डल, चन्द्रावति श्रेष्ठ, नरेश श्रेष्ठ, सुमित्रा गायक, सूर्य थापा, तोरणमान विक, सिजन महर्जन, राजु भट्ट, टीका र्जग श्रेष्ठ, शम्भु अर्याल, उत्तरा देवकोटा, सरण थामी, समिता खड्का, डलनाथ गौतम, मणि ढकाल सम्मेलनबाट निर्वाचित भएका हुन् ।
उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् अन्टुफ फ्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्य, अन्टुफ अध्यक्ष जगत सिम्खडाको विशेष आतिथ्य रहेको थियो भने अन्टुफ उपाध्यक्ष धनबहादुर विक, उषा देवकोटा, एसबी थापामगर, सचिव सोम तामाङका साथै पेशागात संघका अध्यक्षहरुको समेत आतिथ्य रहेको थियो ।
Be the first to comment