निर्वाचन आयोगले सोध्यो एमालेका सूर्य थापा र जुली महतोसँग स्पष्टीकरण

१२ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका प्यूठानका उम्मेदवार सूर्य थापा र धनुषा–३ का उम्मेदवार जुली महतोलाई स्पष्टीकरण सोधेको छ ।

प्यूठानबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नु भएको हो ?’ आयोगले सोधेको छ ।

यस्तै धनुषा–३ का उम्मेदवार जुली महतोलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेकपा एमालेकी उम्मेदवार महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*