स्रम ऐन बिपरित मजदुर किनबेच भएको यो प्रसारित नेपाल टेलिकमको बक्तब्यले अझ प्रष्ट पारेको छ । त्यो मजदुर किनेको र स्रम ऐन बिपरित काम लगाई रहेको खडयन्त्रलाई टेलिकमले मानव तस्करी गर्ने चोर दुलो आउट सोर्सिङको कथित हवाला दिएको छ र बैधानिकताको लेपन लगाउन ठुलो डोकोले छोप्ने दुशप्रयत्न गरि आम सन्चार माध्यमलाई अत्यन्त ठूलो भ्रम छर्ने प्रयास गरेको छ । २३ बर्षसम्म सो कम्पनीमा कार्यरत ५० बर्ष मुनिका १६ जना मजदुरलाई धर्नामा बसेको समयमा अंगभङ्ग हुने गरि कुटपिट गराएको छ त्यो अत्यन्त घातक र अपाराधिक काम हो । खेदजनक छ ।सर्बत्र घृणा योग्य छ ।
— के नेपालको संघीय सम्बिधानले बालुवा , सिमेन्त, फलाम , गिट्टी किन्ने खरिद ऐन अनुसार मजदुर किनेर दास बनाउन पाइन्छ ? त्यस्ता मानव बेच बिखन गर्नेछ अपाधिलाई कार्बाही गर्ने ऐन छैन ?
१. के मजदुरको नियुक्ति नेपालको श्रम ऐन बमोजिम गर्नु पर्दैन ? के ट्रेड युनियन अधिकार निर्बाध प्रयोग गर्न प्रतिबन्ध हो ?
२. के मजदुरलाई नेपाल सरकारले निर्धारण गरेको तलब ,भत्ता, सन्चय कोष वा सामाजिक सुरक्षा कोषबाट बन्चित गरेर श्रम शोषण गर्ने छुट कर्पोरेटहरुलाई छ ?
३. कर्पोरेटले जे भन्छ, जे आदेश गर्छ त्यो अत्याचारी हुकुम मजदुरले मान्नै पर्छ ? जनताले पत्याउनै पर्छ ? नत्र यातना भोग्नै पर्छ ?
४. के कर्पोरेटले सस्तोमा श्रमिक उपलब्ध गरायो भन्दैमा मजदुरको तस्करको गतिविधि नबुझी आखा चिम्लेर मजदुर किन्न पाइन्छ ?
५. टेलिकमको मजदुर दमन गर्ने षड्यन्त्रकारी कथित बक्तब्यको घोर भर्त्सना गरौं
६. गत बर्षको आन्दोलनकारी सबै मजदुर र अहिले धर्ना बसेका श्रमिकको माग पुरा गराउन सम्पुर्ण नेपाली ट्रेड युनियन एक जुट हौं ।
७. यसरी दमन र निष्कासनमा पर्ने एक एक गरि सबको पालो आउँछ ।
८. यसरी नेपाली जनशक्तिलाई बिदेश भास्सिन बाध्य पार्ने हरेक तत्वका बिरुद्ध योजनाबद्द रुपमा सडक , सदन र कार्खाना स्तरिय संघर्शमा उत्रौ ।
Be the first to comment