कार्यमा निरन्तरताको मागराखी गत बैशाख १ गतेदेखि अखिल नेपाल संघ संस्था, संचार तथा छापाखाना श्रमिक संघ, नेपाल टेलिकम इकाई समितिको व्यानरमा आन्दोलनरत नेपाल टेलिकममा कार्यरत प्राविधिक सहायकहरुको पुनर्वहालीभएको छ ।
झण्डै ५ महिना लामो समय नेपाल टेलिकमको गेटमा धर्ना गरेका श्रमिकहरु काम खोसिएको १० महिना पश्चात यही माघ १ गतेबाट नियुक्तिी लिई पूनः काममा जोडिएको अखिल नेपाल संघ संस्था संचार तथा छापाखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष इन्दिरा शर्माले जानकारी दिनुभयो ।
लामो समय आन्दोलनरत आपूर्तिकर्ता मार्फत कममा लगाईएका श्रमिकहरुको पुर्नवहाली हुने विषय नेपाली श्रम बजारको अत्यान्तै चासोको विषय थियो । टेलिकममा कार्यरत श्रमिकहरुको पुर्नवहाली पश्चात श्रम ऐन २०७४ को धारा १४ बमोजिम स्वामित्व परिवर्तन भए पनि रोजगार संझौता कायमै रहने प्रावधान सक्रिय भएको छ । यसले अपुर्तिकर्ता मार्फत काममा रहेका लाखौंं श्रमिकहरुको रोजगारीको थप सुनिश्चितता प्रदान गरेको छ ।
अखिल नेपाल टे«ड यूनियन महासंघ, अखिल नेपाल संघ संस्था संञ्चार तथा छापाखाना श्रमिक संघ र नेपाल टेलिकमका विचमा आन्दोलनरत श्रमिकहरुलाई काममा फर्काउने सहमति भए पश्चात आन्दोलनरत श्रमिकहरुले धर्ना कार्यक्रम स्थगित गरेका थिए भने नेपाल टेलिकमले उनीहरुको नियुक्तिको प्रक्रिया अगाडि बढाएको थियो ।





Be the first to comment