नेपाली कम्युनिष्ट पार्टीका प्युुठानका उम्मेदवार कृष्ण ध्वज खड्काका प्रतिबद्धता

 

६४ वटै वडाका केन्द्रहरूमा पुग्ने सडक ग्राबेल र कालोपत्रे गर्ने

सुविधासम्पन्न बहुप्राविधिक कलेज स्थापना गर्ने घोषणा

अस्पतालमा शैय्या बिस्तार तथा आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापनाको योजना

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका प्युुठानका उम्मेदवार कृष्ण ध्वज खड्काले यातायात पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर आफ्नो एजेन्डा बनाएका छन् । उनले पर्यटन, भाषा धर्म र संस्कृति, खानेपानी, सिँचाई सुुविधा, शहरी विकास तथा सञ्चारको क्षेत्रमा पनि गर्नुपर्ने कामहरुको लागि प्रतिबद्धता जनाएका छन् । उनले भालुवाङ्ग बाट डेढ घण्टामै सदरमुकाम खलङ्गा पुग्नेगरि भालुवाङ्ग–प्युठान सडकलाई डबललेनमा स्तरोन्नति गरिने प्रतिबद्धता गरेका छन् । ६४ वटै वडाका केन्द्रहरूमा पुग्ने सडक ग्राबेल र कालोपत्रे गर्ने, बाग्दुलादेखि पुष्पलाल लोकमार्ग जोड्ने सडकलाई संघीय बजेटबाट सम्पन्न गर्ने र गाउँपालिका केन्द्र र वडाका केन्द्रहरूमा बाह्रै महिना सडक सुचारू गर्न सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्दै आवश्यक ठाउँमा सडक पुलहरू निर्माण गर्ने पनि उनको प्रतिबद्धता छ । त्यस्तै, अन्तरजिल्ला जोड्ने सडकहरू स्तरोन्नति र कालोपत्रे गर्ने, मदन भण्डारी राष्ट्रिय लोकमार्ग र इच्छुक आश्रीत प्रादेशिक लोकमार्गको कामलाई छिटो सम्पन्न गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ ।

सुविधासम्पन्न बहुप्राविधिक कलेज स्थापना गर्ने घोषणा

खड्काको स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने घोषणा छ । सुुविधासम्पन्न बहुुप्राविधिक कलेज स्थापना गर्ने पनि घोषणा गरिएको छ । प्रत्येक पालिकामा एक–एक वटा प्राविधिक धारको व्यावसायिक शिक्षा सहितको नमुना स्मार्ट विद्यालयहरू सञ्चालन गर्ने, २५० जनाभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालयहरूमा स्मार्ट शौचालय व्यवस्थापनको नीति कार्यान्वयन गर्ने लगायतको योजना उनले अघि सारेका छन् ।

जिल्ला अस्पतालमा शैय्या थपा र आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापनाको योजना
प्युठान अस्पतालको भवन निर्माण सम्पन्न गरी शैय्या थप गरिने जनाइएको छ । जिल्लामा एक आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापना गर्ने, स्वर्गद्वारी र मल्लरानीमा मेडिटेसन सेन्टर र प्रत्येक स्थानीय तहमा योग तथा ध्यान केन्द्रहरू स्थापना गर्ने, मृगौला डायलासीस लगायतका अत्याधुनिक सेवाहरू प्युठान अस्पतालमा सञ्चालन गर्ने प्रवन्ध मिलाउने पनि उनको प्रतिबद्धता छ ।
प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने योजना, जडिबुुटी प्रशोधन केन्द्रको स्थापना गरिने
त्यस्तै, जिल्लाको समथर क्षेत्रमा माछापालन र कुखुरापालन, चुरे तथा महाभारत क्षेत्रमा बाख्रापालन तथा उच्च पहाडी क्षेत्रमा भेडापालनलाई व्यावसायिकरण गर्ने, प्युठानी मुलाको व्यावसायिक खेती गरी राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्ने, विभिन्न रैथाने बालीहरूको संरक्षण गर्न बीउ बैंकको स्थापना गर्ने र प्युठानमा उत्पादन हुने मह, अदुवा र बेसारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्ने उनको प्रतिबद्धता छ । त्यसैगरी, प्रत्येक वडामा नमुना कृषि फार्म र कृषि सिकाइ केन्द्रहरूको स्थापना गर्ने, जिल्लामा प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने लगायतको योजना खड्काले अघि सारेका छन् ।

त्यस्तै, प्युठानमा अत्याधुनिक जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको छ । ओखर र टिमुरको व्यवसायीक खेती गर्ने, अल्लो र भांग्रोको व्यवसायीक खेती र प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ ।

स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाइने

स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने, ८ गौमुखी, नौबहिनी, भित्रीकोट, ऐरावती, उदयपुरकोट, झाकृस्थान, झाकूढुङ्गा, मल्लरानी, कोठिभिर, नाङ्गी, बाइसमुल झरना, झुलेनी, माक्रे, विजुलीकोट लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार निर्माण र प्रवर्धन गर्ने बताइएको छ । प्युठान जिल्लाको पर्यटन प्रोफाइल तयार गर्ने तथा इको टुरिजम, एग्रो टुरिजम, भिलेज टुरिजम र जल पर्यटनको विकास गरिने उल्लेख छ । सदरमुकाम खलङ्गालाई पुरातात्विक, सांस्कृतिक र शैक्षिक शहरको रूपमा विकास गर्ने, जिल्लाको प्रमुख व्यापारीक केन्द्र दम्ती–बाग्दुला–बिजुवार देखि दाखाक्वाडी सम्मको क्षेत्र र गोठिवाङ्ग देखि भिगृ सम्मको क्षेत्रलाई नमुना शहरको रूपमा विकास गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने भनिएको छ ।

नौमुरे जलाशययुक्त विद्युत आयोजना निर्माण अगाडि बढाउने, राप्ती र त्यसका सहायक नदीहरू झिमरूक, माडी, लुङ्गखोलाका विभिन्न स्थानहरूमा जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी एएए मोडलमा जलविद्युत आयोजनाहरू अगाडी बढाइने पनि प्रतिबद्धता गरिएको छ ।

जिल्लाका ६४ वटै वडाहरुमा नेपाल टेलिकमको एफटिटिएच प्रविधि पुु¥याउन द्रुत रुपमा काम गर्ने, प्रत्येक बस्ती सडक सञ्जालहरुमा फोर जी नेटवर्कको पहुँच अनिवार्य पुु¥याउने, हरेक पालिकाहरुमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने लगायतका योजना खड्काको रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*